नेपालका जात्राहरुको सचीत्र वर्णन “जीवन्त संस्कृतिहरु” पुस्तकको विमोचन

झीगु संवाददाता
काठमाडौं, आश्विन २८ । उद्योगपति हेरम्ब बहादुर राजभण्डारी तथा श्रीमती स्नेहलता राजभण्डारीले राजभण्डारीहरुको दुर्दाइ गुठीको वार्षिक कार्यक्रमको शुभअवसरमा शनिबार एक कार्यक्रमको बीचमा आफुद्वारा प्रकाशित नेपालका जात्राहरुको केन्द्रित सचित्र पुस्तक “जीवन्त संस्कृतिहरु” विमोचन गर्नु भयो ।

रेखा शाक्य तथा शरण डंगोलले आफूले लेखेका तथा विभिन्न समयमा खिचेका फोटोहरुबाट सुसज्जित उक्त पुस्तकमा नेपालका काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, दोलखा तथा पोखराका विभिन्न जात्रा पर्वहरुको बारेमा चित्रण गरिएको छ ।

उक्त विमोचन कार्यक्रममा विमोचित पुस्तकमा प्रकाशकको तर्फबाट बोल्दै डा. हेरम्ब राजभण्डारीले हाम्रो भाषा, परम्परा, संस्कृति, रितिरिवाज नै हाम्रो मौलिक पहिचान हो र हाम्रो पुर्खा, हाम्रो इतिहासलाई नियाल्ने र बुझ्ने आधार भनेकै यिनै संस्कृति हुन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “मानिस भई जन्म लिएर समाजको लागि केही गर्नु पर्छ अन्यथा त्यसको जन्मको कुनै अर्थ रहँदैन । सामाजिक प्राणी भई जन्म लिएपछि देश र समाजप्रति पनि आफ्नो दायित्व हुनआउँछ, त्यसैले आफूले केहि योगदान गर्न सक्नुमा नै मान्छेको जीवन सार्थक हुन्छ र यसैमा नै जिवनको अर्थ र उद्देश्य लुकेको हुन्छ ।”

उहाँको बिचारमा हाम्रा पुर्खाले छोडेर गएका धरोहर, मूर्त अमूर्त सम्पदा, संस्कार, संस्कृति, परम्परा, रितिरिवाजमा समयको अन्तरालसँगै क्रमशः परिवर्तन हुँदै आइरहेको स्थितिमा हाम्रा पूर्खाको पालाको यस्ता मूर्त अमूर्त, संस्कृति र जात्रापर्व आजको वर्तमान युगसम्म पुग्दा कति लोप पनि भइसकेको अवस्थामा छ, कति आर्थिक अवस्थाले गर्दा सञ्चालनमा आउन सकेन भने जति पनि जात्रापर्वले निरन्तरताको गति लिंदै आइरहेको छ त्यसमा पनि कति जात्रा पर्व सम्पन्न गर्न धौ धौ परेको अवस्थामा छ, त्यस्तै कति प्रक्रिया मात्र पूरा गरि झारा टार्ने गरिंदै आइरहेको पनि देखिन्छ ।

उहाँले फेरि थप्नुभयो, “यो सबैको पछाडि केही कारण लिखित अवस्थामा जात्रापर्वका बारेमा विस्तृत विवरण नहुनु पनि एक हो । त्यसैले सचेत भई आफ्नो मौलिकतालाई हामीले समयमै सुरक्षित गर्नु आजको समयको माग हो ।”

 

हाम्रा पुर्खाले छोडेर गएका धरोहर, मूर्त अमूर्त सम्पदा, संस्कार, संस्कृति, परम्परा, रितिरिवाजमा समयको अन्तरालसँगै क्रमशः परिवर्तन हुँदै आइरहेको  छ।

नेपालका अनेकन जात्रापर्वहरु विभिन्न कारणले विलय हुँदै आइरहेको वर्तमान अवस्थालाई मनन गर्दै सम्पदा, संस्कृति र परम्परा, एवंम् धार्मिक कुराहरुको दस्तावेजको रुपमा रहेका यस्ता सामग्रीहरुको संरक्षण र सम्बद्र्धन हुनु पर्ने सोच राख्दै पुस्तकका परिकल्पनाकार, लेखक तथा फोटोपत्रकारद्वयको लगनशीलता तथा मिहेनतको कदर स्वरुप यस प्रकाशनमा सहयोगी भूमिका निभाउँदै प्रकाशकको रुपमा उभिएको बताउँदै यस कृति प्रकाशनको एक हिस्सा बन्न पुगेकोमा आफूहरु पनि गौरवान्वित महसुस भएको बताउनु भयो ।

त्यस्तै शौखका रुपमा मात्र कलम र क्यामरा चलाएका लेखकद्वय रेखा शाक्य तथा शरण डंगालले समाजमा विद्यमान पूर्खाका धरोहर, संस्कृति र परम्पराको लागि केही गर्ने जमर्कोका साथ आफूसँग भएको शीपलाई सबैको सामू बाँड्ने परिकल्पनाको स्वरुप हो यो जीवन्त संस्कृतिहरु भन्नु भयो ।

यस्तै २८ गतेको दिन पुस्तक प्रकाशनको उपलक्ष्यमा उक्त पुस्तकको बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । मोहनीको शुभकामना आदानप्रदान पनि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा लेखिका रेखा शाक्यले रुपमा झण्डै एक दशकअघि देखि नेपालमा रहेका अनेक सम्पदा, संस्कृति र परम्परा, एवंम् धार्मिक गतिविधिको प्रत्यक्ष अवलोकन, सम्बन्धित व्यक्तिहरुसंग कुराकानी, प्रकाशित भई सकेका जात्राबारे अध्ययन, सम्बन्धित जात्रा बारेको पुस्तकको अध्ययन गरी लेख रचना लेखी विभिन्न पत्रपत्रिकाका साथै सामाजिक सञ्चालमा जात्रापर्वका फोटोको साथमा जानकारी दिँदै आएकोमा हाल ती सबै जानकारी तथा तस्वीरहरुको अभिलेखिकरण गर्नका लागि उक्त पुस्तकको लेखन गरेको बताउनुभयो ।

त्यस्तै लेखक शरण डंगालले आफ्ना हितैषी मित्रहरु र सुभेच्छुकहरुले समेत यसलाई पुस्तकको रुप दिन उत्साहित गरेको साथै राजभण्डारी दम्पत्तिले पनि नेपालका यस्ता जीवन्त संस्कृतिलाई एक लिखितरुपमा प्रस्तावित गरेको पाण्डुलिपि हेरे पछि फोटो सहितको जानकारी देखि भावि पुस्ताको लागि एक दस्तावेजको रुपमा रहन जाने संभावनालाई मध्यनजर राखि प्रकाशन गरि प्रकाशकको भूमिका निभाउन सहर्ष स्वीकारेको बताउनु भयो ।

यस “जीवन्त संस्कृतिहरु” पुस्तकमा जम्मा २५ जात्राको जानकारीको साथै विभिन्न सालमा उक्त जात्राको क्रममा लेखकद्वयहरुले खिचिएका रंगीन तस्वीरहरु संलग्न छन् । २४० पेज रहेको पुस्तकको मूल्य रु. १००० (अक्षेरपी एक हजार मात्र) राखेका छन् ।

One thought on “नेपालका जात्राहरुको सचीत्र वर्णन “जीवन्त संस्कृतिहरु” पुस्तकको विमोचन

  • October 15, 2018 at 8:34 am
    Permalink

    Where can we buy this book ?

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: