किन भइरहेको छ दशैं बहिस्कार?

निकेत सलदाङ

सास्कृतिक अतिक्रामणमा परेको यो देशका गैरहिन्दू जात जाति समुदायहरुले किन एक जात बिशेषको पर्ब दशैको खुलेर बहिस्कार गरिरहेको छ भन्ने कारण बुझ्न् आवश्यक छ !

(१) दशै भारतबाट आयत गरेको हिन्दूको मात्र चाड हो। नेपालको भूभागसंग र नेपालका आदिवासी जनजाति संग दशैको कथाको सम्बन्ध भएको ईतिहांस कही कतै सम्बन्धीत छैन ?

(२) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई हिन्दु सास्कृतिक पर्ब संस्कार परम्परा धर्म र देवनागरी लिपी भाषालाई जबर्जस्ती स्वीकार्न बाध्य परेको हुनाले !

(३) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ अठपरिया र रिदमा अठपरियालाई हिन्दू सेना लगाएर हग्ने दुलोबाट तातो गोली दागेर हत्या गरेको थियो । त्यसपछि किराती राई जातीलाई दशै मान्न बाध्य बनाएका हुँदा !

(४) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई हिन्दू सेना परिचालान गरी चरम यातना दिएर दशै मान्न बाध्य बनाएको हुनाले !

(५) नेवा :षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका क़ब्ज़ा गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका हुनाले !

(६) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाउदै दशै मान्न बाध्य बनाएकाे हुनाले !

(७) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरु माथी शासन गरेको दिनदेखि मगर जातिलाई दशै मान्न बाध्य बनाएको हुनाले ।

(८) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर युद्द अपराधी पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममता पूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका हुनाले !

स्मरण रहोस् – यो देशका भुमिपुत्र गैरहिन्दू जात जाती समुदायले गर्दै आएको यो भारतीय आयितित दशैको बहिस्कार भनेको राजनीतिक बहिस्कार हो ! यो एक जात बिशेषको पर्ब दशै राजनीतिक मूद्दा भएको हुँदा राजनीतिक कोणबाट समाधान खोजिन्नु पर्दछ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.