fbpx

अरुले दान गरिसकेको सामान किनेर फेरि दान दिए अकुसल पाप बढ्छ

भिक्षु भद्दन्त सरण

वन्दना हजुर भन्ते ज्यु । एउटा प्रश्न छ त्यस लाई सोध्न मन लागेको छ। अरुले दान गरिसकेको सामान वस्तु एउटा लाई आफुले फेरि किनेर फेरी दान गरे कुसल पुण्य मिल्दैन भन्ने हो र ?

उदाहरणार्थ अनुसार भन्ने हो भने भिक्षुहरुको आश्रम विहारमा चिवरहरु प्रसस्तै धेरै भएको हुनाले उपासिकाले नयाँ एउटा नकिनिकन त्यस चिवरलाई नै भिक्षुसंग वस्तु द्रव्यले किनेर फेरि दान गरे कुशल पुण्य मिल्दैन भन्ने सुनेको थिएँ । के त्यो कुरा सहि हो र हजुर ?

त्यसो गरे अकुसल पाप बढ्छ उपासिका । कुन कारणले हो भन्दा भिक्षुहरुले पैसा द्रव्य प्रयोग गर्न अथवा चलाउन हुँदैन, सामान वस्तु बेच्न हुँदैन, विनिमय साटासाट अदलबदल गर्न हुँदैन। उपासिकालाई भन्तेले चिवरहरुलाई पैसाले हेरफेर बदल्ने बिक्री गर्ने गरे भने भन्ते पनि नरक झर्नु पर्दछ, उपासिकाले पनि विनय र सासन लाई नष्ट गरिरहेको हुनाले अकुसल पाप लाग्ने छ।

विनयलाई पालन गर्न नसक्ने भिक्षुहरुलाई विनयमा राम्रो आचारण पालन नगर्नुको लागि सहायता साहारा दिएको भैदिनाले दायक दायिकाहरुले अकुसल पाप धेरैधेरै जम्मा गर्दै छन् भनेर वेभू सयडोले पैसालाई कहिल्यै (खाम भित्र हालेर दिएको पनि) स्वीकार ग्रहण गर्नु भएन। त्यसो हुनाले दायक दायिकाहरुले वहाँ भन्ते ज्युको विहारमा भन्तेज्युले नदेख्ने गरी, विहारमा भन्तेज्यु नभएको समयमा पैसालाई एउटा कुनै ठाउँमा राख्दिने गर्दा थिए।

त्यसो हुँदा वेभू सयडो फयाजीले आदेस दिनु भयो यसो गरे देखि अकुसल हुन्छ अरे। साच्चै हो उपासिका ।विनयलाई उलङ्घन गर्न प्रोत्साहित बल, ताकत दिने दायक दायिकाहरुले अकुसलको समूह थुप्रोहरु जम्मा गर्दै छन्, पाप बढ्छ।

विनयलाई आदर सम्मान गर्ने, विनयलाई धर (धारण गरेर पालन) गर्नुमा प्रोत्साहित पूर्वक बल, ताकत दिने दायक दायिकाहरुले चाहिँ कुसल पुण्यको थुप्रो जम्मा पारेका छन्। देवलोक सुगति र निर्वाणबाट निकट छन् अथवा पुग्न सरलता छ।

उपासिकालाई गोप्य भेदनीय रहस्यमय एउटा कुरा भन्छु। एउटा भिक्षुले विनय अनुशासनलाई भङ्ग उलङ्घन गर्नु भयो भने उपासिकाले त्यस भन्तेलाई भूल सुधारको लागि सुझाव दिन अतिआवश्यक पर्दछ। सम्झाउनु पर्दछ ।
“भन्ते ज्यु हजुर लाई म शिष्यको तर्फबाट विनय बिषयको बारेमा बिन्ती चढाउन चाहन्छु भन्ते ज्यु हजुर… (भिक्षु ले स्वीकार गर्नु भयो भने यसरी फेरि बिन्ति चढाउँनु। “भन्ते ज्यु हजुर विनय अनुशासन उलङ्घन हुँदैछ, विनय अनुशासनलाई पालन गरीबक्सियोस् भन्ते ज्यु हजुर ।

त्यहाँ भिक्षुले विनय अनुशासनलाई साँच्चै भङ्ग उलङ्घन गर्नु भएको छ भने उपासिकाको सुझावलाई (विनय मा बराबर छ भने) विल्कुल नहिच्किचाइ कन उचित आफ्नो गल्तीको सहन स्वीकार गरेर पालन गर्नु पर्दछ। स्वीकार गरेर पालन नगर्ने हो भने, त्यस अनुशासनलाई पुनः दोब्बर उलङ्घन गरेदेखि अनुशासनलाई भङ्ग उलङ्घन गरिएको हुनाले पनि आपत्ति लाग्दछ। उपासिकाको सुझावलाई नमानेर अस्वीकार गरेको हुनाले पनि पुनः दोब्बर (दुक्कट्टा) आपत्ति लाग्दछ भने त्यस भिक्षुलाई आजीवन भरी मार्ग फल प्राप्ति हुँदैन, नरकमा पनि झर्न सक्ने हुनसक्दछ।

भिक्षुलाई नरकमा झर्न मन लाग्दैन भने, मार्ग फल पनि प्राप्त गर्न मन लाग्छ भने ती भिक्षुले त्यस प्रकारको आपत्ति पनि लागेको छ भने अर्कै एक वर्गिय भिक्षु खोजी गरेर कसूर (आपत्ति) लाई स्वीकार गर्नु पर्दछ। जुनसुकै कुनै पनि भिक्षुसंग स्वीकार गरेर हुने होइन। ती भिक्षुले उलङ्घन गरिएको शिक्षापदलाई उलङ्घन नगरेका मध्ये एक वर्गिय भिक्षु लाई खोजी गर्नु पर्दछ। खोजी गरेर भेटे पछि वहाँ संग उलङ्घन गरिएको स्वीकार गर्नु पर्दछ (देशना सुन्नु पर्दछ)। पछि अर्को पल्ट लाई स्मृति पूर्वक होश राख्ने छु भन्ते (उलङ्घन गर्ने छैन) भनेर स्वच्छ सफा परिशुद्ध हुनु भएको भन्ते ज्यु लाई प्रतिज्ञा वाचा गर्नु पर्दछ।

साँच्चै तैपनि यसरी सरल त छैन नि, त्यसो भए उपासिकाले अहिले भिक्षुहरुलाई वहाँहरुले विनय पालन गर्नु भएको छ, छैन भनी गएर छानबिन खोजी तलाश गर्ने हो भने धेरै दुखद कठिनाइ संकटमय देखिन्छ। वास्तविकमा अकुसलहरु धेरै जम्मा हुन सक्दछन्। उपासिकाले विनयधर सच्चा एक वर्गिय भिक्षुलाई विनय उलङ्घन भएको छ भन्ने कसूर लगाएर वास्तवमा साच्चै भिक्षुले उलङ्घन गर्नु भएको छैन (शिक्षापदहरु धेरै दुर्बोध छन् उपासिका) भने उपासिका मा अकुसलहरुको थुप्रो लाग्ने छ। कुसल पूर्वक सुझाव दिन चाहे पहिला सोध्नु- “भन्ते ज्यु हजुर म शिष्यले भन्तेज्युसंग विनय बिषय केही कुरा एकछिन छलफल गर्न सक्छु भन्ते ज्यु हजुर” भनेर ।


भिक्षु ले “हुन्छ” भने “भन्ते ज्यु, भन्ते ज्युले अघि गर्दै आउनु भएको काम कार्य, उपदेश गर्नु भएको कुरा, विधि मार्ग भगवान बुद्धको विनय संग ठिक्कै बराबर मेल खान्छ भन्ते ?”

भिक्षुले “मेल खान्छ” भने उपासिकाले भन्तेलाई गौरवता पूर्वक आदर सम्मान गर्नु पर्दछ। “विनयधर” हुनु भएको भन्तेज्युलाई म शिष्यले सदैव आदर सम्मान पूर्वक पुजा वन्दना गर्ने छु भन्ते ज्यु हजुर । भन्तेले “मेल खाँदैन” भने उपासिकाले सम्झाउनु पर्दछ,-“भन्ते यसो गरे विनय संग नमिले पछि भन्ते ज्युको लागि शिष्य चिन्तित छु भन्ते, टीका साहित्य अनुसार भन्ने हो भने भन्तेज्यु ठुलो अकुसलमा हुनु हुन्छ। भन्ते ज्यु हजुर त्यस काम कार्य, शब्द कुरालाई विनय अनुसार मेल खाने गरिबक्सियोस् भन्ते।

यसरी धेरै ठुलो मैत्री पूर्वक एक वर्गिय भिक्षु संग व्यवहार गरे उपासिकालाई जेसुकै होस् धेरै धेरै कुसल अवश्य मिल्दछ।

भिक्षुहरुमा चिवर अतिरिक्त “फाल्तु” मिल्न सक्दैन उपासिका, त्यसरी यस विश्वमा हुनै सक्दैन। किन हो भने भिक्षुहरुले दान आदि गरिएका (१०) प्रकारका कुसल लाई आचारण गर्नु परेको हुन्छ। त्यस कारणले चिवर नभएका आश्रम विहारहरुमा भिक्षुहरुको अतिरिक्त “फाल्तु” चिवरहरु भिक्षुहरुले गएर दान गर्नु पर्दछ। भगवान बुद्धले पनि आदेस दिनु भए अनुसार “फाल्तु” चिवरहरु लाई बिछ्यौना, पर्खाल बनाएर टाङ्न, बस्न, अङ्गोछा हात मुख पुछ्ने रुमाल आदि रुपमा प्रयोग गर्न हुन्छ। भगवान बुद्धको समय कालमा “फाल्तु” चिवरहरुलाई मसिनो धुलो पारेर “चच्चर” गृहतल बनाउन प्रयोग हुन्थ्यो। उपासिकाहरुले फेरि किन्नु हुन्छ भने खै भिक्षुहरुले पैसा मिल्छ भनेर संगठित गर्नु भएको होला। न किन्नु भने भगवान बुद्धको आदेस अनुसार मेल खाने गरि प्रयोग गर्नु हुन्थो होला उपासिका ।

भिक्षुहरुले चिवरहरु धेरै संगठित थुप्रो पार्नु भयो भने दायक दायिकाहरुले भिक्षुहरुलाई राम्रो उचित प्रयोग कसरी गर्ने भनेर मैत्री पूर्वक सल्लाह परामर्श दिन पर्ने हो। चिवरहरु कुन विहारमा अल्पतर कम छ, अतिरिक्त “फाल्तु” चिवरहरुलाई कहाँ कसरी फेरि दान गरे धेरै लाभ र फाइदा हुन्छ भन्नेलाई पनि सेवा गरिदिनु पर्ने विधि ढङ्गका साथ मैत्री पूर्वक सल्लाह परामर्श दिन पर्ने हुन्छ।

दायक दायिकाहरुले भिक्षुहरुको विनयमा साँच्चै परिपूर्ण हुने गरि बल पूर्वक प्रोत्साहन दिनु पर्दछ। सहायता पक्ष दिनु पर्दछ। सुझाव परामर्श दिनु पर्दछ। त्यसो भए धेरै कुसल मिल्छ। देवलोक सुगति पनि निर्वाण पनि पुग्न सरल हुन सक्छ।

भन्तेका दायक दायिकाहरु सबै सील, समाधि, प्रज्ञा लाई सदैव आरोग्यमय सुख शांत पूर्वक आचारण गर्न सक्ने भए यहि भवमा नै, नभए अन्तिम अर्को भवमा अमृत अमर भएको निर्वाण प्राप्त गर्न सक्ने हुन्।

विदेशी भिक्षु भद्दन्त सरण बाट-

अनुवाद – बिष्णु धनञ्जय

बहुसुत्र र धम्म देसनापेजबाट साभार

One thought on “अरुले दान गरिसकेको सामान किनेर फेरि दान दिए अकुसल पाप बढ्छ

  • October 21, 2019 at 10:18 am
    Permalink

    तपाईंको प्रश्नचिह्नमा मेरो सलाम छ । बुद्धको ज्ञान अनुसार आचरणमा भन्दा उपासक-उपासिकाको बसमा परेको अवस्था छ । यानी ” होश ” राख्न नसकेको अवस्थामा ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *