fbpx

अभिनव वेदादि कोष लोकार्पण

शरण ज्यापु हरि । झीगु डट कम
२५ आश्विन, २०७६ । ललितपुर ।

संस्कृति शिरोमणिबाट सुशोभित हरिराम जोशीको पछिल्लो पुस्तक अभिनव वेदादि कोष ९५ वर्षिय समाजसेवी श्री केशवराज जोशीको प्रमुख आतिथ्यतामा हिजाे एक भव्य कार्यक्रमका बिच लाेकार्पण गरियो ।

फोटो शरण ज्यापु हरि

प्रमुख अतिथि श्री केशवराम जोशीले आफ्नो मन्तव्यमा विगत छ दशकभन्दा बढी समयदेखी नेपालको इतिहाँस, धर्म, संस्कृतिआदि सँग सम्बद्ध विषयमा गहन अध्ययन गर्नुको साथै ती विषयका झण्डै ३० वटा भन्दा बढी ग्रन्थहरु लेखी प्रकाशित गरिसकेका संस्कृतिविद् हरिराम जोशीले मदन पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार एवं डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार प्राप्तगरिसक्नुको साथै जनस्तरबाट पनि संस्कृति शिरोमणीको उपाधि प्राप्त गरिसकेको स्मरण गराउँदै आजभोली नयाँ पुस्ताले आधुनिकतालाई आत्मसाथ गर्दा आफ्नो मौलिकता लोक संस्कृतिको अवमुल्यन गरेको पनि पाइन्छ तसर्थ धर्म, संस्कृति, परम्परा समय अनुसार परिमार्जन गर्दै लग्नु पर्छ तर त्यसको वास्तविक मर्म र महत्व नबुझि व्याख्या गरियो भने हामीले सही अर्थमा हाम्रो धर्म, संस्कृतिलाई गहिरिएर अध्ययन नगरेको प्रष्ट हुन्छ भन्नुभयो ।

 

फोटो शरण ज्यापु हरि

पुस्तकको प्रकाशनको जिम्मेवारी लिएका सत्याल प्रकाशनका तर्फबाट कार्यकारी निर्देशक अजय कुमार सत्यालज्यूले संस्कृतिविद् हरिराम जोशीद्वारा इतिहास, धर्म, संस्कृतिसँग सम्बन्धित जीवनानुभूति समेटेर लेखिएकोे स“गालो ‘अभिनव वेदादि कोष’ प्रकाशनको सुअवसर मिलेकोमा खुशि व्यक्त गर्दै यस कोषले पाठकलाई एक किसिमको नितान्त भिन्न स्वाद दिन्छ, व्याप्त विसङ््गतिहरूस“ग परिचित गराउ“छ, मनोरञ्जन गराउ“छ, आपूmलाई त्यस्ता बेथितिहरूबाट जोगिन सल्लाह दिन्छ भन्ने पूर्ण विश्वास रहेको बताउनुभयो ।

डा. नयनाथ पौडेलले निकै नै अप्ठ्यारो मान्दै आफ्नै गुरुको पुस्तकको समिक्षा संक्षिप्त रुपमा गर्नुभयो ।

फोटो शरण ज्यापु हरि

फोटो शरण ज्यापु हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *