fbpx

बाैद्ध धर्ममा प्रचलित ८ स्तुपाहरुको संक्षिप्त जानकारी

जिग्मे ग्यल्पो मतिभद्र

१. पेपुङ छोर्तेन अर्थात पद्म थुपारिएको स्तुपा : सिद्धर्थ गाैतम जन्मिने बित्तिकै चारै दिसामा सात सात पाईला चाल्नु भएको र हरेक पाईलामा पद्मको फुुल फुलेको हुँदा यसैको सम्झना स्वरुप पछि सिद्धार्थ पिता राजा शुद्धोधनले लुम्बिनिको बगैचामा निर्मण गरिएको स्तुपालाई पेमा पुङपे छोर्तेन भनिन्छ।

२. ज्यङ्छुव छोर्तेन अर्थात बोधि स्तुपा : सिद्धार्थ गाैतमले ३५ बर्षको उमेरमा बुद्धत्व प्रप्त गरि सम्यक सम्बुद्ध हुनुभएको सम्झनामा दक्षिण भरतको बिहार राज्य राजगृहमा राजा बिम्बिसारले बनाउनु भएको स्तुपालाई ज्याङछुव छोर्तेन भनिन्छ।

३. घोमाङ छोर्तेन अर्थात बहुद्वार स्तुपा : भगवान बुद्धले बोधिलाभ पश्चात वारणासिको मृगदावनमा पञ्च वर्गिय भिक्षुलाई प्रथम धर्म प्रवचन चार अार्य सत्यको बरेमा दिनुभएको थियो तेसैको सम्झनामा पञ्च वर्गिय भिक्षुसँघले निर्माण गरेको स्तुपालाई घोमाङ छोर्तेन भनिन्छ।

४. छ्योठुल छोर्तेन अर्थात ऋद्धि प्रतिहार्य स्तुपा : ६ त्रैथिक अर्थात अबाैद्ध अन्य धर्मका प्रमुखहरुले बुद्धलाई नपत्यउने र विबाद गर्दा अाफ्नो अनुयायिहरुको अाफुप्रतिको अास्थालाई उच्च पार्न श्रावस्तिमा बुद्धले चमत्कार देखाएर परास्त गर्नु भएको सम्झनामा निर्माण गरिएको स्तुपालाई छ्योठुल छोर्तेन भनिन्छ।

५. ल्हाबब छोर्तेन अर्थात देवअवतरण स्तुपा : बुद्धले अाफ्नो अामालाई देवलोक तुषिता भूवनमा जानुभई धर्म देसना गर्नु भएर पृथ्विमा फर्किनु भएको सम्झनामा वैशालिमा राजा प्रशेनजित ले निर्माण गरेको स्तुपालाई ल्हाबब छोर्तेन भनिन्छ।

६. एनधुम छोर्तेन अर्थात एकिकृत स्तुपा : देवदत्तले बाैद्ध सँघलाई टुक्र्याएकोमा सारिपुत्र र माैगल्य पुत्रले सँघलाई एकिकृत गरेको सम्झनामा जेतावनमा मगध बासिले निर्माण गरेको स्तुपालाई एनधुम छोर्तेन भनिन्छ।

७. नामग्यल छोर्तेन अर्थात उष्निष बिजय स्तुपा : बुद्धले ८० बर्षको उमेरमा राजको अनुरोधमा वैशालिमा ३ महिना सम्म अाफ्नो अायु थप्नु भएको सम्झनामा वैशालि नगरबासिले निर्माण गरेको स्तुपालाई नामग्यल छोर्तेन भनिन्छ।

८. ङ्यङदे छोर्तेन अर्थात निर्वाण स्तुपा : भगवान बुद्ध ८० बर्षको उमेरमा कुशिनगरमा महा निर्वाण भएको सम्झनामा उक्त नगरबासिले निर्माण गरेको ढिल्बु (घण्टि) अाकारको स्तुपालाई ङ्यङदे छोर्तेन भनिन्छ।

यस प्रकारको ८ स्तुपाहरुले बुद्धको अष्टाङ्गिक मार्ग འཕགས་ལམ་ཡན་ལག་བརྒྱད (8 fold noble path of Buddha) लाई ईङकित गर्दछ। बुद्धको निर्वाण पछि उहाँको अस्तिधातु राखि स्तुपा बनाउने कुरामा राजाहरु बिच कुरा नमिलेपछि अस्तिधातुलाई ८ भागमा विभाजन गरि अाठ स्तुपाहरु बनाईएको पनि भन्ने गरिन्छ।
समस्तमा यस किसिमको छोर्तेन निर्माण गरि राप्ने (प्राण प्रतिष्ठान) भएपछि उक्त स्थान गाँउ समाज चारैतिर सुख शान्ति र सम्बृद्धि छाउने, छोर्तेन परिक्रमा (कोरा), दर्शन, नमा मात्रै सुन्नले स्मरण गर्नाले, शरिरले स्पर्ष, ढोग, पुजा साथै छोर्तेनको हावाले छोए मात्र पनि पाप नस्ट हुने सम्पुर्ण प्राणिहरु दुर्गति (नरक, प्रेत र पशु) को जन्मबाट मुक्त हुने कुरा बाैद्ध धार्मिक ग्रन्थ सुत्र र तन्त्र उल्लेख छन। तसर्थ यस्तो महत्वपुर्ण पुण्य कार्यमा यहाँहरु सबैको अर्थिक र सबै प्रकारको सहयोग प्रर्थनीय छ।

~जिग्मे ग्यल्पो मतिभद्र नामक श्रमणेर ले सिप बेग्युर स्थित २०१२ को भुकम्पले क्षतिग्रस्त छोर्तेन पुनः निर्मण समबन्धि छलफलको क्रममा ३०/१०/२०१९ ।
भवतु सर्व मङ्गलम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *