बाला चतुर्दशी पर्व मनाईयो (फोटो फिचर)
Latest posts by Sharan Jyapu (see all)
- लुँति अजिमा जात्रा (फोटो फिचर) - November 26, 2019
- बाला चतुर्दशी पर्व मनाईयो (फोटो फिचर) - November 25, 2019
- सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन - October 12, 2019
काठमाडौं, मंसिर ९, २०७६ ।
प्राचीनकालमा अघोरपन्थका एक हस्ती बाला तिनकै बालसखाको हातबाट मारिएको दिनलाई लिएर मनाइदै आएको बाला चतुर्दशी पर्व आज बिहानैदेखि दिवंगत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको मृगस्थलीमा सतबिज छरी बालाचर्तुदशी पर्व मनाइयो । आजको दिन यस वनमा सतबिज छर्नाले दिवंगत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । यस क्षेत्रलाई मृगस्थली, श्लेमान्तक वन, बाला वन आदि नामले पनि चिनिन्छ ।
आजकै दिन देशका विभिन्न शिवशक्ति पिठमा स्थानियहरू सतबिज छरेर बाला चतुर्दशी मनाउने गरिन्छ । यसैक्रममा उपत्यकाको पश्चिम क्षेत्र बःखु अवस्थित विष्णुदेवी मन्दिर परिसरमा पनि बाला चतुर्दशी पर्व मनाइयो । हेर्नुहोस् फोटो फिचर ।















