fbpx

फोहरमैला व्यवस्थापनलाई जटिल नबनाऔँ

फोहरमैला नेपालको राजधानी काठमाडौंको एक प्रमुख र जल्दोबल्दो समस्याका रूपमा रहेको छ । यो सरकारको प्रमुख प्राथमिकतामा रहेको क्षेत्र पनि हो । बढ्दो तथा अव्यवस्थित सहरीकरण र जनसंख्या वृद्धिका साथै न्यून जनचेतनाका कारणले फोहरमैला दिनानुदिन सरकारको टाउको दुखाइको विषय बन्दै गइरहेको छ ।

वर्तमान परिवेशमा फोहरमैला व्यवस्थापन सरकारको एकल प्रयास र साधन–स्रोतबाट सम्भव नहुने हुँदा हालका दिनमा फोहरमैला व्यवस्थापन सार्वजनिक–निजी साझेदारीको विषय बनिसकेको छ । हाम्रो कानुनले फोहरमैला व्यवस्थापनको जिम्मा स्थानीय निकायलाई दिएको छ । तर हाम्रा स्थानीय निकायसँग आवश्यक प्राविधिक जनशक्ति र आवश्यक पूर्वाधारको अभाव भएकाले यसको व्यवस्थापन वैज्ञानिक तरिकाले गर्न सकिरहेका छैनन् । त्यसैले फोहरमैलाको वैज्ञानिक व्यवस्थापन सम्पूर्ण स्थानीय निकायहरूको प्राथमिकताको विषय बन्नुपर्छ । यसको लागि हामीले अरू विकसित मुलुकहरूले यसलाई कसरी व्यवस्थापन गरिरहेका छन् । कस्ता प्रविधिहरू प्रयोग गरिरहेका छन् र उनीहरूले अवलम्बन गरिरहेको प्रविधि र व्यवस्थापकीय विधि हामीले पनि अनुशरण गर्न सकिन्छ की भनेर हेर्न जरुरी हुन्छ ।

फोहरले सहर कुरूप मात्र बनाउने होइन यसले रोग पनि निम्त्याउछ ।
फोहरले सहर कुरूप मात्र बनाउने होइन यसले रोग पनि निम्त्याउछ ।

फोहरले सहर कुरूप मात्र बनाउने होइन यसले रोग पनि निम्त्याउछ । फोहरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा यसको प्रत्यक्ष असर आम नागरिकको स्वास्थ्यमा परिरहेको हुन्छ भने प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसले देशको समग्र अर्थतन्त्रमा पनि नकारात्मक असर पारिरहेको हुन्छ । यो त्यति जटिल विषय पनि होइन र यसको व्यवस्थापन पनि सरल तरिकाले गर्न सकिन्छ । यत्ति हो की हामीले फोहरमैला व्यवस्थापनको आधारभूत सिद्धान्त बुझ्न जरुरी छ ।

विकसित मुलुक मा फोहरमैला कसरी व्यवस्थापन भइरहेको छ भन्ने सम्बन्धमा हामीले बेलायतको उदाहरण लिन सक्छौ । त्यहाँ पनि फोहरमैला व्यवस्थापनको सम्पूर्ण जिम्मा स्थानीय सरकालाई दिइएको हुन्छ । केन्द्रीय सरकार को यसमा नीति नियमको माध्यमबाट आवश्यक हस्तछेप गर्ने र नियमन गर्ने मात्र हुन्छ । फोहरमैलालाई सबैभन्दा पहिला स्रोतमा नै छुट्याइन्छ । न्यूनतम तीन प्रकार (कुहिने, recycle गर्न मिल्ने र अन्य) मा वर्गीकरण गरिन्छ । वर्गीकृत फोहरलाई छुट्टाछुट्टै संकलन गरी ट्रान्सफर स्टेसनमा लगिन्छ जहाँ हरेक लोडको तौल लिइन्छ र त्यसलाई फोहरको प्रकृति हेरी छुट्टाछुट्टै प्रसोधन केन्द्रमा पठाइन्छ । यो नै फोहरमैला व्यवस्थापनको आधारभूत सिद्धान्त हो जुन विकसित राष्ट्रहरूले अवलम्बन गरिरहेका छन् । प्रसोधनको लागि कुन प्रविधि प्रयोग गर्ने भन्ने कुरा फोहरको प्रकृति, भूगोल, लागत इत्यादीमा निर्भर गर्छ तर अब यतिले मात्र पुग्दैन । हामी “zero waste” को अवधारणामा जानुपर्छ जुन विकसित राष्ट्रहरूले सुरु गरिसकेका छन् ।

“Zero waste” को अवधारणा भनेको फोहरलाई जति सक्यो कम उत्पादन गर्ने, जति सक्यो धेरै पुनः प्रयोग गर्ने र जति सक्यो धेरै recylce गर्ने जसले गर्दा फोहरलाई विसर्जन गर्न अथवा अन्य प्रशोधन केन्द्र मा पठाउनै नपर्ने अवस्था को सिर्जना होस् ।

काठमाडौंको सन्दर्भमा पनि दीर्घकालीन रूपमा हामीले गर्ने भनेको यही नै हो । यसो हेर्दा हाम्रो अहिलेको काठमाडौंको फोहरमैला व्यवस्थापनको स्थितिबाट “zero waste” मा कसरी पुग्न सकिएला जस्तो लाग्छ तर कहीँ न कहीँबाट त सुरुवात गर्नेपर्छ । यसको लागि पहिलो कदम भनेको जनचेतना नै हो । हामीले जति सक्यो धेरै जनतालाई सुसूचित गर्न जरुरी छ । प्रत्येक घरबाट निस्कने फोहरलाई कसरी वर्गीकरण गर्ने, घरमै पुनः प्रयोग गर्न मिल्ने फोहरलाई पुनः प्रयोग गर्ने तरिका सिकाउने र सबैभन्दा उत्तम भनेको त कसरी फोहर उत्पादनमा नै कमि ल्याउने भन्ने विषयमा केन्द्रित भै जनचेतनाका कार्यक्रम ल्याउनुपर्छ । अझ सकिन्छ भने यस्ता कार्यक्रमहरू मार्फत साना बालबालिकालाई हरेक विद्यालयमा गएर सिकाउनुपर्छ । यसो गर्न सकियो भने हामीले आउने पुस्तालाई पनि सँगै सुसूचित गर्न सक्छौ । यो त भयो शिक्षा र जनचेतनाको पाटो ।

न्यूनतम तीन प्रकार (कुहिने, recycle गर्न मिल्ने र अन्य) मा वर्गीकरण गरिन्छ । वर्गीकृत फोहरलाई छुट्टाछुट्टै संकलन गरी ट्रान्सफर स्टेसनमा लगिन्छ जहाँ हरेक लोडको तौल लिइन्छ र त्यसलाई फोहरको प्रकृति हेरी छुट्टाछुट्टै प्रसोधन केन्द्रमा पठाइन्छ ।

फोहरमैला व्यवस्थापनको अर्को पाटो भनेको यसको संकलन, प्रशोधन र विसर्जन पनि हो । अहिलेको अवस्थामा काठमाडौंको फोहरमैला व्यवस्थापनमा यी तीनैवटा पाटाहरूको उत्तिकै महत्व छ । यसको लागि काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहरलाई वर्गीकरण गरी घर/घरबाट उठाउने व्यवस्था मिलाउनुपर्छ । जम्मा गरिएको कुहिने फोहरबाट जैविक मल उत्पादन गर्ने र नेपाली बजारमा बिक्री गर्ने व्यवस्था गर्नुपर्छ भने नकुहिने तर recycle गर्न मिल्ने फोहरलाई सम्बन्धित निर्माता कम्पनीसँग समन्वय गरी बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ । यति मात्र गर्न सकियो भने पनि काठमाडौंबाट निस्किएको फोहरको ८० प्रतिशत व्यवस्थापन भैहाल्छ । बाँकी २० प्रतिशत फोहर जुन जैविक मल पनि बनाउन सकिँदैन र recycle पनि गर्न सकिँदैन तिनीहरूलाई मात्र ल्यान्डफिलमा लगेर विसर्जन गर्नुपर्छ । यति मात्रै गर्न सकियो भने पनि काठमाडौँ लाई सुन्दर र फोहर मुक्त बनाउन सकिन्छ भने अर्को तर्फ यो महानगरपालिकाको लागि नियमित आम्दानीको स्रोत पनि बन्न सक्छ ।

परिवर्तन सन्देशबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *