सामाजिक सञ्जालय् पद्मरत्न मदुगुया श्रद्धान्जलि




 

नेपाल आदिवासी जनजाति महासंघ

आदिवासी जनजाति आन्दोलनका अग्रज नेता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व सल्लाहकार, नेपाल भाषा आन्दोलनका प्रणेता, नागरिक आन्दोलनका अगुवा, पूर्व मन्त्री, शान्ति प्रक्रियाका मध्यस्थकर्ता तथा सुत्रधार र देशभक्त, निष्ठावान, त्यागी, इमान्दार, दुरदर्शी मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर ज्यूको नेसं ११३८ कौलागा द्वादशी-२७ तथा विसं २०७५ कार्तिक १८ गते आइतबार ७७ वर्षको उमेरमा उपचारको क्रममा नर्भिक अस्पतालमा असामयिक देहान्त भएको खबरले नेपालका आदिवासी जनजाति जनता स्तब्ध र मर्माहत भएका छौं ।
सामाजिक न्याय, समानता र मानवअधिकारको पक्षमा निरन्तर डटिरहनुहुने संघर्षशील अथक अभियन्ता, नेपाली इतिहासका एक असाधारण व्यक्तित्व/रत्न तथा पहिचानवादी एक धरोहर तुलाधर ज्यूको अवसानले समग्र देश र जनताका लागि अपुरणीय र अतुलनीय क्षति पुगेको छ । आदिवासी जनजाति जनतालगायत सदिऔँदेखि राज्यद्वारा उत्पीडित, उपेक्षित र बहिष्कृत जनताले एक अविभावक गुमाएको छ ।

तुलाधर व्यक्ति थिएनन् संस्था थिए र जनताको शक्ति भएको स्मरण गर्दै यस दुःखद क्षणमा दिवंगत तुलाधर ज्यूप्रति चिरशान्तिको कामनासहित भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दछौं । शोक सन्तप्त परिवारजन र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं ।
श्रद्धेय तुलाधर ज्यूले देखाउनुभएको बाटो र विचारमा निस्वार्थ रुपले कर्मशील र अविचलित भई निरन्तर कार्य गर्नु नै उहाँप्रति सच्चा श्रदाञ्जली हुनेछ ।

शान्तराज शाक्य

उखुन्हु न्याक्व जंकु याये मनि धका सभागृहय् झी सकसिया न्ह्य:ने धया दीसां वयकलं बचं पूमवंकुसे थौं वयक: झाया दिल । न्हापा वयक: ख्वया दी, थौं झीत ख्वयेका झाल ।

कृष्णभक्त बोडे
झीम्ह पद्म रत्न दाइ ।भाषा साहित्य,नेवाः नुगः।दुनुगलं बिचा हायेका।=बिराट गुथि

अस्मीत मल्ल
गवलें बीनामवनीम्ह छम्ह रत्न ख: झी पद्मरत्न !
वय्क: अमर जुइमा ।
श्रद्धाया छफ्व: स्वाँ देछानाच्वना ।
बिचा: हायेका !

नेवाः देय् दबू
नेवाः देय् दबूया संस्थापक व संरक्षक भाजु पद्मरत्न तुलाधर आकाझाकां मदुगु खबर न्यनां सकल देय् दबू परिवार स्तब्ध जुयाच्वना । मदुम्ह आत्माया चीरशान्तिया कामनायासें सुखावति भुवनस बासया कामना यानाच्वना । – सकल नेवाः देय् दबू परिवार

रविन सायमि
अलविदा!
पद्मदाई !!

सुमन श्रेष्ठ
मज्वीमाःगु जुल मत्यवं जुल झी पद्मदाइ मन्त ह‌ं

पवित्र कसाः
यः पद्म दाइ , सुखावति भुवनस बास लायेमा । दक्व भासा जातियात राज्यं समान अधिकार बिइमाः धइगु छिगु म्हगस यात पुउवंकेत लिचिले मखु । न्ह्यज्याना च्वने । छिगु सुवाः जितः दु ।

दीपक तुलाधर
वयक: मन्त
he is no more
वहाँ रहनु भएन

अमर वज्राचार्य
मदुम्ह हनेबह:म्ह आदिवासी जनजाति एवं नेपालभाषा आन्दोलनया न्ह्यलुवा, वरिष्ठ साहित्यकार, मानवअधिकारवादी नेता, शान्ति बार्ताका सहजकर्ता लिसें पूर्वमन्त्री भाजु पद्मरत्न तुलाधर आकाझाकां मदुगुलिं वयकया चीर शान्तिया कामना यासें सुखावती भुवने श्री अमिताम्भ तथागतया चरणकमलय बास लायेमा धकाः बिचाः हायेका । ( ओँ नमो भगवते सर्व दुर्गति परिशोधन राजाय तथागतायार्हंन्ते सम्यक संम्बुद्धाय ।। तद्यथा ।। ओँ शोधने शोधने बिशोधने बिशोधने सर्वपाप बिशोधने शुद्धे विशुद्धे दिपंगत पद्मरत्न तुलाधरस्य सर्वकर्मा वरण विशोधने स्वाहा । )

रश्मिला प्रजापति
हनेबहम्ह मानवअधिकारकर्मी, नेवा: न्ह्यलुवा पद्मरत्न तुलाधर आकाझाकां मदुगु बुखं मर्माहत जुल।मदुम्ह पद्म दाई सुखावति भुवनस बास लायेमा, नापं दुखंकःपिं सकल परिवारपिन्सं धैर्य धारण याये फयेमा धका बिचाः हायेका।

रजनी मिला रजनी
बहिष्करणमा पारिएका जनताको लडाईं सकिएको छैन । अझै बाँकी छ- दिवंगत पद्मरत्न तुलाधर ।
– मान्छे त एकदिन मर्दछ उसको विचार मर्दैन ।
दुनुगलं विचा: हायेका !
फेरि एक पटक एक अभिभावकको कमी महसूस भयो ।
एक भाषा सेवी, साहित्यकार, समानताको अथक योध्दा, बहिष्कृत समुदायको अभिभावक र जननेताको अवशानले मर्माहत भएको छ ।

राजा शाक्य
दु:ख या खँ ! थौं झी हनेबहःम्ह पद्म दाइ झीत त्वःता झाल ।

सुरज महर्जन
पद्म रत्न तुलाधर मानव अधिकर पहिचान र समान्ताका लागि लडे तर के वहाँको उदेश्य पूरा भयो त ?
वहाँको काधमा चदी राजनीति गर्नेले वहाँको मानववादि उदेश्यको तिलान्जली दिएर जनताको आधार्भुत अधिकार पनि हन्न गर्दै छ।
वहाँ को उदेश्य पूरा गर्न लद्नुनै वहाँ प्रती हाम्रो हार्दिक श्रद्धान्जली हुनेछ।

स्नेह सायमि
एक सच्चा नागरिक पद्मरत्न तुलाधरको कुनै पद र बिभुषण छैन । मुलुकमा संकटमा परेको बेला उहांको भूमिका रह्यो । उहाँको बहुब्यक्तित्वको बारेमा फेरि चर्चा होला नै । सामान्य जीवन र पद बिना नै जीउन रमाउनु भयो । हालै उहाँको भिं जंको ( रथारोहण ) सम्पन्न भयो । त्यसबेला खिचेको फोटो । उहाँलाइ हेर्न नर्भिक अस्पताल गएका थियौं । अब इतिहास हुनु भयो । सलाम !

कुमार कान्छा
पद्मदाई मन्त,
छथ्वः नेवाःत न्हु दँ न्यायेकेत नासः पुजायानां भ्वय् नयाच्वंगु खँ न्यना !

विष्णु चित्रकार
नेवा:या ज्व: मदुम्ह काय् मचा थ:गु जिवंका:छि नेवा: तय् महितातय् न्ह्य:ने छ्यं क्वमछुकुसे नेवा: न्ह्यलुवा: पद्मरत्न तुलाधरं वीरगति कयादिल ।
वय् क:यात हनाबनातसे छ्यं क्वछुका ।
पद्मरत्न जिन्दावाद ।

कवि डि श्रेष्ठ
राष्ट्रिय पंचायतको बैठकमै निर्दलिय पंचायती ब्यबस्थाको अन्त गरि बहुदलिय ब्यबस्थाको स्थापनाको माग गर्ने हिम्मतिलो पहिलो ब्यक्ति l
उनको भाषणको क्यासेट चक्का सुन्न सम्म पनि प्रतिबन्धित थियो l क्यासेट चक्का भेटिएकै कारण मान्छेहरु प्रहरी चौकीमा थुनिन्थे, बिशेष गरि काठमाडौँ बाहिर तिर l
२०४६ सालमा बहुदलिय ब्यबस्था स्थापनाको लागि सात दिशा तिर फर्केर बसेका सात दलहरुलाई कार्यगत एकता गराउन सफल मध्यस्थ कर्ता l२०६२/६३ को दोश्रो जनआन्दोलन तथा बृहत शान्ति सम्झौताको लागि अहम भूमिका निर्बाहा गर्ने स्वतन्त्र ब्यक्ति l
पुस्तौं देखि राजनीति पिडितहरुको आवाज जिन्दगी भर नै उठाई रहेका तर द्रब्य मोहमा कहिल्यै नफसेका एक निस्वार्थी ब्यक्ति l
आदरणिय पद्म रत्न तुलाधर प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु l

देवी पिडि डोटेल
नेपाली इतिहासमा मानव अधिकार, गणतन्त्र स्थापना, शान्ति प्रक्रिया, नागरिक आन्दोलन र अग्रगमनका हिमायती आदरणीय ब्यक्तित्व प्रती हार्दिक श्रद्धाञ्जली !!
शोकाकुल सबैमा हार्दिक समवेदना !!

शरद कसाः
Padmadai amar kha:

भलसा श्रेष्ठ
An irreparable loss. Heartfelt condolence to the bereaved family.
R.I.P. Padma Ratna Tuladhar
बिचा: हायेका:

नरेन्द्र मानन्धर
अनिच्चावत सन्खारा उप्पाद वयो धम्मिनो।
उपज्जित्वा निरुन्झन्ती तेस उपसुमो सुखो।।
MAY ATTAIN NIBBANA. Heartfelt Deepest Condolences.

सागर भण्डारी
नेपाली कम्युनिष्ट आन्दोलन र मानवअधिकार अभियानका अग्रज श्रध्देय पद्मरत्न तुलाधरज्यू प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

कालिमाटी भ्वाइस
नेपाल भाषाका अगुवा तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर ज्यू प्रती हामी श्रद्धासुमनसहित हार्दिक श्रदाञ्जली अर्पण गर्दछौँ । 🌻🌻
भाजु पद्मरत्न तुलाधर या आत्माया चीरशान्तिया कामनायासें सुखावति भुवनस बासया कामना यानाच्वना । 🌻🌻

सुगत रत्न सिन्दुराकार
नेपाल सम्वतया आन्दोलनया अग्रज व्यत्तित्व एवं मानवाधिकारवादी नेता पद्म रत्न तुलाधर मदुगुलिइ निर्वाणया कामना याना बिचाः हायका च्वना ।

विजय सैंजु
Padma Ratna Dai passed away. Our heartfelt condolence.. Nepa Rastriya Party

सिक्किम नेवाः गुथि
Got a sad news of passing away of Bhaju Padma Ratna Tuladhar of Kathmandu today. Very recently we had an opportunity to meet him and express our gratitude through SNG for his role in bringing Newar Cultural Troupe to perform at Gangtok in the year 1997.
We condole his demise. May his soul rest in peace.

शान्त अार वज्राचार्य
बरिष्ठ मानवअधिकारवादी एवं शान्ती प्रक्रियाका प्रमुख सहजकर्ता तथा नेवा: देय् दवू का संस्थापक पद्म रत्न तुलाधर प्रति हार्दिक श्रद्धाञ्जली । माओवादीलाई मूल धारमा ल्याउन महत्त्वपूर्ण भूमिका निभाउने ,उत्पीडित अान्दाेलनका अगुवा,
अान्दाेलनकाे अर्काे नाम मानव अधिकारबादी नेता
पद्मरत्न तुलाधरकाे ७७ बर्षकाे उमेरमा अाज निधन ।
“सुखावत्यालोकधात्वानुगच्छन्तुस्वधा ”
सूखावती भुवनमा बास होस् |

नमस्ते सायमि
पद्म रत्न दाईलाई श्रद्धान्जली दिने समय आएको छैन।
दाईको सपना पूरा गर्न बाकी छ।

किरण शाक्य
पद्म दाई मन्त पत्या याये थाकु , नुगलं बिचा हायका

कृष्ण बहादुर घजु
सम्पुर्ण उत्पिडितहरुको सर्वमान्य नेता पद्मरत्न तुलाधरज्युको देहावशानले देशलाइ नै स्तब्ध तुल्याएको छ,उहांप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।

गणेशराम लाछी
भाजु पद्मरत्न तुलाधर आकाझाकां मदुगु खबर न्यनां सकल नेपामिं स्तब्ध जुयाच्वना । मदुम्ह आत्माया चीरशान्तिया कामनायासें सुखावति भुवनस बासया कामना यानाच्वना ।
विचा हायका……

नेवाः संघ
पद्म रत्न तुलाधर मानव अधिकर पहिचान र समान्ताका लागि लडे तर के वहाँको उदेश्य पूरा भयो त ?
वहाँको काधमा चदी राजनीति गर्नेले वहाँको मानववादि उदेश्यको तिलान्जली दिएर जनताको आधार्भुत अधिकार पनि हन्न गर्दै छ।
वहाँ को उदेश्य पूरा गर्न लद्नुनै वहाँ प्रती हाम्रो हार्दिक श्रद्धान्जली हुनेछ।

कर्ण शाक्य
पद्मरत्नजी र म संगै असनको ह्नैकन्तलामा हुर्क्यौं।मेरो समकक्षी टोले साथी र संधै ईमानदारिताका साथ हृदयको मानसपटलबाट बोल्ने नेपालको प्रजातान्त्रीक आन्दोलनका नेता एवं मानव अधिकारवादी पद्मरत्न तुलाधरकाे निधन प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।शोकाकुल परिवारजनमा गहिरो समवेदना !

रत्न श्रेष्ठ
अलविदा नेवा: अान्दाेलनया न्ह्यलुवा पद्मरत्न तुलाधर

सुनिल चित्रकार
पंचायत ब्यवस्थाको चरम उत्कर्सको बेला वहांको एक आव्हानले काठमाडौंको सडक र गल्लीहरु ततायका ति दिनहरु याद आउंछ । २०४३ सालको यो बोलि आज पनि त्यतिकै सान्दर्भिक छ ।

फुर्के गुरुङ
महान व्यक्तित्व जसले राजतंत्र विरुद्ध मा गरेको प्रतिवन्धित थियो , वहां कम्युनिस्ट हुनुहुन्थ्यो तर त्यहि सिध्दान्त अनुसार नेपालीले गाइ काटेर खान पाउनु पर्छ भन्ने वक्तव्य सांसद भएर दिए पछि बाहुनहरुले वहांलाइ बागि भनेर तथाकथित कम्युनिस्ट पार्टी भन्दा पहिले वहां आफैले कम्युनिस्ट (तत्कालीन एमाले) छोड्नु भएको थियो त्यहि महान् मुलवासी नेतालाइ हार्दिक श्रद्धांजलि

मनरत्न शाक्य
नेवाः अान्दाेलनया छगू अध्याय क्वचाल। नेवाःया नितिं ख्वइम्ह पद्मरत्न तुलाधर मन्त। अाः झीगु नेवाःया निती थुलि माया याइम्ह गन मावने ।

अमृत याेन्जन तामाङ
खेन्पो
पद्मरत्न तुलाधर
तिनि दिनिरि डोङजिम ।

डा अजय क्रान्ति शाक्य
भाजु पद्मरत्न तुलाधर आकाझाकां मदुगु खबर न्यनां सकल नेपामिं स्तब्ध जुयाच्वना । मदुम्ह आत्माया चीरशान्तिया कामनायासें सुखावति भुवनस बासया कामना यानाच्वना ।
विचा हायका……

देशभक्त जनगणतान्त्रिक मोर्चा भक्तपुर
भाषिक असमानाता को यो त एउटा उदाहरण मात्र हो । । ।व्यक्तिगत जिवन मा मात्र होइन मानव सभ्यता मै धक्का लाग्ने आमाअनविय र अन्याय पूर्ण चिज हरुको बिरुध्द संघर्ष शील एक योध्दा आद रणिय दाइ पद्म रत्न तुलाधर दाई को दुखद निधन ले नेपाली न्याय प्रेमी जनाताको आन्दोलन मा अपुरणिय क्षति पुगेको छ । । ।उहाँको मार्ग मा सँघर्ष गर्नु नै उहाँप्रती साँचो श्रध्दन्जली हुनेछ ।

पुष्करलाल श्रेष्ठ
अादरणीय पद्मरत्न तुलाधर दाइसँगकाे याे तस्वीर स्व. गणेशमान सिंकाे निवास चाक्सीवारीकाे हाे । २०४६ सालकाे जनअान्दाेलन सफल भएकै दिन अान्दाेलनका कमाण्डर गणेशमान सिंले अान्दाेलनमा शुरूदेखि अन्तसम्म साथ दिनेहरूलाई अाफ्नै निवासमा अामन्त्रण गर्नु भएकाे थियाे । याे अान्दाेलन शुरू हुनुअघि नेता गणेशमान सिंलाई कांग्रस र कम्युनिष्ट मिलेर अान्दाेलन गर्नुपर्ने सुझाव दिन बसिएकाे पहिलाे ऐतिहासिक तथा गाेप्य वैठकमा पद्मरत्न तुलाधरसँगै मेराे पनि सहभागिता रहेकाे थियाे । वैठक नेपाली कांग्रेस काठमाडाैं जिल्लाका तत्कालीन काेषाध्यक्ष श्रीराम श्रेष्ठकाे बागवजारस्थित निवासमा लगभग मध्यरातमा सम्पन्न भएकाे थियाे । वैठकमा श्रीराम श्रेष्ठसहित त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति सूर्यबहादुर शाक्य र नेपाली कांग्रेसका नवीन चित्रकारजीकाे पनि सहभागिता रहेकाे थियाे । वैठकमा नेता गणेशमान सिं हाम्राे सुझावमा सहमति भएपछि नेता सिंले कांग्रेस-कम्युनिष्टलाई सहमति गराउनकालागि सहजकर्ताकाे भूमिका निर्वाह गर्ने अभिभारा वामपन्थी नेता पद्मरत्नलाई सुम्पिनु भएकाे थियाे । लक्ष र उद्देशय अनुसार अान्दाेलन सफल पनि भयाे । तर २८ वर्षअघि अान्दाेलन सफल भएकाे खुशियालीमा तस्वीरमा हामी हाँसे जस्तै ३ कराेड नेपाली जनता भने अाजसम्म हाँस्न सकेका छैनन् । लाग्छ, अाज दिवंगत हुनु भएका पद्मरत्न दाइपनि अाफूले देखेकाे सपना साकार हुन नसकेकाेमा दुखी भएरै संसारबाट विदा हुनु भएकाे छ ! दिवंगत अात्माकाे चिरशान्तिकाे कामनासहित !!

टहल थामी
आज सम्मको अनुभवमा दुई खालको (समग्रमा) मान्छे भेटेको छु…
एक थरी जो सँधै आफु महान देखाउ खोज्ने, आफ्नो सानु कुरालाई पर्वतै उठाए सरी चर्चा गर्ने…त्यस्तालाई मनमनै भनिन्छ “जाँ… तेरो हैसियत थाहा छ…”
अर्को थरी सँधै समाज, देशको लागि चुपचाप काम गर्ने कुनै चर्चा नगर्ने… लोभ र स्वार्थ भन्दा कोसौं टाढा… त्यस्ता मान्छे देख्दै पनि श्रद्धाले शिर निहुरिने… र तिनै मानिस सँधै अमर रहन्छन… जनजनले सदियौं सम्झन्छन…तिनै मध्येका एक हुन पद्मरत्न तुलाधर… फेरि पनि हार्दिक श्रद्धान्जलि… उत्पीडित, शोषित, सिमान्तकृत र निमुखाहरुको इतिहासले सँधै सम्झने छ तपाईँलाई…

रामेश्वर मिश्रण श्रेष्ठ
व सुन्दर छफ्व: स्वां
सकल नेपा:मिया नुगलय् सदां ह्वया:च्वनिम्ह
पद्म………
व छग: नगु
सकल नेपा:मिया नुगलय् सदां थीया:च्वनिम्ह
रत्न………
हार्दिक श्रद्धाञ्जली पद्मरत्न तुलाधरजु प्रति…..

विजयमान सिंह
We are deeply saddened to hear the sudden demise of respectful Padma Ratna Tuladhar who always been the great fighter for Newa and indigenous communities and also raising and protecting indigenous rights and its issues . Hearfelt condolences to his family in this miserable moment . May departed soul rest in peace .

राज कुमार बिष्ट (बरिष्ठ उपाध्यक्ष, नेपाल आदिबासी जनजाति महासंघ अमेरिका FIPNA)
बरिष्ठ मानब आधिकारकर्मि तथा आदिबासी अभियन्ता आदरणिय नेता पद्मरत्न तुलाधार प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दिवंगत आत्मको चिरशान्तीको कामनाका साथै शोकाकुल परिवारजन प्रति हार्दिक समावेदना प्रकट गर्दछु ।

डा नविन वज्राचार्य
जीवनभर नेपाल भाषा सम्बत संस्कृति परम्पराको लागि आफ्नो जीवन अर्पण गर्नु भएका श्रद्धेय पद्म रत्न सर प्रति हार्दिक श्रद्धान्जली । आज भेट्छु भोलि भेट्छु भन्दा भन्दै हामीलाई छोडेर जानु भयो उहाँको वास सुखावती भुवनमा होस् भन्ने कामना गर्दछु ।

प्रधान त्रिलोचन
नेपाली आन्दोलनका महानायक आदरणीय पद्मरत्न तुलाधरको ज्यु को निदन प्रती दुख ब्यक्त गर्दै हर्दिक श्रद्रान्जली ब्यक्त गर्दछु ?।

डेरराज लाम तमु
आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक, भाषा आन्दोलनका नेतृत्वकर्ता, मानव अधिकारवादी नेता पुर्वमन्त्रि पद्म रत्न तुलाधर ज्युको निधनले अपुरनिय क्षति भएको छ । मृतात्मा प्रति भावपूर्ण श्रद्जान्ली अर्पण गर्दै सोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछु । वहाँले शुरु गर्नु भएको मुक्तिको अभियान हामीले निरन्तरता दिने छौं भन्ने प्रतिज्ञा पनि दोहोर्याउन चाहान्छु ।

डि. आर. गुरुङ
प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष – नेपाल आदिवासी जनजाती महासंघ युएई

राम शरण डंगोल
अथक योद्धा, बामपंथी नेता पद्मरत्न तुलाधरज्यू प्रती हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै उहाँको आत्मालाई सुखावति भुवनमा बास प्राप्त होस ।

मदन सेन वज्राचार्य
Padmaratna janataayaa shakti khah.pratyak pahichaanbaadi he padmaratna khah.waykah amarkhah.

अश्मिना रंजीत
Extremely saddened by the news – passing of Padma Ratna Tuladhar Dai. He, the true people’s leader, who believed in Human Rights, Civil Rights and Cultural Rights of the Citizen and fought for Democracy. His physical presence will be missed immensely but he will remain alive in people hearts forever. May his soul rest in peace! Heartfelt condolences to Sumnima Tuladhar, Gauri Pradhan and rest of the family members.

राम गोपाल अाशुतोष
हार्दिक श्रद्धाञ्जली !
पद्मरत्न दाइ – म यहाँको निष्ठा र भाषणकलाई निकै ठूलो फ्यान हुँ । नेपालभाषा मात्र बोल्ने मलाई भाषाको महत्व र सम्प्रदायबाट माथि उठेर कसरी वैश्विक हुने भन्ने प्रेरणा दिनुभएको हिजोजस्तो लाग्छ । फरक बिचारका बाबजुद मैले त्यसपछि खस भाषा पढेँको मात्र होइन शुद्ध कसरी बोल्ने र लेख्ने भन्ने पनि स्वअध्ययन गरेँ ।
भाषा जति वटा सिक्यो उति ज्ञानको दायरा बढ्छ भन्ने सिकाउने तपाईँलाई सच्चा श्रद्धा सुमन ।
सम्पूर्ण नेपालीमा हार्दिक समवेदना !

राजदास श्रेष्ठ
सक्वमितय नुगलय् भयबिया च्वनि छि न्हयाबलेँ
लोमनि मखु छिं “सक्व वनेमानि” धैदीगु गुबलें

नविन थेचोमि
नेपाल सम्वतया अभियन्ता मध्येय् या छम्ह अतिकं हनेबहम्ह पद्म दाइ मदुगु खं नुगः चिइ थाकुयाच्वन ।

पासाङ शेर्पा
पद्मरत्न दाइ हामी माझ अाजबाट रहनु भएन । भावपुर्ण श्रद्दान्जली अर्पण गर्दछु ।

नेपाल तामाङ घेदुङ
मातृभाषा आन्दोलनको अग्रणी ब्यक्तित्व ,आदिवासी जनजाति आन्दोलनको नेता तथा नेपालको दस बर्षे माओवादी जनयुद्धको शान्ति बार्ताका राजनीतिक ब्यक्तित्व आदरणीय पद्मरत्न तुलाधरको आज भएको निधनले हामी स्तब्ध भएका छौं । स्व. पद्मरत्न तुलाधर प्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समबेदना प्रकट गर्दछौं । ॐ मानी पद्मे हुङ ।।।

ललितकुमार तामाङ
I Express my Profound Grief at the loss of the Great and Inspiring Leader and Human Rights Activist Mr. Padmaratna Tuladhar. Nepal has truly lost a Great Leader of Oppressed People, May God Rest his Soul In Everlasting Peace।

ज्ञान महर्जन
हनेबहःम्ह पद्मरत्न तुलाधर मदुगु खँ न्यनेमाला तसकं नुगः हिइल । सत्य खँ खयाः नं पत्याः याये मफयाच्वन । वयकयात हार्दिक श्रद्धाञ्जलि देछाया ।

संयुक्त श्रेष्ठ
Today marks one of the saddest days for all Nepalese people around the world. We lost Padma Ratna Tuladhar
For the peace process and human rights in Nepal,
for the constitutional rights of all marginalised communities in Nepal,
for the worldwide organising of Newars for their cultural preservation, and
for the literary heritage of Nepalbhasha,
his contribution remains supreme.
The ‘Sun’ of Nepalese sky of cultural uprising has left us. My wishes are for the entire new generation of Nepalese youth to reflect some of his light and keep it all bright even after Him.

श्याम श्रेष्ठ
भाषिक आन्दोलनका अभियन्ता, मानबाधिकारबादी , तत्कालिन जनयुद्दरत माओबादी र नेपाल सरकार बिच शान्ती बार्ताका सहजकर्ता, समानुपातिक समाबेशी धर्म निरपेक्ष राज्यका पक्षपाती एक जोदाहा देश प्रेमी नेता पद्म रत्न तुलाधरको देहाबशानको खबरले स्तब्ध तुल्यायो । यो घडीमा वहा प्रती हार्दिक श्रद्धाञ्जली । शोक सन्तप्त परिवार आफन्त जन प्रती हार्दिक समबेदना ।

रमेशानन्द वैद्य
थौँ छम्ह निभा: द्य: लुकु बिल
कन्हेय् गाक्कँ पलेस्वाँ ह्वयेमा
छधि छपं जुया फुक्कँ नेपामी
नुग: ह्वयेका न्ह्य: जुये फयेमा।

संजया राज शर्मा
056 साल उप निर्वाचन ! हामी तत्कालीन एमालेबाट राष्ट्रियता, जनजीविका, भाषिक अनि जातीयता मुद्दाबाट छुट्टिएर माले। काठमाडौ 3 नं.(शायद 4 नं.क्षेत्र) क्षेत्रबाट पद्म दाइ मालेको चुनावचिन्हबाट स्वतन्त्र उम्मेदवार। माले हराउने भन्दा नि पद्म रत्न जित्नु हुन्न भनी सबै प्रतिक्रियावादीहरू एकजूट भए। परिणामस्वरूप हामी हार्यौ।कृष्ण अर्याल, उमेश स्थापित, देवेन्द्र जोशी अनि म मेरै घरमा आधा रातसम्म रोएको अहिले झझल्को आइरहेको छ। सलाम पद्म दाइ!

धर्म श्रेष्ठ
नेपालको राजनीतिक परिवर्तनका संवाहक आदरणीय पद्मरत्न दाईलाई श्रद्धाको फूल चढाएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.