fbpx

बुंगमती बस्तीभित्रको मौलिक नाम

एम के तुलाधर

ललितपुर महानगरपालिका वडा नं २२ स्थित बुंगमती लिच्छवीकालिन बस्ती हो । मौलिक सभ्यता र संस्कार यहाँको विशेषता रहेको छ । बुंगमती बस्ती भित्र रहेका बस्ती, कृषियोग्य भुमी, खुल्ला चौर, नदी नाला, खोल्खा, पाखा, वन जंगलको मौलिक नाम यस ठाऊको अर्को विशेषता रहेको छ । उत्तरतर्फ सैबु बस्तीबाट चाँफल, पुर्व तर्फ सुनाकोठीबाट नखुखोला पार गरी चांफल, दक्षिण तर्फ छम्पीे र डुकुछापबाट छेडा र बाखेल र पश्चिमतर्फ ग्वाल्दह हुँदै पोडोल भएर बुंगमती प्रवेश हुन्छ । पाचोडोल र ख्याःडोल र डोथल भएर बुंगमती बस्तीको पानी निकास हुन्छ ।

पौराणिक कथन अनुसार बुंगमती मच्छिन्द्रनाथ नेपाल ल्याइ सके पछि विराजमान गराउन उपत्यकाको तीनवटा राज्य काठमाडौ, पाटन र भक्तपुरबाट सय सय जना मानिस ल्याइ बसालिएको बस्ती हो । यी तीन वटा राज्यबाट ल्याइएका मानिसहरु तीन वटा टोलहरु कोटाटोल, सटतोल र यताझो टोलमा बसोबास गराइएको थियो । तीन वटा टोलका मानिसहरुको संस्कारको लागि तीन वटा पोखरी देः पोखरी, खाः पोखरी, र न पोखरी तथा आहार विहारको लागि तीन वटा खुल्ला मैदान खान्न, भुन्न र ग्वान्नको व्यवस्था गरिएको थियो ।
बुंगमतीमा पुजा आजा एवं धार्मिक कार्यको लगि मच्छिन्द्र बहाल, प्रथमपुर महाविहार (बहिली), कोछे ननी (बाचा) जस्ता बहा बहीहरु रहेका छन् । बस्ती भित्र मुननी, द्धाननी, खाखी ननी, वरननी, गथु ननी, चोहेल ननी जस्ता चोकहरु रहेका छन् । बुंगमती बस्तीमा रहेका विभिन्न तोल र बस्तीको आ आफ्नै नाम रहेको छ । बुंगमतीमा रहेका टोलहरु, बहालहरु लगायत विभिन्न ठाउहरुको नाम यहां उल्लेख गरिएको छ ।
मुख्यटोल तथा यस भित्ररहेका बस्तीहहरुको नाम
कोटा टोल यताझो टोल सत टोल
प्राणतंको
बहिली (प्रथम पुर महाविहार
गथु ननी
देः पुखुसी
शान्तीपुर (आगं तुं)
बाचा (कोछे बहाल)
तंचो
कुमारी चोक
चोहेल ननी
तुसाल
ढोका पिनी
सल्को
भुन्न
ढोलाहिटी
पाउली
चाफल
पाचो
जोगीं बुं
दंज
गःसी देउले (मच्छिन्द्र बहाल) थलाछी
कोलाक्षी
मुननी
खाखी ननी
द्धाननी
हिटी फुसः
वारप्वा गल्ली
इखा
च्वछें
यल्को
बाछें
बरननी
साचो
कुल्बु
खले
लाछी
खल्तुं
चांगल्सी
ढोकासी
ताफः
भाेंखा
ग्वान्न

बहालहरुको नाम
 मच्छिन्द्र बहाल
 प्रथमपुर महाविहार
 कोछे बहाल
 अमरापुर महाविहार

बुंगमतीमा रहेका अग्लो र भिरालो ठाउहरु जोगी डाँडा, मारंचो डाँडा, लाखे डाँडा, शशी पाःख, तधं पाख, पयंता पाखः जस्ता विभिन्न नामले नामाकरण गरिएको छ । खुल्ला ठाऊँ खान्न, ग्वान्न , भुन्न नामाकरण गरिएको छ भने वन क्षेत्रको नाम गले (कार्यविनायक क्षेत्र), पपु ख्यः (कार्यविनायक क्षेत्र), गचा रहेको छ । पोखरीहरु देय् पोखरी, नः पोखरी , खा पोखरी, ढोकापिनी पोखरी, खोय्चा पोखरी, दोकलान पोखरी, चुनिखेल डांडा पोखरी रहेका छन् । धार्मिक कुण्डहरुलाई हिटी गाः, न्हवंगाः नामाकरण गरिएको छ । उल्लेखित कुण्डहरुबाट शुरु भएका खोल्साहरु दोभान (संगम) लाई करुणा तीर्थ नामाकरण गरिएको छ ।
बुंंगमती बस्तीमा कृषियोग्य भुमी लगायत भिरालो जमीन, पानी बग्ने खोल्सा, खहरे आदिले भरिपुर्ण रहेको छ । पानी बग्ने खोल्सा खहरेलाई नेवारीमा डोल पनि भनिन्छ । यसरी डोलको नामबाटमात्र दर्जनौ नामाकरण गरिएको छ ।
१। धमडोल
२। फर्सिडोल
३। सिपाडोल
४। तल्खा डोल
५। घाट डोल
६। संखुडोल
७। डोडोल
८। त्याम्को डोल
९। डोंडोल
१०। हेडोल
११। ख्याडोल
१२। तीसी डोल
१३। गांखुडोल
१४। पाचो डोल
१५। डोथल
१६। अमली डोल
१७। पोंडोल
कृषि योग्य भुमीलाई यस प्रकार नामाकरण गरिएको छ ।
क) याकः देखि व्यासीसम्म ठाऊहरु
धमडोल
खुल्बु
न्हय्कंढी
बाखेल
ताखेल
कुमारी द्यांको
सम्मोल
ददी
दने
नायदं
यदं
जसिन्द
गाबुँ
खोयमोल
खोय्चा
याकःसिमा
घाटः
सिफाडोल
बुरचो
तःलखा
इकमोल
ख) ख्वात क्षेत्रका ठाऊहरु
मादंचो
कटाचा
संखुडोल
डोकलान
नाय् तगिन
ख्वाटः
ंितचो
देपच्व
डोंडल
ग) सल्कु क्षेत्रका ठाऊहरु
जोगी डाडाँ
कलापाखो
ख्वाच्वको
तंचो
द्योथली
ख्वायबः
ख्वाचा ब्वंगा
लप्ती बुं
तगींचा
सल्को
लख्वाचा
ल्ह्वंखिचा
गचा
गातुंचा
खाकुन
च्वंगाचा
घ) खान्न क्षेत्रका ठाऊहरु
तधंपाखो
तिसिंतंको
ससी पाखो
ख्यादोचा
कपा
ताको
हेदोचा
कप्चा
मचागाचा
न्हवः
खान्नको
बल्पाकुचा
बालीम्बा
बाःगल
विर्ताफाट
उजांको
फागिन तगिं
बाखं ख्यो
डोथः
चखुंति
कंगासि
डोचासि
पिपि फाट
बगः
ङ) कार्यविनायक क्षेत्रका ठाऊहरु
गसी
अमलीडोल्
पपुख्यो
झौबुं
व्यागः बुं
ल्ह्वंवु
दंज
मागिन तगिन
बैफाट
भेलः
द्योता सिमा
लाखे डाँडा
लखपा
धनबुँ्
चांफल

च) चुनिखेल क्षेत्रका ठाऊहरु
विर फाँट
ट्वाटीगा
वारच्व
बुगल
खिपाचो
छेडा
डांडा गाऊ
तल्लो टार
चारघरे
गैरी गाऊ
लप्टन गाऊ
पल्लोपट्टि

2 thoughts on “बुंगमती बस्तीभित्रको मौलिक नाम

  • September 2, 2019 at 6:54 pm
    Permalink

    एम के तुलाधरजु, ज्वजलप्पा,
    बुंग दे या थि थि त्वा:, ननि, चुक पुखु या झिसं मस्युगु नां सिल, तसकं लय ताल । नां तयगु झ्वलय नेवा नां छ्य ला दिगु सा झन् बाँलाई ताइ ।
    हेडोल, ख्याडोल, तीसी डोल, गांखुडोल, पाचो डोल, डोथल, अमली डोल, पोंडोल नां ला खस भाय ख गथे कि प:खा यात ल छग: घाका: पर्खाल, झ्या: यात ल छग: घाका: झ्याल यात् ।
    सुभाय

    Reply
  • September 2, 2019 at 11:37 pm
    Permalink

    Excellent article in detail on Bungamati and surroundings plus cultural history! Thanks for the post!

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *