fbpx

वरिष्ठ कलाकार भृगुराम श्रेष्ठलाई नेवा: पुच: युएईद्धारा उपचारार्थ आर्थिक सहयोग प्रदान

ने.सं. ११३९ काैलागा पञ्चमी । काठमाडाैं ।

झीगु डट कम । मनाेजरत्न शाही

नेपालभाषामा निकै लामो समयदेखि समर्पित ख्यातिप्राप्त नेवार जन गायक ( नेपालभाषा एवम नेपालको आदिवासी भाषाको पहिलो चलचित्र शिलुको अभिनेता एवम नायिका स्व. नविना श्रेष्ठ ज्युका पिता) श्रीश्रेष्ठ ज्यु सर्वाङ्ग स्वास्थ्य सेवा अस्पताल कुपन्डोलमा आई सि यु उपचारार्थ भर्ना भएको र आर्थिक सहयोगको लागि विभिन्न मिडियामा सहयोग हेतु पहल भएकोमा नेवाः पुचःयुएईको पदाधिकारीले उहाँको परिवारसँग टेलिफोनमा स्वास्थ्य अवस्थाको जानकारी लिएपश्चात सहयोग पुर्रयाउनु नेवा: पुच: युएईको पनि नैतिक जिम्मेवारी महसूस गरी निजको स्वास्थ्य उपचारको लागी आर्थिक सहयोग संकलन गरी सहयोग गर्न नेवा: पुच: युएई को तर्फ बाट यस पुच: का उपाध्यक्ष श्री राजेश प्रधानज्युको संयोजकत्वमा केन्द्रीय सदस्य श्री हिरालाल श्रेष्ठ, श्री भिमनारायण श्रेष्ठ तथा अवुधाबी क्षेत्रिय अध्यक्ष श्री सुनिलमान श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष तथा सारजाह क्षेत्रीय अध्यक्ष श्री मनोज प्रसाद श्रेष्ठ ,केन्द्रिय कार्यवाहक महिला प्रमुख श्री नविना शाक्य, संरक्षक, सल्लाहकार तथा पुर्व अध्यक्ष श्री प्रमोद श्रेष्ठ तथा सदस्य सचिब एवं केन्द्रीय महासचिब श्री कुमार बलामीज्युको संयन्त्र गठन गरी जम्मा रु ५५६००।- रुपैंया संकलन गरी निजको स्वास्थ्य उपचारार्थ हाल नेपालमा रहनु भएका प्रतिनिधीज्युहरु र नेवा: पुच: युएईका केन्द्रीय सदस्य एवम् खेलकुद संयोजक श्री रबि शाही, केन्द्रीय सदस्य श्री भुवन नकर्मी तथा सल्लाहकार श्री प्रविणकाजी श्रेष्ठ मार्फत आज उहाँलाई उहाँकै निवासमा भेट्न गई उक्त रकम हस्तान्तरण गर्नु भएको छ।

 

नेपाल भाषाको कैयौं लोकप्रिय गीत गाएर रिकर्ड गरि सकेका वरिष्ठ गायक भृगुराम श्रेष्ठ  नेपाल भाषाको गायक र सडक नाटक (दबु प्याँखं) का कलाकार हुनुहुन्छ । असन त्यौडमा जन्मिएका उहाँ हेटौडामा बसोबास गर्न पुग्नु भ​एको हो । उहाँ जन-कवि दुर्गालाल श्रेष्ठको समकक्षि पनि हुनुहुन्छ । हेटौडा नेवाः पुचः का अध्यक्ष रहनु भ​एका उहाँ नेवार सामाजिक गतिविधिमा संलग्न रहनु भ​एको थियो । उहाँको योगदानको कदर स्वरुप उहाँले थुपै सम्मान र पुरस्कार पाउनु भ​एको छ । नेपाल भाषा एकेडेमी दान्यहिरा पुरस्कार, चित्तधर सिरपा पुरस्कार ठूलो उपलव्धिको रुपमा लिन सकिन्छ ।

प्रवासमा बसेर पनि आफ्नो कला, भाषा र संस्कृति को संरक्षण गर्दै बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै स्वदेश तथा विदेशमा सामाजिक कार्य गर्दै आएकोमा, यस अन्तरगत भैपरी आएको बेलामा प्राकृतिक प्रकोप जस्तै बाढि पहिरो, भुकम्प तथा अन्य आपत बिपतमा भौतिक सहयोग गर्दै आएको हो ।  युएईमा पनि आपत बिपत परेका ब्यक्तिहरुको समस्यामा नेवा: पुच: युएईले यो भन्दा पहिला पनि धेरै पटक सहयोग गरी सामाजिक कार्यहरुमा सबैसँग हातेमालो गर्दै सक्दो उद्धार तथा सहयोग गर्दै आएको छ ।  राम्रो कामको लागी सबै नेपालीहरु एकजुट भएर सहयोग गर्नु भएकोमा खुशी व्यक्त गर्दै, सम्पूर्ण सहयोगी हातहरुलाई नेवा: पुच: युएई को  तर्फबाट  पुच:  तथा नेपाल आदिवासी जनजाती महासंघ युएईका महासचिब श्री कुमार बलामीज्युले हार्दिक आभार ब्यक्त गर्नु  भएको छ।

One thought on “वरिष्ठ कलाकार भृगुराम श्रेष्ठलाई नेवा: पुच: युएईद्धारा उपचारार्थ आर्थिक सहयोग प्रदान

  • October 18, 2019 at 9:24 pm
    Permalink

    के भन्ने ।कसैलाई नराम्रो लाग्ला तर वहाँ जस्तो बरिस्ठ गायकलाई खुलम खुला रकम दिएर फोतो खिचाउने काम अलि असजिलो देखिन्छ कि?

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *