fbpx

गुथिको जग्गा गुथिकै मात्र हुन्छ – रोशन श्रेष्ठ

जग्गामाथि लोभी कपटी नजर गाडेर आयातीत सिद्धान्तको रट लगाउनेहरुलाइ पहिला पनि भनेकै थिए ( गुथिको जग्गा गुथिकै मात्र हुन्छ, गुथियारको पनि होइन, मोही किसानको पनि होइन । पवित्र दानको रुपमा गुथिसंरचना बनाइ सयौ पुस्ताले भोगचलन गरेको जग्गा कसरी हाम्रो एकै पुस्ताले सबै नाश गरेर आप्रवासीहरुलाइ हस्तान्तरण गर्न सफल भए ?  यसपछाडि कारण खोजौं ।

काठमाण्डौ उपत्यकाको १५ लाख रोपनी जग्गा २५० वर्ष अगाडि सम्म सबै नेवारको मात्रै थियो । गोर्खाली शासक छिरेको २०० वर्षभित्र पनि, राणा(शाहको चर्को दमनकारी हुकुमी शासन प्रणाली हुँदापनि त्यो १५ लाख रोपनी मध्य १ लाख रोपनी जमीन पनि आप्रवासीहरुले लिन सकेका थिएनन । २००७ साल अगाडि सम्म राणा, शाह र तिनका आसेपासे पुरेत बाहुन, हुक्के ढोके, तबेला, सेना, चौकिदार, जागिरदार आदि बनेका रैथाने खस(बाहुन सबैको स्वामित्त्वमा भएको सम्पूर्ण जग्गाजमिनको हिसाब निकालेर हेरौं । त्यो सबै जोड्दा १ लाख रोपनी पनि नपुग्ला ।

अर्थात १३-१४ लाख रोपनी जग्गाको मालिक त्यो बेला २००७ सालसम्म पनि नेवार नै थियो । र त्यसरी जग्गा बचाउन सम्भव भएको गुथिकै कारण थियो ।

यसरी बचेको जग्गा माथि आँखा गाडेर जग्गा हत्याउन के गर्ने ? तात्कालिन दरबारका मास्टरमाइण्डहरुले गुथिको जग्गा नतोडेसम्म ती जग्गा हत्याउन सकिन्न भन्ने चाल पाए । भूमिसुधार ल्याए, तर त्यसले पनि उपत्यकाको जग्गालाइ छोएन। अनि मोहियानी हक, नापी, छलछाम, र लोभको खेती बिस्तारै एक एक गर्दै लागू गर्दै लगे ।

त्यसपछिको ५० वर्ष भित्र अहिले के छ हालत ?  अहिले उपत्यकामा नेवारको स्वामित्त्वमा ५ लाख रोपनी हाराहारी जमीन बाकि छ । अर्थात करीब ९ लाख रोपनी जग्गा नेवारको स्वामित्त्वबाट फुत्कीसकेको छ । यसबाट देखिन्छ – शाह-राणा-हुकुमी शासनले २०० बर्ष भित्र जति लुटे, त्यसको ५० वर्षपछि एक चौथाइ समयमा ९ गुणा बढी लुटे । भन्नु को तात्पर्य, राणाशासन ढलेपछिको समयलाइ हेर्ने हो भने नेवारको जग्गा लुट्ने क्रम ३६ गुणाले बढ्यो, यो भनेको ३६५ ले बढेको होइन, ३६००५, तीनहजार छसय प्रतिशतले लूट धन्दा बढ्यो ।

अहिलेको गुथिबिधेयकले अब लुट्न बाँकि ३ लाख रोपनी जग्गामा आँखा गाढेको हो । नयाँ पुस्ताले यो लूट योजना बिफल पार्न जुर्मुराएका छन । र यसभन्दा अघि बिगत ५० वर्षमा मच्चाएको लूटधन्दा के हो के रहेछ बुझ्न खोजीरहेका छन । जब इनले बुझ्नेछन् – कसरी हाम्रो जग्गा जमीन लुटिएको रहेछ, त्यसपछि बल्ल लुटको हिसाब खोजिने छ ।

(डिस्क्लेमरः जग्गाको आँकडा अनुमानित हो, मालपोत र गुथिसंस्थानका ढड्डाहरु पल्टाएर यसरी तथ्यांङ्क निकालेर हेर्ने हो भने ५(१०५ तलमाथि पर्ला, धेरै तलमाथि पर्ने छैन । मूख्य कुरा नेवारको स्वामित्त्वबाट जग्गा कसरी र कुन परिणाममा लुटियो भन्ने जानकारी राख्नु हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *