नेपाल चीन एक्स्पो २०१८ मा चीनियाँ सामानको माग

झीगु संवाददाता

ने सं ११३८ ञंला गाः द्वादशी । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन पाटन दरबार क्षेत्रमा हिजो १९ गते देखि २३ गते शुक्रबारसम्मकाे लागि  नेपाल चीन एक्स्पो २०१८ काे नाम दिर्इ मेला अायाेजना गरेकाे छ। साेही  मेलामा आउने दर्शक र ग्राहकहरुको तीव्रता कायमै छ ।

किपा साभारः स्वतन्त्र सञ्चारग्राम

हिन्दुहरुको महान चाड दशैंलाई लक्षित गरी मंगलबजारको दरबार क्षेत्रस्थित ऐतिहासिक ढुंगेधाराको पछाडि र भण्डारखाल बगैंचामा मेला हुने नेपाल र चीनको सांस्कृतिक र व्यापारिक माध्यमबाट जनस्तरको सम्बन्ध प्रगाढ बनाउने मेलाको मुख्य उद्देश्य रहेको समाजका अध्यक्ष अजरमान जोशीले बताउनु भयो ।

‘चीनिया र नेपाली जनताबीचको अन्तरक्रिया बढाउन मेलाले टेवा पुग्ने ‘मेलाले नेपाली उत्पादित सामग्रीको प्रर्वद्धनसंगै दुई देशको संस्कृति, संगीत, उत्पादित सामग्री, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान गर्नसकिने मेलामा समय मिलाएर लाखे नाच, चर्या नृत्य देखाईने सो मेलामा १ सय वटा स्टल मध्ये चीनमा उत्पादित सामग्रीको मात्रै ६० वटा स्टल रहने जसमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी साथै बच्चा देखि बुढापाकाहरुलाई चाहिने सामग्री समेत रहने ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका जोशीले भन्नुभयो । ‘

किपा साभारः स्वतन्त्र सञ्चारग्राम

अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले अायोजना गरेकाे उक्त कार्यक्रम नेपालको संस्कृति र व्यवसाय प्रर्वद्धनमा चीन सरकार चिनिया जनताको सहभागिता र सहकार्य हुनु नै दुई देश बीचको सहभागिताको प्रतीक भएको अायोजकहरुले बताएका छन् ।

 

नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकला लगायत विभिन्न घरायसी सामग्रीको स्टल रहने ’नेपाल चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले बताउनुहुँदै  ‘हाम्रो सहभागितालाई चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबिओआर) बाट नेपालले पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनका लागि प्रेरित गर्ने छ। ’ अध्यक्ष ली प्वोले भन्नुभयो ।

 

 

 

किपा साभारः स्वतन्त्र सञ्चारग्राम

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालिले पानसमा दीप प्रज्वलन गर्दै मेलाको उद्घाटन गर्नु भएकाे  थियाे । साेही अवसरमा  दुई देशका जनताबीचको आपसी लाभ पुग्ने दिशामा मेलाले ठोस टेवा पुग्ने समाजका महासचिव सुरेशमान महर्जनको भनाई रह्याे भने सोहि अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले यस्ता मेलालाई स्थानीय तहले प्रर्वद्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

किपा साभारः स्वतन्त्र सञ्चारग्राम

मेलामा लुभुको टेक्सटायल उद्योगबाट उत्पादित ढाका र सुतीबाट बनाइएको आकर्षक पहिरनका विभिन्न डिजाईन देखाउन ‘फेसन शो’ हुने छ । मेला अवधिभर साँझ नेपालीको मौलिक नृत्य, चर्या नृत्य र लोकप्रिय आधुनिक र सांस्कृतिक कार्यक्रम प्रस्तुती गरिने र मेला पाँच दिनसम्म चल्ने सो मेलामा दुई लाख भन्दा बढीले अवलोकन गर्ने , अनुमानित तीन करोडको आर्थिक कारोबार हुने , एक करोड खर्च हुने समाजको दाबी रहेको छ ।

किपा साभारः स्वतन्त्र सञ्चारग्राम

समाचार र फाेटाे साभारः स्वतन्त्र सञ्चारग्राम

सुनिल शर्मा र श्रवण महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.