fbpx

दिए मागौं, नदिए खोसौं (कविता) !

तुलसी हरि प्रजापति

शुरू-शुरूमा बास मागे
बासै त हो नि भनेर
बास दियौं 
त्यसपछि भाडामा कोठा मागे
भाडामै त हो नि भनेर
कोठा पनि दियौं
बिस्तारै-बिस्तारै छोरी पनि मागे
चिनेकै त हो नि भनेर
छोरी पनि दियौं
घरजमको लागि जग्गा मागे
आफ्नै त हो नि भनेर
जग्गा पनि दियौं
यत्ती मात्र कहाँ हो र ? भोट मागे
बिकासको लागि त हो नि भनेर
भोट पनि दियौं
यो मागे, त्यो मागे
मागेजति सबै दियौं
नि:स्वार्थले दियौं
माग्नेको स्वार्थ नसोची दियौं
कहिलेसम्म,
आखिर कहिलेसम्म
हामी दिएको दियै गर्छौ ???
आज आएर,
हाम्रो कला मागे, संस्कृती मागे
हाम्रो पहिचान मागे
के अब ती पनि दिन्छौं ?
हाम्रो अस्तित्व मागे
त्यो पनि दिन्छौं ???
अहं,
दिनु हुन्न ।
दिन मिल्नेसम्म दियौं
अब दिनु हुन्न ।
अब त हामीले पनि लिन थाल्ने हो ।
हामीले दिएका एक एक कुरा फिर्ता लिन थाल्ने हो ।
यही हाम्रो कर्तव्य हो
यही हाम्रो अधिकार हो
दिए मागौ,
नदिए खोसौ !
पहिचानको लागि !
अस्तित्वको लागि !!
राष्ट्रियताको लागि !!!
कि कसो ?????

जय होस ।।।

कविकाे फेसबुक वालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *