fbpx

गुथि सामुहिकताको जिउंदो उदाहरण हो

पि एस जोशी

गुथि सामन्तबादको उपज भनेर व्याख्या गर्नुलाइ बौद्धिक पाखण्डपन भन्यो भने चित्त दुखाउंछन् होला तर हुनचाहिं त्यहिं नै हो । तर इतिहासले त त्यस्तो भन्दो रहेन छ । गुथि त सामुहिकताको जिउंदो उदाहरण हो भन्ने कुरा कम्यून प्रणाालीका पक्षपोषकहरूले अलि छिटो बुझ्नु पर्ने हो जस्तो लाग्छ ।

तल दिइएको इतिहासका पानाहरूले गुथि प्रणाली कति पुरानो हो मात्र बताउंदैन । बरू संसारमा बिरलै पाइने शासकीय प्रणाली जुन लिखित इतिहास मात्र हेर्ने हो भने पनि १ हजार ५सय ५५बर्ष देखि चलिआएको प्रजातान्त्रिक प्रणाली हो, यो बिश्व ज्ञानभण्डारको लागि नेपालको अनुपम उपहार हो भनेर बुझाउंदछ ।

  1. तल नेपालको इतिहांसको, खासगरी लिखित इतिहासको शुरूवातका ३वटा शिलापत्रको अंशहरू छन् । यी सबै सामग्री स्व। धनबज्र बज्राचार्यको लिच्छिविकालीन अभिलेखहरू भन्ने पुस्तकबाट साभार गरिएको हो । नेपालको सम्भवतः सबैभन्दा पुरानो शिलापत्र जुन चावहिलमा पाइएको थियो । मिति मेटीएको यस शिलापत्रलाइ नेपाली इतिहासका मुर्धन्य हस्ती स्व। धनबज्र बज्राचार्य मानदेव भन्दा पहिलेको भन्नुहुन्छ । यसमा गुथिको व्यवस्था गरीएकोछ ।
  2. मानदेवको इ।सं। ४६४को चांगुनारायणाको शिलापत्र जुन नेपालको लिखित इतिहासको मिति सहितको पहिलो अभिलेख हो । यसमा पनि खोपृङग्राम अर्थात भक्तपुरमा गुथिको आयस्थाको लागि ५४ मानिका २० मानिका।।।।। को खेत व्यवस्था गरेको पाइन्छ ।
  3. गुथि व्यवस्था बुझाउने सबैभन्दा बिस्तृत शिलापत्र लेलेको इ सं।६०४को अंशुवर्माको शिलापत्र हो जसमा बस्ती व्यवस्थापनका कार्यहरू जस्तै सडक बत्ती, पिउने पानी, हिति, बाटाघाटा आदिको व्यवस्थापन सामुहिकरूपमा गुथिबाट गरिन्थ्यो । फुर्सद भए अल्छी नमानी पढ्नुहोला ।

संसारमा कुन शासन प्रणााली governance system छ जुन २००० बर्ष देखि राजा, राज्य, बंश, र शासन पद्धत्ती फेरिंदा पनि निरन्तर चलेको छ ? आज त्यस्तो दिगो व्यवस्था सुदृढ पार्नु त कता हो कता केहि राजनितिक अनाडीहरूको लहडमा ढाल्न खोजिंदैछ ।

लेखकको वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *