fbpx

कौसी तरकारी खेती, फोहर र पानीको अन्तरसम्बन्ध

सानुमैयाँ महर्जन

काठमाडौँ उपत्यकामा तीव्र रूपमा जनसङ्ख्या वृद्धिसँगै जैविक फोहरमैला व्यवस्थापन एक चुनौतीका रूपमा देखापरेको छ । यसै सन्दर्भमा आजभोलि जताततै घरघरमा कौसी तरकारी खेती गरेको भेटिन्छ । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले पनि जैविक फोहरमैला व्यवस्थापनलाई टेवा पुग्ने गरी सन् २०१३ देखि कौसी तरकारी खेतीको कार्यक्रम अगाडि बढाएको छ । यो कार्यक्रमबाट नगरवासीमा घरको छतमा स्वच्छ तरकारी उत्पादन गरी खानुपर्छ भन्ने भावनाको विकास भएको पाइन्छ । साथै दीर्घकालीन रूपमा घरेलु जैविक फोहरमैला व्यवस्थापनमा समेत सहयोग पुग्न थालेको छ भने महानगरलाई पनि दैनिक फोहरमैला व्यवस्थापनमा सहयोग मिलेको पाइन्छ । यस प्रकारको कार्यक्रमलाई काठमाडौं महानगरपालिका लगायत अन्य नगरपालिका, गैरसरकारी सङ्घसंस्थाले पनि प्राथमिकतामा राखेर सञ्चालन गरिरहेका छन् ।

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले २००२ जुलाईदेखि हालसम्म करिब १०,०००।– थान कम्पोस्ट विन ५० प्रतिशत सहुलियत दरमा बिक्रीवितरण गरिसकेको छ । सन् २०१३ मा १५० घरका लागि कौसी तरकारी खेती तालिम सञ्चालन गरी नियमित रूपमा एक वर्षसम्म कृषि विज्ञबाट अनुगमन तथा समीक्षात्मक तालिमहरू हरेक हप्ता स्थलगत रूपमा सञ्चालन गरी त्यसबाट आशातीत सफलता मिलेको महसुस गरेका छौँ । जसको लगत्तै वातावरण व्यवस्थापन विभाग एवम् अन्य गैरसरकारी संस्थाबाट निरन्तर रूपमा यो कार्यक्रमलाई अनुसरण गरेको पाइन्छ । आ.व. २०७४÷०७५ देखि यो कार्यक्रमलाई कृषि विभागले निरन्तरता दिइरहेको समेत यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।

आफ्नो घरको छतमा गरिएको गड्यौला पालनबाट वार्षिक ६० केजी गड््यौला तथा १०००।– केजी गड््यौलाले मल बिक्री गरी काठमाडौँको झन्डै ८ टन गल्ने फोहर व्यवस्थापन गर्न सकेकोमा म आफैँ पनि गौरवान्वित छु ।

यसै सन्दर्भमा यस प्रकारका कार्यक्रमहरू गर्न इच्छुक नगरवासीले प्राविधिकको सल्लाह तथा आफ्नो घरको भारवहन क्षमताअनुसार गर्न सल्लाह दिन चाहन्छु । आजभोलि बजारमा माटोलाई हल्का बनाइ खेती गर्ने प्रविधिले त झन् थप हौसला प्रदान गरेको छ । यो प्रविधिअनुसार एक भाग माटो एक भाग कम्पोस्ट मल र एक भाग नरिवलको धुलो (कोकोपिट) मिसाई माटो बनाउँदा ३० प्रतिशत हल्का हुने भएकाले गमलाको सङ्ख्या वृद्धि गर्नसमेत मद्दत पुगेको देखिन्छ ।

यस प्रकारको अवधारणासँगै कम्पोस्ट मल बनाउने व्यवसायी, उद्यमी तथा गड्यौला व्यवसायीलाई थप हौसला मिलेको छ । कौसी तरकारी खेती गर्नेको सङ्ख्यासँगै मल र पानीको आवश्यकता बढ्न गई त्यसको कच्चा पदार्थका रूपमा रहेको फोहर व्यवस्थापन अप्रत्यक्ष रूपमा हुँदै गएको कुरा यहाँहरूमाझ राख्न चाहन्छु । वर्षायाममा आकाशे पानीको प्रयोगसँगै सुख्खायाममा तरकारीमा सफा पानीको प्रयोग नगरी फोहर पानी प्रयोग गर्नसमेत सम्पूर्ण नगरवासीहरूमा महानगरपालिका हार्दिक अनुरोध गर्न चाहन्छ । यसरी कौसी तरकारी खेतीको सफलतासँगै महानगरको फोहरमैला व्यवस्थापनमा थप सहयोग मिल्दै गयो भने कम्पोस्ट उत्पादन कर्ताहरूमा थप ऊर्जा प्राप्त हुने देखिन्छ ।

आफ्नो घरको छतमा गरिएको गड््यौला पालनबाट वार्षिक ६० केजी गड्यौला तथा १०००।– केजी गड्यौलाले मल बिक्री गरी काठमाडौँको झन्डै ८ टन गल्ने फोहर व्यवस्थापन गर्न सकेकोमा म आफैँ पनि गौरवान्वित छु । दुई दशकदेखि वर्षको ५ महिना आकाशे पानी सङ्कलन शुद्वीकरण गरी प्रयोग गर्दै आएकोमा आउँदो २०७६ सालदेखि गड््यौला पालनको क्षमता विस्तार गरी वर्षमा करिब ७३५ वर्गफिट कौसीबाट एक लाख लिटर पानी सङ्कलन तथा शुद्धीकरण गरी उपयोग गर्ने तथा सुख्खा मौसमका लागि ४५० लिटर क्षमताको ट्याङ्कीमा फोहर पानी सङ्कलन गरी सदुपयोग गर्ने लक्ष्यसमेत राखेको छु ।

यसरी राम्रो तरकारी उत्पादन गर्न राम्रो मल आवश्यक हुन्छ, जुन मल उत्पादन गर्ने मुख्य कच्चा पदार्थ नै हामीले पैसा तिरेर सडकमा फालेका फोहरबाट हामी गुणस्तर तरकारी उत्पादन गर्न सक्छौँ । त्यसैले हामीले आफ्नो स्वास्थ्य राम्रो बनाउन राम्रो तरकारी, फोहर र पानीको तालमेल मिलाउन सकेको खण्डमा महानगर सफा भई हामी स्वस्थ्य हुन सकिन्छ । आफ्नो घरमा उत्पादन हुने जैविक फोहरको दीर्घकालीन व्यवस्थापनका लागि आफ्नो जिम्मेवारी महसुस गरी कार्यान्वयनको तहमा घर, पसल, स्थानीय समूह व्यवसाय, कार्यालय, सङ्घसंस्थाहरूको साथ पाएमा यो कार्यक्रमलाई थप टेवा पुग्नेछ । यसले समग्र नगरवासीलाई आफ्नो स्वास्थ्यप्रति सजग गराउन तथा विषादी तथा रसायनरहित तरकारी खानुपर्छ र सरकारले तोकेको १३ घातक रोगको कारण पनि हाम्रो खानपान र जीवनशैलीबाट भएको हो भन्ने भावनाको विकास गराउन सकेमा हाम्रो उद्देश्य पूरा भएको हामीले महसुस गर्नेछौँ ।

कौसी तरकारी खेतीको आवश्यकता किन ?

  • ६५ प्रतिशत जैविक फोहर घरमै व्यवस्थापन गर्न
  • एक जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्न
  • विषादी र रासायनिकरहित तरकारी खान
  • समृद्ध काठमाडौँ निर्माणमा टेवा पु¥याउन,
  • ल्यान्डफिल्ड साइटको आयु बढाउन,
  • जेष्ठ नागरिकको व्यायाम एवम् फुर्सदको समय सदुपयोग गर्न
  • कौसी तरकारी खेतीका फाइदा
  • हरियालीको विकास हुने
  • समय र पैसाको बचत हुने
  • परिवारजनमा आत्मसन्तुष्टि मिल्ने
  • फोहर पानीको सदुपयोग हुने
  • उद्यमीको विकास हुने
  • ८० प्रतिशत खाली छतको सदुपयोग हुने
  • पुनः प्रयोगीय वस्तुको प्रयोग हुने
  • शारीरिक अभ्यासका कारण जेष्ठ नागरिक तन्दुरुस्त हुने
  • घरको वातानकूलित (तापक्रम सन्तुलन) बनाउन मद्दत पुग्ने

(लेखक कामपा, वातावरण व्यवस्थापन विभागमा शाखा अधिकृत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *