धरहरा किन र कहाँ बनाउने?
रामशरण सायमि
अग्लो धहहरा नै बनाउनु छ भने उपत्यका बाहिर त्यो पनि पुरातात्त्विक संरचनाहरु नभएको ठाउँमा निर्माण गर्ने हो । त्यो पनि मेरो सहृदय फेसबुक भाई प्रकास बानीयाले भने अनुसार Steel कि Conctete Structure बनाउने बिषयमा ब्यापक छलफल हुनु जरुरी छ ।
अहिलेको अबस्थामा उपत्यकामा धरहरा होइन सुन्धारा पुनर्निर्माण गर्नु छ । भुकम्प आउनेबेलामा बसोबास गर्न खुल्ला ठाउँहरु जोगाउने हो । सकेसम्म आकासे पानी छिर्न सकिने खुल्ला ठाउँ छाडि Ground Water Recharge गरी उपत्यकालाई भबिष्यमा हुन सक्ने धरासायीबाट बचाउने हो ।
उपत्यकाका प्राचीन संरचनाहरुसित नमिल्ने तथा प्राचीन संरचनाहरुलाई अबमुल्यन गर्ने मिल्दोजुल्दो नै किन नहोस् पुराना ऐतिहासिक संरचनालाई अबमुल्यन गर्ने नयाँ संरचनाको निर्माण निषेध गरिनु पर्छ ।
धरहरा – ऐतिहासिक धरोहर हो तर काठमाडौं उपत्यकामा निर्मित त्यो भन्दा धेरै पुरानो स्तुपा तथा पैगोदा शैलि जस्ता संरचनासित पटक्कै नमिल्दो ऐतिहासिक संरचना हो । आफ्नो Dynasty लाई सदाको लागि निरंतरता दिन , यहाँका आदिवासी मुलवासी तथा रैथानेहरुलाई जसरी भए पनि उठीवास गर्ने योजनाहरु मध्य यो धरहरा पनि यौटा हो । धरहरा वा भीमस्तम्भ – निरंकुशताको नमुना हो ।
उपत्यकाका संरचनाहरु सित बिल्कुलै नमिल्ने र बिश्वले कहलाउनु सफल ७ वटा संरचनाहरुलाई अबमुल्यन गर्ने उद्देश्यले तथा कमिशनतन्त्रलाई लामोसमय सम्म जिवन्त राख्न समृद्धिको नाममा सामान्य जनलाई झुक्याउन , अनियन्त्रित आप्रवासी निम्त्याइ उपत्यकाका आदिवासी मुलवासी तथा रैथानेहरुलाइ बिस्थापित गर्न सत्ताधारीहरु द्वारा चाल्न लागेको सुनियोजित षडयन्त्रकारी पाइला हो ।
१० वटामा ७ वटा लिच्छविकालिन र मल्लकालिन बिश्व सम्पदाले सजिएको यो उपत्यकामा त्यस्ता नमिल्दा संरचनाहरु इतिहासको पन्नामा मात्र सिमित गर्ने कि फेरि पुनर्निर्माण गर्ने बिचार गर्ने बेला आएको छ । सबै ऐतिहासिक संरचनाहरु ठड्याउनु जरुरी छ कि छैन भन्ने बिषयमा सरसल्लाह गर्ने बेला पनि आएको छ ।
निरंकुश शासकहरुले जथाभावी नमिल्दा संरचनाहरु इतिहासको बिभिन्न कालखण्डमा खडा गरे त गरे । अब सोच्ने बेला आएको छ । उपत्यका के हो ? यस्को बिकास कसरी भएको छ । उपत्यकाको पहिचान के हो ?
बिदेशीहरु यहाँ धरहरा जस्ता ऐतिहासिक संरचनालाई अवलोकन गर्न आउने होइन । यहाँका मौलिक लिच्छविकालिन मल्लकालिन पुरातात्त्विक संरचनाहरु अवलोकन गर्न आउने हो ।
बिश्व सम्पदाको सुचिमा कस्ता ऐतिहासिक संरचनाहरु सम्मिलित गरेर नेपाललाई बिश्व सम्पदाको देश भनेर घोषणा गरिएको छ बुझ्न जरुरी छ कि छैन ?
जथाभावी Incompatible नमिल्दा संरचनाहरु (जथाभावी उपत्यकाका मुलवासी तथा रैथानेहरुलाई उठीवास गर्ने नियतले बिकासको नाममा जथाभावी गरिएको सडक बिस्तार, गगनचुम्वी भवनहरु ,अनियंत्रित आप्रवासी हरुका कारण बिकसित हुन सक्ने संभावित अशोभनीय संरचनाहरु आदि) निर्माण तथा पुनःनिर्माण गरेर बिश्व सम्पदाको सुचिबाट उपत्यकालाई बिस्थापित गर्नु कुनै पनि दृष्टिकोणले जायज होइन ।
बरु लिच्छविकालिन मल्लकालिन मोदेलमा आजको Degital संसारसित मेल खाने गरि पुरानै मोदेलमा उपत्यकालाई बिकसित गर्नु जरुरी छ । पुरानै शैलीका संरचनाहरु थपाथप गरि बिश्व कै छुट्टै किसिमको नमुनाको पर्यटकीय स्थल बनाउन जरुरी छ । बिदेशी मुद्रा आर्जन गरि नेपाललाई समृद्ध बनाउनु छ । धन्यवाद ।
थप –
Slender Structure मतलब height to width ratio बेसि भएका संरचनाहरु भुकम्पिय दृष्टिकोणले एकदम डरलाग्दो हुनेछन् ।
धरहरा जस्ता संरचना त्यो पनि हाराहारी १०० बर्ष life को Concrete को धरहरा बनाई अनियन्त्रित आप्रवासी निम्त्याउनु कुनै पनि दृष्टिकोणले जायज होइन ।
सकभर बेसि खुल्ला ठाउँहरु छोडी Ground Water Recharge गरि भबिष्यमा धस्सिन सक्ने उपत्यकालाई बचाउनु पर्छ ।
उपत्यकाका संरचनाहरुसित नसुहाँउदो धरहरा निर्माण गर्न उपत्यकामा लगानी गर्ने होइन , उपत्यकाका ऐतिहासिक पुरातात्त्विक सम्पदा , बिश्वले बिश्व सम्पदा कहलाउन सफल संरचनाहरु जोगाउन गर्ने हो । उपत्यकाका संरचना जस्तो पैगोदा शैलि तथा स्तुपा शैलिलाई अबमुल्यन गर्ने धरहरा जस्ता संरचनामा लगानी गर्नु भनेको बिश्वको मानचित्रबाट नेपाललाई बिश्व सम्पदाको सुचिबाट हटाउने तिर लाग्ने हो । commission तन्त्रलाई बधावा दिने हो । भ्रष्टहरुलाई पोसाउनु हो ।
Author Profile
Latest entries
अनुसन्धान2019.02.18स्वस्थानी बाखं व बुंगद्यः
TOP STORIES2019.02.17जाकारेकङ्गा : ब्राजिलया बाखं
धर्म2019.02.13मेगु बौद्ध नेपालभाषा संकिपा कर्म’या शुभसाइत
तजिलजि2019.02.13मखं बहालय् प्रवज्या सम्वर ज्याझ्वः