fbpx

विद्यार्थी ले जलाए गुथि विधेयक २०७५

झीगु संवाददाता ।

पाटन, तछला गाः पारु ।

नेवाः विद्यार्थी दबूका तथा पाटन क्याम्पसका नेता नितिस महर्जनले  गुथि विधेयक तुरुन्त फिर्ता नलिए सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिंदै बेलैमा फिर्ता लिन आग्रह गरी सभामा  “गुथि विधेयक फिर्ता गर ! ” “सम्पदा मास्न पईदैन ! ”“गुठी हाम्रो ज्यान हो ! ” “सम्पदा हाम्रो प्राण हो ! ” भन्ने जस्ता नाराहरु लगाइ गुथि विधयेक २०७५ जलाए ।

फाेटाे सुहेल रत्न शाक्य

हालै सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेकाे अवस्थामा  नेवाः विद्यार्थी पुचः द्वारा पनि समर्थन गरी पाटन संयुक्त क्याम्पस अगाडि विरोध सभा गरी गुठी विधेयक २०७५ जलाई विराेध गरेका हुन् । विरोध सभामा उपत्यसकाका सबैजसो क्याम्पसका अध्ययनरत नेवाः विध्यार्थी हरु उपस्थित भएका थिए । साेही कार्यक्रममा प्रहरीकाे उपस्थितिले विद्यार्थीहरु केही क्षण तितरवितर समेत बन्न पुगेका थिए  ।

फाेटाे सुहेल रत्न शाक्य

साेही कार्यक्रम मार्फत अषाढ ४ गते फिब्वः ख्यः  (माईतिघरमा) ११ बजे उपस्थितिका लागि आह्वान गर्दै विभिन्न वक्ता हरुले बाेलेका थिए ।
विरोधमा मन्तव्य राख्ने क्रममा नेवाः विध्यार्थी पुचः का संयोजक मनोज महर्जनले विधेयक सरकारका होलिवाईन खाने आसेपासेको कुरा सुनेर जेरो नलेजको उपजमा हतारमा ल्याइएको बताउनु भयो ।

फाेटाे सुहेल रत्न शाक्य

यो विधेयक ले धार्मिक द्वन्द र जातिय द्वन्द  हुँदै देश गृह युद्धमा  जान सक्ने संकेत प्रति पनि सरकारलाई खबरदारी गरेको छ । कमैया किसान मजदुर र नेवा गुठी मा आकाश जमिनको फरक औंल्यउदै यो विधेयक को दफा ३ र २३ मा गुठीका चल–अचल सम्पत्ति प्राप्त गर्न, भोग गर्न र आवश्यकताअनुसार बेचबिखन गर्न सक्ने हुंदा दलाल, भुमाफिया हरु सक्रिए हुने र मिलेमत्तोमा बालुवाटारको जग्ग जसरी दुरुपयोग हुन सक्ने, दफा १८ ले प्राधिकरणका नाममा अक्षय कोष स्थापना गरेर आर्थीक चहलखेल गर्न खोजेको आरोप लगाए, दफा ४ (च) का अनुसार निजी गुठीलाई सार्वजनिकमा परिणत गर्दा संल्हु गुठी, बसुवा गुठी, लगाएतका निजि गुठीबाट चल्ने सांस्कृतिक पर्व, जात्रा समाप्त हुने, दफा २७ ले आम्दानीका आधारमा मन्दिर तथा धार्मिक स्थलहरूलाई छ वटा समूहमा वर्गीकरण गर्नाले धार्मिक आस्था को नाममा ब्यापारीकरण गर्न खोजेको आरोप लगाए ।

फाेटाे सुहेल रत्न शाक्य

दफा ३१ ले धार्मिक स्थल परिसरमा छायांकन वा अन्य क्रियाकलाप गर्न तथा धार्मिक स्थलका नाममा कम्पनी, फर्म वा उद्योग खोल्न छुट दिनाले, भुमाफियाको चक्करमा परी धर्मको नाममा व्यापार र राजनिति नगर्न अनुरोध गरे साथै विधेयकले गुठी वा धार्मिक स्थल स्थापना गर्न सरकारको स्वीकृति लिनुपर्ने हुंदा यसले सम्पदामा खतरा हुन सक्ने र भुकम्पमा भत्केको रानीपोखरी त आज सम्म बनाउन नसक्ने सरकारले सम्पदा तहसनहस गर्ने बतउनु भयो र तुरुन्त खारेज गर्न अनुरोध गर्दै संघर्ष गर्ने चेतावनी दिए ।

सरकार यदि साँचै देशभक्त र राष्ट्रवादि हो भने मिचिएका सिमाना फिर्ता लिनेमा लाग्न जोड दिए , इन्दिया र चाइनाले लिपुलेकमा सम्झौता गर्दा पनि त्वालत्वाल हेर्ने सरकार ले तिकंरमा नक्कलि कालिको मन्दिर बनाई महाकालि नदिको उद्गम बिन्दुमा विवाद गर्दै २०० वर्ग कि मि झ्वाम पारेको बताए ।  कालापानिमा भएको सेना हटाउन नसक्ने सरकार शान्तिपूर्ण आन्दोलन मै  बुट बजार्न लगाउनाले सरकारको नियत प्रति खोट  रहेको स्पष्ट पारे ।

अहिले सम्म १५०० वर्ग कि मि भन्दा बढी सिमाना मिचिराखेको अवस्थामा  गुठी विधेयक को लफडामा नपरि तुरुन्त फिर्ता लिई वार्ता र प्रक्रिया गरी ६० हजार बर्ग कि मि बढी नेपाल को भु भाग फिर्ता लिने तिर लाग्न सचेत गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *