fbpx

“नेपालमा राजनितिक दण्डहिनताको गैरजिम्मेवारी पराकाष्ठा : मर्डर, बलात्कार….!”

– सचिन्द्र श्रेष्ठ
अहिले नेपाली समाजमा महिला,बालबालिका,असहाय आदिको हत्या, बलात्कार, अपहरण मानौ कुनै भाइरस नै लागेछ भन्नु उपयुक्त होला । यो कुनै राजनितिक एजेंडा भनौ या प्रतिपक्षको कुनै चाल जनता यस्ता रोग बाट ग्रसित छन। जुन निको त के कम हुन सक्ने कुनै संकेत देखिएको छैन। त्यसैले जनता राज्यको फितलो कानून, नेता वा राजनीती देखि नै वाक्कदिक्क भएका छन जसको कुनै निकास ,समाधान खोज्न हरदम नया खोज चाहेको प्रष्ठ छ।

महिला पुरूष बराबरीको दर्जा दिन सकिरहेको छैन भनु या मान्न तयार देखिन्न राज्य साथै राष्ट्र हल्लाउने हिमायतीहरु या आफूलाई मर्द समझने साथै उही रूढ़ीबादी सोचका महिला भन्न रुचाउनेहरु यस खालका घटनाका प्रत्यक्ष साक्षी जुन आफैलाई धामी एबं बोक्सी भन्न पनि पछि पर्दैन ।
यो अझ हिन्दू धर्म संस्कार पनि अचम्म छ जो महिलालाई देवी समझेर देबताको आसनमा पूजा गर्ने, जसले धर्म र दर्शन लाई अंगालेका छन कोही उही महिलालाई राक्षस सोची उसको हत्या, हरण गर्न अग्रसर रहन्छ।दैनिक महिलाले भोगने जिंदगी उसको स्वतंत्र अस्तित्वको स्वीकृति कहिले दिन जान्देन न त कहिले बुझ्न नै ।

आज पनि अधिकांश महाभारत ,रामायण कालीन मानसिकता बाट मुक्त हुन सकेको छैन जसको कारण द्रौपदीको चीरहरण हुनुमा आफ्नो सम्पति सम्झेर युधिष्ठिरले जुवामा दांव लगाएको थियो वा सीतालाई छल कपट गरी रावणले भगाएर लग्नु र रावणले आफ्नो बनाउनुको इतिहास आज पनि उत्तिकै सन्दर्भिक रहनु कसो उचित नहोला।

यो सबमा काेही न कोही महिलालाई आफ्नो जागीरे,पेवा, परिवारको इज्जत जे भने पनि उसलाई एउटा पुरूषको खेलौना या मागि खाने भाँडोको संज्ञा दिएको छ।

केहि समय पहिलेको डोटीको ७४ बर्षीय बृद्धा महिला, कंचनपुर को निर्मला बलात्कार काण्डपछि हत्या ,पर्बत भूकमा बच्चाको बलात्कार या काठमाण्डौको जंगलमा संगीन(जहाँ गृह मन्त्री द्वारा आत्महत्या भनिएको) ,पोखरा पालिखे चोकमा युवकको हत्या जहाँ आज सम्म पनि सरकारले दोषीलाई कारवाहीको दायरमा ल्याउन सकेको छैन । के सरकार निकम्मा भएको हो या कुनै बाहिरी शक्तिको आसमा अड़केको हो। अब यी यस्ता खालका प्रतिनिधि घटनालाई के मान्ने ।

के अहिलेको सरकारमा बस्नेले जनतालाई दिएको अवार्ड यही मर्डर, रेप हो वा कुनै राजनैतिक प्रपोगंडा जो सरकारमा बस्नेको बेवास्ता या कुनै पीड़कलाई राज्यको क़ानूनी सहारा हुनुमा पीड़ितले न्याय नपाउनु पीड़क खुला रुपमा हिंड्डुल गर्नाले के पीड़ित सधै पीड़ितनै भएर जीबन जिउनु हो त! दोषीले राजनितिक आड़मा राज्यको सेवा, सुबिधा लिनु,राजनीतिका नाममा गलत गर्दै हिड्नुले के अब पीड़ित पनि कुनै दल, नेताको पहुँचमा रहनु पर्ने हो सरकार जवाफ दिनुस फेरि कुनै बेला राजा फाले जसो यो सरकार फालन कुनै समय या दिन कुंर्नु पर्दैन।

आखिर किन महिला, बच्चा ,असहाय वृद्धा नै यस्तो घटना को शिकार हुन्छन् त ? सुस्तमनस्थिति महिलालाई बलात्कार गरी गर्भ बोकांउने या हत्या गर्नुले के पुरूषले महिला माथि आफ्नो अधिकार दर्शाउनु वा फाइदा लिनु साथै क़ानूनी कारबाही नहुनु पनि हो ।

मानब एउटा सामाजिक प्राणी हो जसलाई समाज नभई हुदैन तै पनि त्यही समाजमा उ सहज बस्न सक्दैन । हाम्रो समाजमा महिलालाई बेइज्जती ,हिंसा साथै बलात्कार गर्दा बेइज्जती हुने नसोच्नु वा डर, लाज नहुदा उसले झन यस्ता क्रियाकलाप गर्न पछाडि हट्दैन।

नेपालमा लोकतंत्रको नाममा विकृत राजनीतिक संस्कृति विकसित भई रहेको छ जसको आजकल धेरै चर्चा हुन्छ। राजनीति र अपराध अहिले एक सिक्काका दुई पाटा जस्ता भएको छ। अबको राजनीतिमा शुद्ध हिंसा रहित समाजको परिकल्पना गर्न मानिसमा गलत संगत, गलत बिचारलाई रोकथाम गर्नु आवश्यक छ। बढ्दो इंटरनेटको संगत मात्र हत्या, बलात्कार हुने होइन यसले त यौनका बिषयमा ज्ञान र नजानेको कुरा सिकाउंन मद्दत गर्ने गर्छ मात्र त्यसको सही सदुपयोग गर्न सकियोस्।

च्याऊ झैं उम्रेका संघ सस्था होस् या सरकारी निकाय जसले अब का पिढी लाई यौन शिक्षा, नैतिक शिक्षा दिनु जरुरी छ। अब परिवारमा बाबु ले छोरी माथि होस् या दीदी बहिनी माथि सहज आफ्ना समस्या एबं चाहना खुलेर आफ्ना कुरा राख्ने हिम्मत गर्नु पर्दछ।
सँधै सकारात्मक चिन्तन शैली अपनाउनु पर्दछ। जब सम्म दिल दिमागमा सकारात्मक ऊर्जा पैदा हुँदैन तब सम्म यस्ता खालका घटनाहरु हुँदै जान्छन त्यसैले यो राजनीति फोहोर नगरी जनतालाई पीड़ामा मलम लगाउन सक्ने खालको ब्यबस्था, क़ानूनी समाज, शुद्ध न्यायिक प्रणाली हुन सके जनताले राहतको स्वास् फेर्न सक्ने देखिन्छ र राज्य सरकार प्रति पनि जनता उत्तरदायित्व हुने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *