नेपाली काँग्रेसको भविष्य

चित्र शाक्य

नेपाली काँग्रेस ७ दशकको ईतिहास बोकेको पार्टी, अरूले श्रृजना गरेको भूमरिमा पर्दै सत्तामा गए पनि फेरी झर्दै र जनताको साथ भएको कारणले फेरी सत्तारूढ हुँदै ०४६ साल पछि धेरै पाली सत्तामा रहे तापनि अहिले २/३ बहुमतको सरकार भएको बेला संसदमा प्रतिपक्ष पार्टी भएर बसेको छ। दशकौं अगाडिको ईतिहास बोकेको पार्टी भएपनि आज प्रभावकारी प्रतिपक्षको भूमिका खेल्न नआएको जस्तो भएर निरीहरुपमा अन्यौलमा परेको अवस्था छ। २/३ बहुमतको सरकार अकर्मण्य रहेको बेला पनि प्रतिपक्ष पार्टीको हैसियतले जनतामा प्रभाव पार्ने खालको भूमिका बनाउन सकिरहेको छैन। सत्तासिनहरू २/३ बहुमत भएर पनि सत्ता चलाउन नसक्ने, जनतालाई दिएको वचन एउटा पूरा गर्न नसक्ने, प्रतिपक्षी यो मौकामा सत्तासिनको झ्याँको झार्न नसक्ने कस्तो विडम्बना?

 

यो अवस्थामा स्वभाविक छ कि जनतालाई प्रभावित पार्ने बाटो नदेखेको काँग्रेसले धर्मको आड लिएर नेपालमा ८६% हिन्दूहरू छन् र हिन्दूराष्ट्रको नारा उठाएमा बहुसंख्यक जनताको समर्थन पाउन सकिन्छ भन्ने बाल मनोवृत्ति अनुसार महामन्त्री शशाङ्क कोईराला पार्टीको बैठकमा हिन्दूराष्ट्रको लागी जनमत संग्रहको माग गर्ने प्रस्ताव राख्न पुगेका छन्। यसले यो स्पष्ट देखाएको छ कि उहाँले जनताको मन जित्ने अरु कुनै बाटो देख्नु भएको छैन। यो पनि वाल मनोबिज्ञानकै परिणाम हो कि यो प्रस्ताव उहाँले भारतमा भाजपाले हिन्दूको पक्षमा काम गरेकोले नै जित हाँसिल गर्यो भन्ने् सोच राखेर ल्याउनु भएको हो। भाजपाले दुईपाली अटल विहारी बाजपेयीको नेतृत्वमा जित्यो त अहिले नरेन्द्र मोदीको नेतृत्वमा जित्यो। हिन्दूनाराको कारणले जितेको होइन। हिन्दूको पक्षमा चाहिं अटल विहारीको पालामा पनि र अहिले नरेन्द्र मोदीको पालामा पनि त्यति साह्रो काम भएको देखिएको छैन। धर्मको आधारमा काम हुन थाल्यो भने लोकप्रियता गुम्छ र फेरी सडकमैं पुग्छ यो चाहिं पक्का हो।

https://www.facebook.com/rajendra.manandhar.7906

लतामङ्गेशकरले पनि चुनावताका “म नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छु” भनेको आफू हिन्दू भएकोले होइन, नरेन्द्र मोदीको अतुलनीय प्रभावकारिताले हो। मोदीको अगाडि राहूल गान्धी धेरै कच्चा देखियो। लतामङ्गेशकर जस्ता देशका अतुलनीय व्यक्तित्वहरु उनी प्रति आकर्षित भए र जीतको माहौल बन्यो। नेपालको हालैको चुनावमा पनि केपी ओलीको भारतीय नाकाबन्दीको बेलाको अडान र भूमिकाले जनतामा श्रद्धा पलायो। त्यसको अगाडि नेपाली काँग्रेसको भारत परस्त भूमिकाले नेपाली जनताको हृदयमा नूनचूक दले जस्तो भयो। गएको चुनावमा काँग्रेसको हार कम्यूनिष्ट एकताको कारणले होइन। नेतृत्वको अलोकप्रियताले हो, पार्टीको भूमिकाको कारणले हो। २०१५ सालमा नेपाली काँग्रेसले २/३ भन्दा निकै बढी स्थान कुन कुन पार्टीसंग एकता गरेर ल्याएको हो त?। यस अघि नै प्रदीप गिरीले भनिसक्नु भएको थियो, संविधानमा धर्मनिरपेक्ष हिन्दूहरू मिलेरै लेखेको हो। अन्यथा १४% अन्य धर्मका मानिसहरुले कसरी र के गर्न सक्छन् र?। प्रदिपजीले स्पष्टरूपमा भन्नु भयो हिन्दूराष्ट्रको विरोधी हिन्दू नै हो।

 

हिजो AP1 मा नेपाली काँग्रेस कुन दिशामा? भन्ने प्रश्नमा संवादको कार्यक्रम पनि देख्न पाईयो। त्यहाँ पनि प्रदिप पौडेल माथि शशाङ्क कोईरालाको त्यहि प्रस्ताव बारे प्रश्नहरू वर्षाईए। प्रदिपजीले निकै गम्भीरता पूर्वक स्थितिलाई सम्हाल्दै प्रस्ताव त आएको हो तर त्यसमा छलफल भएको छैन भन्नु भयो। अर्का एक जना काँग्रेस संग नजिक भएको राजनैतिक विश्लेषकले पनि त्यो प्रस्ताव सुझबुझ पूर्ण नरहेको कुरा व्यक्त गर्नु भयो। महामन्त्री कोइरालाले प्रस्ताव राखेको भए पनि त्यसको पक्षमा काँग्रेसमा कम मात्र सदस्यहरू रहेको देखिएको छ। काँग्रेसले आफू सुध्रिन आफ्नो जगलाई हेर्नु पर्योु। त्यहिं खल्बलिएको छ र त्यसलाई मिलाउनु पर्यो। सजिलो बाटोले गन्तव्यमा नपुर्‍याउन सक्छ। सीट संख्यामा कम भए पनि साधारण भोट (General vote ) काँग्रेसको बढी छ। त्यसैलाई आधार बनाएर पार्टीको राजनैतिक आधारलाई समय सापेक्ष बनाएर जनतामा पुग्नु पर्छ। अन्यथा एक गतिलो कम्यूनिष्ट नेताले भन्नु भएको छ, “काँग्रेसको बारेमा अहिले यो भन्नु पर्याप्त हुन्छ कि अब त्यो पार्टी फेरी उभिन सक्दैन।”

 

काँग्रेसको अहिलेको गतिविधि हेर्दा उहाँको भनाई सही देखिन्छ। तर यसैलाई झूठो सावित गर्नु काँग्रेसको प्रमुख काम हुन्छ। त्यसको लागी धर्म जस्तो व्यक्तिगत (Individual) विषयलाई अंगाल्नु मूर्खता हो। बौद्धहरू नै पञ्चशील सम्म पनि पालन नगर्ने धेरै छन्। त्यस्तै गरी हिन्दू धेरै भए पनि राजनितिको लागी हिन्दूधर्मलाई आधार बनाउँछ भन्ने हुन सक्दैन। भवतु सब्ब मंगलं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.