fbpx

गुठी जोगाउनेलाई प्रहरी दमन, जात्रा चाहिँदैन भन्नेको राजसी भ्रमण

राजमाया पुतवार

नेपालमा धर्म र संस्कृति अनि राजनीतिको कुरा गर्नेहरुका लागि २०७६ बैशाख २६ गतेको दिन अविष्मरणीय रहेनभयो । एकातिर हाम्रो धर्म र संस्कृतिजोगाउनलाई आवश्यक गुथि जग्गा हामीबाट निछिनियोस् भनेर सडकमा जाने जनसमुदायलाई निर्ममता पूर्वक लाठी बुट र पानीको फोहराले यानता दिए भने अर्को तिर धर्म संस्कृतिलाई कानुन ल्याएर बन्द गराउँछु भन्ने राष्ट्रपति सडक बन्द गराएर नेवारहरुको प्रमुख जात्रा भोटो जात्रा हेर्न लतिपुर पुग्नुभयो ।

 

दुइतिहाइको दम्भले मातिएको केपीओली नेतृत्वको सरकारले हालै एउटा गुठी विधेयक ल्याएको छ, जसको मुल मर्म भनेकै गुठीको मातहतमा भएका सबै अचल सम्पति सरकार वा पार्टी कार्यकर्ताको स्वामित्वमा ल्याई आफूखुशी खर्चने हो । जनताका नाममा लिच्छवी र मल्लाकालका राजाहरुले हस्तान्तरण गरेको जग्गा, जसको अभावमा काठमाडौं उपत्यकाका हजारौं वर्ष पुराना जात्रा पर्वहरु संचालन सम्भव नै छै्रन ।

स्पष्ट छ, यो भनेको सरकारले गुठी व्यवस्थापनका नाममा जनताका परम्परागत संस्थाह्ररुको सामुहित स्वामित्वमा रहेका हजारौं रोपनी जग्गा आफ्नो हातमा लिई पार्टी कार्यकर्ता वा भू–माफियालाई पोस्ने कानूनी व्यवस्था गर्न लागेको हो । उनीहरु काठमाडौं भनेकै जग्गा भनेर चिन्छन्, बेच्यो दलाली खायो हिँड्यो ।
हरेक दिन जस्तै सरकारका काम कारबाहीबाट असन्तुष्ट समुहले विरोध प्रदर्शन गर्ने उक्त स्थलमा त्यसदिन सरकारको भयानक तयारी थियो । राज्य व्यवस्थाको विरोध गर्नमा भन्दा भएको सुविधामा सन्तुष्ट भएर नाचगानमा रमाउने नेवारहरु त्यो दिन पनि कुनै राजनीतिक झण्डा नबोकी स्वस्फुर्त ढंगले स्थानीय गुठियारहरुको अगुवाइमा र युवा संस्कृतिप्रेमीहरुको आह्वानमा साँस्कृतिक बाजागाजासहित प्रदर्शन गरे ।
तर केही क्षणमै प्रहरीले उनीहरुलाई उत्तेजित बनाए, नियन्त्रणमा लिएर दुबैतिर समातेर लात्ती बजारे, अनि निरंकुश राजतन्त्रको झझल्को दिने किसिमले आक्रामक रूपले खनिए । पंचायतकालमा बहुदल भनेर उर्लने जनतामा माथि जस्तै प्रहरी त्यस दिन बज्रिए ।

किपाः रेखा शाक्य

यस घटनामा परेर तीन जना प्रदर्शनकारीहरुको टाउको फुटेको र अन्य दर्जनौं प्रदर्शनकारीहरु घाइते भएको समाचार प्राप्त भएका छन् । साथै केही प्रदर्शनकारीहरु समातेर लगे भने कतिले सडकमै प्रहरीको निर्मम कुटाइ खानुपर्यो ।

अर्कोतिर यसैबेला देशका सयौं दुख र समस्याबाट बेखबर राष्ट्रपति दलबलका साथ घण्टौं बाटो जाम गराएर भोटो जात्रा हेर्ने बहानामा जाउलाखेल जानुभयो । राष्ट्रपति जात्रामा जान भने बाटो पर्ने सडक पुरै खाली गरिएको थियो । सडकको दुईतर्फी नै सडक बन्द हँुदा अन्य सवारी साधन चल्न पाएन, काठमाडौं ललितपुर क्षेत्रका सबै सार्वजनिक सबारी साधन रोकिए, जनताले कष्ट भोगे । यसैका लागि भनेर विशेष गरी शीतल निवास, पानीपोखरी, लैनचौर, केशरमहल, दरवारमाग्र्र, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, सिहंदरबार, माइतीघर, थापाथली, कुपण्डोल र पुलचोक हुँदै लगनखेल चल्ने सवारी साधनहरु रोकिए । जात्राका दिनमा मानिसहरु जो जो निस्किए जाममा फसे ।

किपाः रेखा शाक्य

जाउलाखेल पुगेर एक महिनासम्म जात्रामा तन मन र धन दिएर लागेका स्थानीयबासीलाई कोशौं पर राखेर पंचायतकालको कुनै बडामहारानीको जस्तो रवाफ देखाएर आफुले कुनै योगदान नगरेको, कुनै ज्ञान नभएको उक्त जात्रामा आफुलाई अल्झाएर करिब एक घण्टा अल्झाएर फर्किनुभयो । त्यहाँ न श्रद्धा थियो, न विश्वास थियो न त्यस्तो जात्रामा सहभागी हुन पाएकोमा कुनै गौरव थियो ।

उहाँ राष्ट्रपतिको जात्रा भ्र्रमण यसकारण पनि महत्वपूर्ण हुन्हछ कि कुनै बेला उहाँलाई यस्ता धर्मकर्म जात्रा पर्वमा कुनै विश्वास लाग्दैनथ्यो । करिब १२ वर्ष अगाडि कुमारीको परम्परालाई कुप्रथा भनेर कानून ल्याएर हटाउने धम्की कुपण्डोलस्थित महिला संघको कार्यालयबाट दिएकी थिइन् । अब देश धर्मनिरपेक्ष भइसक्दा पनि राष्ट्रलाई कुनै धार्मिक समुदायको बिचमा उभिने कुनै बाध्यात्मक प्रावधान नभएपनि उहाँ यस्तोमा रमिता हेर्न भने समय निकाल्नुहुन्छ ।


जात्रा हेरिरहँदा उहाँलाई यस्तो जात्रा कसरी चल्छ होला भन्ने हेक्का पनि थिएन । उहाँले चढ्ने आलिशानको गाडी जनताको करबाट किनिन्छ तर जात्राको खर्च भनेको कुनै बेला नेपालका राजाहरुले जात्रा भनेको जनताको हो, जनताले चलाउन् भनेर संकल्प गरेर छोडिएको जग्गाको आयस्ताबाट चल्छ । भलै अहिलेका दुइतिहाइहरु यसमा पनि राल चुहाँउँदै बसेका होउन् ।

फोटो ललितपुर फोटोग्राफी

अब यस दिनमा एकै दिन गुठीहरुले चलाएको जात्रा हेर्न दुनियालाई बाटो छेकेर ललितपुर जाने अनि उता गुठी जोगाउनलाई गुठियारहरुले लाठी, बुट र पानीको फोहरा खानुपर्ने अवस्थामा नेपालको पहिचान भनेको सार्वजनिक जग्गाको लालपूर्जा बनाउने र प्रधानमन्त्रीको निवास समेत खरिद गर्ने क्षमता राख्ने पार्टी महासचिव भन्दा अरु केही होइन भनेर जनताले बुझे । अब प्रश्न यही हो, के नेपाललाई आफ्नो इतिहास चाहिन्छ ? के नेपालमा आफ्नो इतिहास बुझेकाहरुले सरकार चलाउन पाउँछ? एकातिर सम्पदा जोगाउनुपर्छ भन्नेहरुले लाठी खाने अर्कोतिर राजसी ठाँटमा सम्पदाको अवलोकन गर्ने दोधारमा हिँडेको राज्यमा जनता आफ्नो देश कता हिँड्दैछ भने जान्न खोज्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *