fbpx

लुँति अजिमा जात्रा (फोटो फिचर)

काठमाडौं, २०७६ मंसिर १० ।
इतिहास अनुसार राजा गुणकामदेवले कान्तिपुर नगर स्थापना गरेको समयमा देशलाई नकारात्मक तत्वहरुबाट अलग्ग राख्न देशमा खड्गको आकारमा अष्टमातृकाका पीठहरु स्थापना गरेको उल्लेख छ । तर यी अष्टमातृकाहरु कहाँबाट ल्याई स्थापना गरे वा साधना गरी स्थापना गरे भन्ने कुरा उल्लेख गरेको पाइदैन । जस अनुसार खड्गाकारमा नई अजिमा, तकती अजिमा, कंग अजिमा, लुँति अजिमा, जाती अजिमा, म्हयपी अजिमा, डोला अजिमा, फिब्व अजिमा, पासिक्व अजिमा आदि हुन् । त्यस मध्ये शहरभित्र पनि अजिमाका अन्य पीठहरु रहेका छन् जसमा ङतभुलु अजिमा, वचुभुलु अजिमा, लुमरि अजिमा, लुचुँभुलु अजिमा आदि । यी सबै अजिमाहरु दिदीबहिनीहरु हुन् भन्ने पनि चलन छ । आख्यान अनुसार यी अजिमाहरुमध्ये लुँति अजिमा गरीब भएको कारणले तत्समयमा सम्पन्न र विपन्नका बीचमा गरिने भेदभावलाई पनि विद्रोहको भावना जागृत गरी विजयको पताका लहराए स्वरुप यो जात्रा गरिएको हो कि भनि बुझ्नु जरुरी देखिन्छ । विद्रोह गरी विजय पश्चात वर्षको शुरुमा (नेपाल संवत्को शुरु महिनाको अन्तिम दिन अर्थात कछलागा चह्रे र आमाइका दिनमा) जात्रा गरीएको हो भन्ने पनि आख्यान रहेको छ । यस पछि मात्र अरु पछिका महिनाहरुमा अन्य अजिमाको जात्रा हुने गर्दछ । हेर्नुहोस् लुँति अजिमा (इन्द्रायणी) जात्राको फोटो फिचर ।

© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247
© शरण ज्यापु हरि, 9851067247

Leave a Reply

Your email address will not be published. Required fields are marked *