इसाई मिसेनरीहरु पनि हिन्दूराष्ट्रको पक्षमा ?

चन्द्र प्रकाश बानिया

नेपालका हिन्दू धर्मालम्बीहरुले पुन: हिन्दू धर्मसापेक्ष राष्ट्रको माग गर्नु स्वभाविक हो । तर इसाई मिसेनरीसंग संलग्नहरुले थप एक कदम अगि बढेर हिन्दूधर्म र शाह राजवंशको पुनस्थापनाको पक्षमा लेखेर बोलेर सकृयता देखाउनु आश्चर्य मान्नु पर्ने विषय बनेको छ। त्यही विषय कमल थापाहरुले उठाउनुको पछाडी राजनीतिक स्वार्थ छ भनेर बुझ्न सकिन्छ तर इसाईहरु पनि कमल थापाकै लाइनमा उभिनु बुझ्न कठिन विषय होजस्तो लाग्छ ।
रोकायहरु स्वतन्त्र चिन्तन गर्ने मानिस भने होइनन । धार्मिक संस्थाबाट परिचालित गोटी मात्र हुन । उनीजस्ता धार्मिक प्यादाहरुको मुखबाट हिन्दूधर्म र राजसंस्थाको पुनस्थापनाको पक्षमा बोल्न लगाउनुको अन्तर्यमा तीनवटा अभिष्ट रहेको अनुमान गर्न सकिन्छ /देखिन्छ:
१.पहिलो कुरा त गणतन्त्र र धर्मनिरपेक्षताभन्दा राजतन्त्र र हिन्दूधर्म सापेक्ष समाज इसाई धर्म प्रचारको लागि अनुकूल रहेको अनुभव गरिएको हुनसक्छ । अर्थात ०६२/६३ को परिवर्तनपूर्वको परिस्थिति इसाईहरुका लागि अनुकूल र सहज भएको अनुभव गरिएको रहेछ भन्ने बुझ्नुपर्छ ।
२. दोश्रो कुरा इसाईहरुको विरुद्ध हिन्दू धार्मिक संघ संस्थाहरु लाग्न थालेको बुझाईले आफ्नो अभियानप्रती हिन्दूहरु नरम रहुन अर्थात इसाई मिसनरीप्रती सहानुभूतिशील बनुन भन्ने उद्देश्यले हिन्दूधर्म सापेक्ष राष्ट्र बनाइयोस भन्ने कुटिल प्रपञ्च सुरु गरेको हुनुपर्छ । र

https://www.facebook.com/rajendra.manandhar.7906

.तेस्रो कुरा उनीहरुको एक मात्र उद्देश्य नेपालमा अशान्ति उत्पन्न गर्नु हो । राजसंस्था र धर्म संविधानत: ठेगान लागिसकेका विषय हुन् । ठेगान लागिसकेका विषय उठाउनुको कारण समाजमा ती विषयको अवशेषमा हावा दिएर आगो उत्पन्न गर्नु हो । अर्थात समाजलाई अशान्त र अस्थिर बनाईरहन चाहन्छन् । अस्थिरताको खेलबाट उनीहरुले दुइवटा फाइदा हुने अनुमान गरेका हुन सक्छन् । (क) गणतन्त्रको विस्थापन र राजसंस्थाको पुनस्थास्पनाको लागि उठ्ने आवाजलाई हावा दिँदा सिर्जना हुने अस्थिरताले उनीहरुलाई सहयोग मिल्छ । (ख) आफ्नो उक्साह्टले काम गरिहाल्यो र ती दुई संस्थाहरुको विघटन वा स्थापना निम्तियो भने स्वभावत: अर्को पक्ष अर्थात गणतान्त्रीक र धर्मनिरपेक्षतावादी शक्ति पुन जुर्मुराउने हुनाले समाजमा पुन अस्थिरता उत्पन्न हुनेछ र ती दुबै स्थितिले नेपाली समाज इसाई मिसिनरीका लागि उर्बर सावित हुनेछ ।
इसाई मिसननिर्देशित पश्चिमा शक्तिहरु नेपालको कमजोर पक्षलाई उचालेर त्यसमा खेल्दै आएका छन र आफ्नो खेल मैदानको निरन्तरताको लागि फेरि अर्को षडयन्त्रमा लागेका छनभनेर अनुमान गर्न सकिन्छ । किनकी हिजो राजसंस्था र हिन्दू धर्म बलियो हुँदा तिनको विरोधी पक्षको सहयोगमा देखिन्थे भने हिन्दू धर्म र राजसंस्था कमजोर भएको बेलामा बोली फेरेर उल्टो स्वर निकाल्न थालेका छन । उनीहरुको आवाजमा त्यही षडयन्त्रको गन्ध सुघ्न देख्न सकिन्छ । राजसंस्था र हिन्दूधर्मको पक्षमा गोहीको आँसु चुहाएर इसाइ मिसनले “चित पनि पोट पनि” आफ्नो पक्षमा पार्ने कुटिल जाल फैलाउन रोकायहरुलाई प्रयोग गर्न थालेको छ । किनकि कुनै पनि धर्मसम्प्रदायले अर्को धर्म सम्प्रदायको पक्षमा आवाज उठाउने गरेको उदाहरण संसार कतै पाइदैन ।

लेखकको फेसबुक पोस्टबाट

झीगु डट कम

झीगु नितिं झीगु सञ्चार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.