केशवकाे हविगत र नेवार नेताहरुकाे भविष्य



राम शरण सायमि

केशब नाम गरेका कसैले पनि बुझ्न नसकेको कुरो । एकताका डा केशबमान शाक्यलाई डा बाबुराम भट्टराईले फसाए , नेवाःहरुको एकमात्र राजनैतिक संगठन नेपाः राष्ट्रिय पार्टीलाई डा बिजय सैंजु जस्ताले कब्जा गर्न सफल भए । नेवाःहरुको आन्दोलन तुहिएर गए ।

आज एमाले- बेइमान बदमासहरुको बाहुनबादी पार्टीले अष्टलक्ष्मी देखि केशब स्थापित देखि जीवनराम श्रेष्ठ , कृष्ण गोपाल श्रेष्ठलाई फसाउन सफल हुन्दैछन् । रामवीर त बलिको बोको भइ दिए , समर्थनमा अर्को मानन्धर – बसन्त मानन्धर उभिन पुगे । हनुमान त सबै थिए – रामायणका हनुमानले आफ्नो छातिमा राम प्रकट गरे त , रामवीर र वसन्त मानन्धरले बामदेव प्रकट गरे ।

अष्टलक्ष्मी तथा केशब स्थापित पनि धनाध्य थिए – अष्टलक्ष्मी त पार्टीको बफादार इमानदार सकृय कार्यकर्ता सिपाही मात्र थिए । पार्टीले जे आदेश दियो पालन गर्न तयार थिए , नाजायज आदेशको अपेक्षा गरेका नै थिएनन् मेरो सहृदय दिदी अष्टलक्ष्मीशाक्य जस्ले आफ्नो बुवा आमालाई समेत फट्याँइ गरि देशको नाममा आफ्ना गहनाहरु पार्टीलाई समर्पित गरिदिएका थिए । नाजायज आदेश गरिएता पनि – सोझो इमानदार मेरो दिदिले पालना गरिदिए तर बम्किन बाध्य गराइयो मेरो दिदिदिलाई । अमृत बोहरा जस्ता सोझो इमानदार लोग्ने पाउन सफल भए तर दुबै पार्टीको बफादार नोकर मात्र बन्न सफल भए । बफादार नोकर मात्र थिए , बफादार नोकरमात्र भएकाले मालिक हुन असफल भइदिए ।

केशब स्थापित – धनाध्य थिए तर अष्टलक्ष्मी जस्तो इमानदार थिएनन् , चौकामा मौका हाल्न सक्ने थिए ध्रुत बाहुनहरुलाई समेत फ्याँकेर उभिन सक्ने जनजाति थिए तर असफल भए । यति सजिलो छैन , आजको राजनीति बुझ्न – डा केशबमान शाक्यले बुझ्न सकेन , न गणेशमान सिंहले बुझे न त पद्मरत्नले बुझे यति मात्र होइन दमननाथ ढुङ्गाना(उपत्यकावासी?) ले समेत बुझ्न सकेन हाम्रो देशको परिस्थिति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.