fbpx

नेपाल एकीकरण कि गोरखा विस्तार – झुठो प्रचारले सत्य लुक्दैन ।

रोशन श्रेष्ठ

भारतिय बिक्रम सम्बत २०१३ मा म पोखरा जाँदा त्यहाँका मान्छेले मलाइ “नेपाली दाइ नेपाली दाइ” भन्थे । म अचम्म मान्थें । म मात्र नेपाली हो र? यिनीहरु पनि नेपाली हो, तै पनि किन यस्तो भनेको होला? म अलमलमा पर्थें ।

अहिले बल्ल पो कुरा बुझें । उनीहरु आफुलाइ गोरखा राज्यका गोरखाली नागरीक ठान्दा रहेछन । म नेपाल शहरको वासिन्दा रहेछु । त्यसैले मलाइ नेपाली दाइ भनेका रहेछन ।

तर हामीलाइ झूठो कुरा पढाइयो कि पृथ्वी नारायण साहले टुक्राटाक्री राज्यहरु एकिकरण गरेर नेपाल राज्य बनाए । वास्तबमा उनले बनाएको त गोर्खा राज्य नै रहेछ । शाहकालका आधिकारीक दस्तावेजहरुमा “गोर्षा सरकार”, “गोरखा राज्य” लेखिएको पाइनुले ‘शाह एकिकरणकर्ताले यो राज्यको नाउँ नेपाल राखेको अथवा नेपाल राष्ट्र बनाएको’ भन्ने दाबिहरु सबै हावा प्रमाणित भएको छ ।

भएको के रहेछ भने, नेपाल खाल्डोको मल्ल राजा धपाएर बसन्तपूर दरबार हडपे पछि पृथ्वी नारायणले नेपाल खाल्डोबाट नै गोरखा सरकार चलाए । यसको मतलब के हो भने गोरखा राज्यको सिमाना बिस्तार गरीसकेपछि असुविधा नै असुविधा भएको आफ्नो थातथलो छोडेर सुविधासम्पन्न ठाउँ नेपाल खाल्डोमा प्रशासन सारेको मात्र हो ।

साम्राज्यबादीहरुले औपनिबेश फैलाउँदा आफ्नो सुविधामुताविक प्रशासनिक निकाय गठन गर्दै जान्छन । बिद्रोहको खतरा हुने ठाँउमा प्रशासनिक र सैनिक निकाय पनि राख्दै जान्छन ।
ती निकायमा सकेसम्म आफ्नै मान्छे मात्र राख्छन र आफुले उपनिवेश बनाएको ठाउँका मानिसहरुलाइ प्रशासनिक निकायमा सकेसम्म राख्दैनन । राख्नै पर्ने बाध्यता आइपरे पनि विश्वासपात्र एक दुइ जनालाइ स-सानो जिम्मेवारी दिएर राख्छन ।

भारतलाइ अंग्रेजले उपनिवेश बनाउँदा भारत भित्रै खडा गरीएको प्रशासन पुरै अंग्रेजको कब्जामा थियो । नेपाल खाल्डोमा खडा गरीएको प्रशासनमा पनि पुरै गोरखालीको कब्जा थियो ।

गोरखा सरकारले बिद्रोह दबाउन सैनिक निकाय पनि राखे । धार्मिक जात्रामा समेत सैनिक पल्टन पठाएर आफ्नो औपनिवेशिक पकड बलियो बनाए, जसको निरन्तरता अहिले सम्म पनि छ । मुख्य र प्रभावशाली सैनिक टुकडि पनि नेपाल खाल्डोमा सारेर बिद्रोहको खतरा निमिट्यान्न पारेको थियो । गोरखाली सैनिकमा नेपालखाल्डोका रैथानेलाइ भर्ति प्रतिबन्ध लगाए ।
त्यसो भए यो के को एकिकरण? यो त उपनिवेश बनाएको रहेछ ।

भन्ने नै हो भने यो देशको नाउँ ‘नेपाल’ भनेर बिदेशीले राखिदिएको भने पनि हुने रहेछ । सुगौलि सन्धि तथा भोटसितको सन्धिमा यदि ‘नेपाल’ नलेखिदिएको भए यो देश ‘गोर्षा राज्य’ कै नाउँले प्रचलित हुने अवस्था रहेछ । राष्ट्रका मूखपत्र जस्तो आधिकारीक दस्तावेजमा नै ‘गोरखा राज्य’ छापिएको प्रमाण भएपछि अरु थप कुरा भन्नै परेन ।

बिसौं शताब्दीको उत्तरार्धमा बल्ल, के बाध्यताले गर्दा हो कुन्नि, यो राज्यलाइ ‘नेपाल’ भन्न थालेको रहेछ, अनि हामी ‘नेपाली’ भएछौं । नत्र जसरी बेलायती, भारतीय, ब्रुनाइ, सिंगापुर, हङकङ आदि ठाउँमा छरिएको हाम्रा दाजुभाइदिदिबहिनिहरु ‘गोर्खाली, गुर्खाली’ कहलाइए, हामी पनि त्यसरी नै ‘गोरखा राज्य’का नागरीक वा ‘गोरखाली’ कहलाइने रहेछ । त्यो कुरा किन कसैले बताएनन?

देशमा यत्रा यत्रा घाघडान इतिहासकारहरु छन रे, अनुसन्धानकर्ताहरु छन रे, प्रमाणहरुको आधारमा यति स्पष्ट थाहा हुने कुरा पनि आजको दिनसम्म यी कुनै इतिहासकारहरुले उठाएनन । सबका सब यी इतिहासकार भनाउँदाहरु के दरबारको हण्डी खाएर चाकडीस्तोत्र लेख्दै बसेका थिए? इतिहासकार बनेर कलम चलाउनेहरुले देशको साँचो साँचो कुरा जनतालाइ बताउन पर्दैन ? त्यस्ता इतिहासकार भुत्राको इतिहासकार, सबै पद पैसा र सम्मानका दलाल रहेछन ।

२०५० सालमा नै रिटायर्ड भएका अफिसरसित को बातचितको आधारमा माथिको कुरा बुझियो । नेपाल सरकार नभनी गोरखा सरकार भनिने गरेको, नेपाल राज्य नभनी गोरखा राज्य भनिने गरेको प्रमाणहरु देखे पश्चात अब देशको सत्य इतिहास हामीलाइ बताइएको इतिहास भन्दा फरक रहेछ भन्ने थाहा हुँदै आएको छ । भाजु दीपक तुलाधर, भाजु कमल रत्न तुलाधर र भाजु बालगोपाल श्रेष्ठ ले उपलब्ध गराउनु भएको प्रमाणहरु यहाँ संलग्न छ । क्याप्सन समेत हेर्नु होला ।

गोरखा छाडि देशको नाउँ ‘नेपाल’ राखेको होइन कि? यहाँ त ‘गोरखा सरकार’ लेखिएको छ । तर गोरखा सरकार कहाँ कसरी कहिलेसम्म कायम थियो हाम्रो पाठ्यपुस्तकमा छैन ।

नेपाल खाल्डोमा स्थापित अड्डालाइ नेपाली अड्डा भन्ने चलन मुताबिक त्यो बेला नेपाल खाल्डोमा स्थापित हुलाकलाइ ‘नेपाली हुलाक’ भनिन्थ्यो । नेपाली हुलाकले छापेको टिकटमा भने ‘गोर्षा सरकार’ लेखिन्थ्यो, किन कि आधिकारीक सरकारको नाउँ ‘गोर्षा सरकार’ नै थियो । यो १९६४ सालको टिकट रहेछ ।

यो हुलाक टिकट भारतीय विक्रम संवत २०६३ मा नेपालमा हुलाक शुरु भएको १२५ वर्षोत्सबमा लिएको फोटो हो । फोटोमा १९३८-२०६३ प्रष्ट छ। यस हिसाबले विक्रम संवत १९३८ सम्म पनि गोरखा सरकार प्रचलनमा रहेको अनि धेरै वर्ष पछिसम्म पनि गोरखा सरकार नै भनिने गरीएको कुरामा कुनै शंका छैन । – Bal Gopal Shrestha

पहिलो महाभुकम्प भन्दा एक बर्ष अगाडि भारतीय क्रम संवत १९८९ पौष २६ गतेको गोरखापत्र जहा गोरखाराज्य भरलाई मोरू २ । भन्ने वाक्य छ । भारतीय विक्रम संवतलाई भने नेपाल विक्रमीय संवत दावी गरिएको छ .
राज्य विस्तार गरेर त्यसलाइ ‘नेपाल’ भनी नामाकरण गरे भनेको कुरा झूठो हो भनी बताइ दिने यो प्रमाण पनि हेर्नुहोला – यो भारतिय विक्रम संम्बत 1987 सालको गोरखापत्र हो, जहाँ ‘गोरखा राज्य’ भनेर स्पष्टै छापिएको छ ।

रातो घेरामा हेर्नुस ‘ नेपाली हुलाकबाट जाने गोरखा राज्यभरलाइ मोरु. २।’ अर्थात नेपाल खाल्डोको हुलाक मात्र नेपाली हुलाक हो, राज्यको नाउँ गोरखा राज्य नै हो भन्ने यसबाट स्पष्ट देखिन्छ ।

मुख्य कुरो:
जे छ सहि, त्यहि कुरा जनतालाइ बताइदिए त भइहाल्थ्यो । के ठीक के बेठीक जनता आफैले निर्क्यौल गर्छन । जनतालाइ किन मूर्ख ठान्ने? इतिहासको कुरा तोडमरोड गरेर जनतालाइ सिकाउन के जरुरी थियो? गलत इतिहास पाठ्यक्रममा राखेर पढाउन प्रचार गर्न के जरूरी थियो?
शब्दका फुलबुट्टाले आकाशको तारा झार्छु भन्न सकिन्छ, तर प्रमाणहरुको धरातलमा टेकेर कुरा गर्दा ती ‘तारा झार्ने’ भावनाका कुराहरु सबै हावा खान्छन । यो नेपाल देश एकिकरण गरेको भन्ने कुरा झुठो प्रचार रहेछ । यो नेपाल देश बनाएको भन्ने कुरा झूठो प्रचार रहेछ । जब प्रमाण बोल्न थाल्छ, झूठो प्रचारले सत्य लुक्दैन ।

कुरा बुझौं मुसुमुसु हाँसौ ।

२०१९ जनवरी २५ मा थपिएको —

यो पुस्तक नेपालमा अघोषित प्रतिबन्ध लगाइएको रहेछ । शायद गोर्खा अतिक्रमणलाइ ‘नेपाल एकिकरण’ भनाउन चाहनेहरुले बजारमा उपलव्ध सबै किताब किनेर नष्ट गरेको पनि हुन सक्छ । बेलायतीहरुले संरक्षित गरेको रहेछ । भन्न बेर छैन अब – बेलायतिले लेख्न लगाएको किताब हो यो — हा हा हा हा !!!!

One thought on “नेपाल एकीकरण कि गोरखा विस्तार – झुठो प्रचारले सत्य लुक्दैन ।

  • September 6, 2019 at 7:20 pm
    Permalink

    A book written by Prof. Dr.H.G. (Hans-Georg) Behr titled Nepal: Geschen der Goetter (Nepal: Gift of the Gods) has clearly written the hiddden history of Newars and the rouge King Prithvi Narayan Shah. Prithvi Narayan is neither a courageous person nor has he conquered the Newars of the Valley. He just wanted to sit in the silver throne of the Newar king and to loot the riches of the kings. He just envied the throne. His throne in Gorkha was made of mud ! Just look at the small town of Gorkha and the palacial town of the Valley !!!

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *