fbpx

आफन्तीको कथा : यो कसको सरकार हो ?

शान्तदास मानन्धर

आफन्तीको कथा (११)
सनिबारका दिन आफन्ती घरमै बस्ने गर्नुहुन्छ । तपाईंलाई थाहै होला, आफन्ती टोल छिमेकीहरूसित भेटेर कुरा गर्न पाउँदा अति खुसी मान्नुहुन्छ । आज टोलछिमेकका केही युवाहरू आफन्तीकहाँ पुगेका थिए । आफन्तीले उनीहरूको स्वागत गर्दै सन्चो सुबिस्ताबारे सोध्नुभयोे । यसरी एकछिनको भलाकुसारीपछि एकजनाले आफन्तीसित सोधे,“आफन्तीज्यू, हामीलाई बताउनोस् न, यो सरकार साँच्चै कसको सरकार हो ?”

“तपाईहरू नै भन्नुस् न, यो कसको सरकार हो ? यो सरकार बनेको एक वर्ष हुन लागेको छ । के अभैm पनि यसबारे अलमल छ र ?” आफन्तीले सोध्नुभयो ।

“हो, हामी के भन्छौँ भने यो सरकार हाम्रै हो, ‘जनताकै’ हो, तर काँग्रेस पार्टीले चाहिँ यो नेपाली जनताको हैन ‘कम्युनिस्टहरू’को, ‘अधिनायकवादीहरू’को पो हो भन्छ, फेरि अर्कोथरीले ‘ने.क.पा.पार्टीको’ भन्छ । तपाईले पनि सुन्नुभएकै होला कसै कसैले त यसलाई बिचौलियाहरूको पनि भन्ने गरेका छन् । फेरि एकथरीले यो सरकार ‘ओलीको सरकार’ पनि भन्छन् । कस्तो अलमल, साँच्चै यो कसको सरकार हो ? भन्नुस् न ।”

“यसबाहेक अरू पनि सुन्नुभएको छ कि ?”

“यता आएर केही मानिसहरूले त केसम्म भन्न थालेका छन् भने यो सरकार त आफ्नो देशभन्दा परका कहाँ कहाँका विदेशीहरूको इशारामा उनीहरूको हित र इच्छामा काम गर्ने सरकार पो रहेछ भन्छन् । भन्नोस् न, यो सरकार हाम्रै सरकार अर्थात् हामी नेपाली जनताकै सरकार हैन र ?”

“तपाईले भन्नुभएका कति कुरा जनताले सुनेर र देखेका आधारमा अजमाएका थरीथरीका कुरा भए । साँचो कुरा के होला, त्यो भन्नुस् न,” गम्भीर स्वरमा आफन्तीले सोध्नुभयो ।

“भन्नोस् न, यही गाँठो फुकाउन नसकेर त तपाइँकहाँ आएको ।”

“हेर्नोस्, अहिलेको सरकार आपैले यो सरकार नेकपा(एमाले) र नेकपा(माओवादी) मिलेर बनेको पार्टीले चलाएको सरकार भनेको छ । त्यसपछिका अरू नामहरू यसले गरेका वा गर्न खोजेका वा देखिएका कामहरूद्वारा थपिँदै गएका नामहरू होलान् । केही केही नामहरू यसलाई मन नपराउनेहरूले भनौँ यसका विरोधीहरूले आपूखुसी दिएका नामहरू पनि होलान्,” आफन्तीले यति भन्दै लामो सुस्केरा हाल्नुुभयो ।

आफन्तीका कुरा सुनिरहेकाहरूमध्ये एकजनाले सोधे, “आफन्तीज्यू, तपाईंले पनि सुन्नुभएकै होला । हेर्नुस् न, हामी यसलाई ‘जनताको सरकार’ भन्छौँ, अर्को थरीले भन्छ, यो ने.क.पा.को सरकार, त्यसमा फेरि ‘ओलीको सरकार’,भन्ने पनि सुनियो ! कस्तो अलमलको कुरा ! हैन त, आफन्तीज्यू ?”

“हो, मैले पनि त्यस्तै सुनेको छु ।”

“अनि, ‘ओलीको सरकार’ भन्नु ठीक हो त ?”

“कहाँको ठीक हुनु ! जनता आपूले थापित गरेको ‘जनताको सरकार’ भन्नु पर्ने ठाउँमा ‘ओलीको सरकार’ भन्न थालेपछि यस्तो कुरा कहाँबाट आयो कसरी आयो भनी सोचेर यसको जरो फेला पार्नुपथ्र्यो र यस्तो बेठीक कुरोको जरो बेलैमा उखेलेर फाल्नुपर्ने हो नि, हैन र ?”

“किन ?”

“‘नेपाली जनताको सरकार’ भन्नुको अर्थ यो सरकारले जनताको कुरामा प्राथमिकता दिन्छ भन्ने हो । उता ‘ओलीको सरकार’ भनेपछि त्यसको अर्थ ओली एकजना व्यक्तिको मनलागी भनौँ स्वार्थ वा हितमा प्राथमिकता दिन्छ भन्ने हुन्छ । के यो कुरा जनतालाई मान्य हुन्छ ? के यो कुरा ओली स्वयम्लाई मान्य छ होला ? अब बुझनुभो यसको अर्थ ?” यति कुरा आफन्तीले एकै सासमा भन्नुभयो ।

“तपाईले गलत कुराको स्रोत खोजी पत्तो लगाएर उखेल्नुपर्छ भन्नुभा’थ्यो, भन्नोस् त, यसको स्रोत कहाँ खोज्ने नि ?”आफन्तीको कुरा ध्यान दिएर सुनिरहेका अर्को युवकले आदरपूर्वक उहाँसित सोधे ।

“हेर्नुस्, सोध खोज नगरी कुनै कुराको पनि जरोे भेटिँदैन । हाम्रो समाजमा उम्रेको बिष–बोटको जरो अन्त कहाँ हुन्छ, अन्त खोजेर पाइँदैन, त्यो त हाम्रै समाजको माटोभित्र हुन्छ, हैन त ? लौ, यसभन्दाअघिका एक एक सरकारलाई हेरौँ, अनि त जरो फेला परिहाल्छ नि,” आफन्तीले दरो गरी भन्नुभयो ।

सबैले आफन्तीलाई एकटकले हेरिरहे । त्यसपछि आफन्तीले बिस्तारै भन्नुभयो,“हेर्नुस्, राणाहरूको १०४ वर्षसम्मको शासनकालमा राणा प्राइमिनिष्टरको नामकै पछि ‘सरकार’शब्द जोडेथे, जस्तै चन्द्रसम्सेर सरकार, जुद्धसम्सेर सरकार अनि त्यसबेला बनेको सिङ्गो देशको आम्दानी ऊ(प्राइमिनिष्टर) एक्लैले सोहोरेर गर्नु नगर्नु गथ्र्यो, त्यसबेला राणा प्राइममिनिष्टरले जे बोल्थ्यो त्यै कानुन हुन्थ्यो । अनि त्यसबेला बनाइएका कुनै पनि कुराको नामाकरण पनि तिनै प्राइमिनिष्टरका नाउँमा नामकरण गरिन्थ्यो । जस्तै चन्द्रसम्सेरका पालामा बनेको बिजुली ‘चन्द्र–ज्योति’, बीर सम्सेरको पालामा राखेको धारा ‘बीर–धारा’ आदि, आदि ।

 

त्यसपछि त्यसरी नै २००७ सालपछि आएको सरकार पनि पहिले जस्तै ‘श्री ५ को सरकार’ अर्थात् त्यसबेलाको श्री ५ महाराजाधिराजको सरकारको भन्ने भयो, हैन त ? अहिले हामीले सुनेको ‘ओलीको सरकार’ कहाँबाट आयो होला त ” भन्दै आफन्तीले चारैतिर हेर्नुभयो । सबैले उहाँको कुरा ध्यान दिएर सुनिरहेका थिए त्यसैले उहाँले फेरि भन्नुभयो, “हेर्नुस् हामीले हामी बसेको ठाउँको धुलो राम्ररी बढार्ने काम बरोबर गरेनौँ भने थाहै नपाइने गरी त्यो धुलो हाम्रो लुगा अनि शरीरमा टाँसिन थाल्छ, हैन र ? अब यो ‘ओलीको सरकार’ भन्ने टाँसो हाम्रै वरिपरिको विगतको कसिङ्गर टाँसिएर आएको त हो नि, हैन र ? यसो हो भने यो साह डर लाग्दो कुरा हो । यसबारे हामी जनता पनि बेलैमा सजग हुनुपर्छ ।”

यसपालि भने आफन्तीका कुरा सुनिरहेका सबै युवाहरूले लामो सुस्केरा हाले ।

कथा लेखकको फेसबुक पोस्टबाट साभार

चित्र रविन सायमिकाे फेसबुक पोस्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *