महिलाहरुको नाक छेड्ने परम्परा किन र कहिलेदेखि ?

 

चित्त नेवाः

हुनत संसार बिभिन्न संप्रदाय मान्ने मानिसहरुको बसोबास गरिरहेको ठाउँ हो ।धर्म संस्कृति अनुसार आफ्ना सस्कारहरु फरक फरक तरीकाले मान्ने गरिन्छ।त्यस्तै भारत र नेपालमा महिलाहरुलाई नाक छेड्ने चलन चल्दै आइरहेका छन् । याे चलन हिन्दु धर्मालम्बिहरुले आफ्नो मौलिक संस्कृति भनेतापनि यो पुरुष सत्तात्मक अहंकारको एक अंशको रुपमा लिन सकिन्छ । नाक छेड्नु पर्ने समुदायका साथीहरु संग सोधपुछ गर्न पट्टी लागें।कोही पनि यस बिषयमा कुरा गर्न नमान्ने र मन नगर्ने रहेछ ।

 

नेवार महिलाहरुले भने कहिल्यै नाक छेड्दैनन् । पहिला तामांग साथीहरुसंग सोधें उनीहरुले आफ्ना समुदा़यमा नाकछेड्नु पर्नाका कारण बारे थाहा नभएको कुरा सुनाए ।तर गहिरिएर तामांगहरुको बारे अध्ययन गर्दा दुई प्रकारका भेतिए एक प्रकारकाले राख्नु पर्छ भन्ने जो खस ब्राम्हण समुदाय नजिक बसोबास गर्ने तामांग ,अर्को खाले तामांग राख्ने चलन छैन भन्ने जो माथि शेर्पाहरुसंग नजिक बस्ने ।निश्कर्षमा यो चलन उनीहरुको मौलिक संस्कृतिसंस्कार नरहेको भन्ने प्रष्ट भयो ।यसरी नै राई लिम्बुहरुसंगको सोधपुछमा पनि कुनै ठोस कारण नभएको पुर्खाले चलाएको चलनलाई निरंतरता मात्र दिएको भन्ने कुरा थाहा पाईयो ।मगरहरुसंगको कुराकानीमा आफुहरु हिन्दु भएकोले हिन्दु पंडित बाजेहरुको निर्देशन अनुसार पुर्खा देखि चल्दै आएको चलन भनियो ।यसबाट के थाहा पाइयो भने आदिवासी जनजातिहरुको नाक छेड्ने प्रथा आफनो मौलिक संस्कार नभएको कुनै पक्षबाट लाडिएको पछि संस्कार जस्तै बन्दै गएको भनी बुझियो । अनि तत्कालिन समयमा प्रकासित वैदिक कर्मकाण्ड संस्कार कर्म बारे लेखिएका पुस्तकहरु खोजेर पढ्ने तर्फ लागें ।त्यस ताका पाएका कुनै पनि पुस्तकमा महिलाहरुलाई नाक छेड्ने परंपरा बारे लेखिएको रहेनछ ।बरु प्रथम रजस्वलामा महिलालाई गरिने कर्म बारे मात्र लेखिएको भेटाएँ।प्रथम रजस्वलामा महिलालाई गोठमा राख्ने वा अलग्गै एउटा घरमा राख्नु पर्ने कुरा लेखेको भेट्टाएँ ।कुनै निश्कर्ष ननिस्किसकेपछि मेरो मेरो खोज बिचमै निश्कर्ष बिहिन भयो ।

 

मेरो श्रीमतीकी एक मिल्ने साथी ब्राम्हणनी भएकीले फेरी मैले खोज सुरु गरें ।त्यसबारे सोध्न लगाएँ ।ब्राम्हणनी साथीबाट नाक नछेडे समाजमा पानी नचल्ने कुरा बताइन ।अर्को नयाँ कुरा रजस्वला भैसके पछि महिलाहरु अचोखाे मान्ने वा हुने ,चोख्याउन सुन पानी छर्कनु पर्ने बाध्यता भएको र गहना बनाउन पर्याप्त सुन सबैसंग नहुने सुनको सानो अंश नाकमा लगाईदियो भने परिवारका सबै महिला सदस्यहरुलाई सुन उपलब्ध गराउन सक्ने भएको नाक छेडेको हुन सक्ने कुरा ब्राम्हणनी साथीको परिवारबाट थाहा पाइयो ।साथै यो चलन बैदिककाल देखि चल्दै आएको कुरा सम्म भन्न भ्याए ।त्यसपछि पंडित ब्राम्हणहरु संग सोधपुछ गर्दा सबैले बैदिककाल देखि चल्दै आइरहेको र महिलाले नाक नछेडेमा पानी नचल्ने ,धार्मिक कार्यमा संलग्न हुन नपाउने कुरा सुनाइन ।

किनकी मनुस्मृतिमा महिला र सुद्रहरुलाई पसुसरह मानेका छन् र पसुवत ब्यवहार गरिनु भनी उल्लेख भएको पाईन्छ।

 

बैदिककाल भनेकोले धार्मिक ग्रण्थ अध्ययन गर्नु पर्ने भयो ।साथीको सहयोग लिएर अध्ययन गर्न थालेँ ।तर कुनै पनि ग्रण्थमा महिलाको नाक छेड्नु पर्ने बारे कुनै स्थानमा लेखेको छैन ।हिन्दु ग्रण्थहरुमा ठाउँ ठाउँमा महिला र तल्लो जाति माथि बिभेद कुराहरु त छन् सबभन्दा कडा रुपमा मनुस्मृतिमा महिला र सुद्रलाई पसुसंग दाँजेको पाईन्छ। आयुर्बेदमा नाकको दाँया बाँयाको भागमा यौन सम्वन्धि ग्रण्थी भएको त्यस ठाउँमा दबाव दिएमा यौन ईच्छा जागृत हुने र साथै प्रसव वेदना पनि सहन सक्ने कुरा internet मा राखिएको लेखहरुबाट थाहा पाएँ ।त्यसै कारण महिलाको नाक छेडेको हुन सक्छ भन्ने कुरा थाहापाएँ ।जुन कुरा बिज्ञान सम्मत मानेको छैन र बिज्ञान बैज्ञानिक छैन भन्ने कुरा पछि अध्ययनको सिलसिलामा थाहा पाएँ । अध्ययनको क्रममा नेपालको खस ब्राम्हणनी महिला भन्दा बढी पश्चिमेलीहरुको यौन इच्छा तिब्र रहेको थाहा पाएँ ।त्यस्तै प्रसव वेदनाको सवालमा पनि काठ्माडौं र पाटनको अस्पतालमा अध्ययन गर्दा पहिला त डाक्टर र नर्सहरुले भन्न चाहेन सबैलाई उस्तै पिडा हुन्छ पिडालाई नाप्ने मेसिन नभएको कुरा सुनाएर फर्काए ।पछि आफ्नै चिनजानका एक जना नर्स र एकजना डाक्टरलाई गोप्य रुपमा गर्न लगाएँ। उनीहरुले संकलन गरेको तथ्यांक अनुसार प्रसववेदना सहेर बस्न सक्नेमा नेवार महिला पहिलो स्थानमा भने सबभन्दा सहन नसक्ने महिलामा ब्राम्हणनी परेबाट नाक छेड्दैमा प्रसववेदना सहन सक्छन भन्ने कुरा गलत साबित हुन जान्छ ।खोजी कार्य यहाँ सम्म पुगिसक्दा पनि किन र कहिले देखि भन्ने कुराको तथ्य ननिस्किएकोले खोजलाई यहिं बिसर्जन गरें ।

 

केहि बर्ष पहिले बौद्ध शिक्षा अध्ययन गर्न गएँ ।त्यहाँ भारतको बौद्ध इतिहाँसका साथै बौद्ध कलाको बारे पनि अध्ययन गर्ने मौका मिल्यो ।मौर्यकाल देखि पालकालसम्म (ई पु ३ सदी देखि ईसाको १२औं १३ौं सदी सम्म )कला र कलाको बिकासक्रम अध्ययन गर्ने र त्यस समयकालका कलाहरु पनि हेर्ने मौका मिल्यो ।त्यसताकाका कलाहरु (चित्रकला र मुर्तिकला)हेरिसकेपछि फेरि गोदाममा थन्किसकेको पुरानो फाइल पल्टाउन मन लाग्यो र पल्टाएँ । बाह्रौं सताब्दी सम्मको कुनै पनि चित्रकला मुर्तिकलामा महिलाहरुको नाक छेडी नत्थी लगाएको चित्रण नगरेबाट त्यस समयकालमा महिलाहरुको नाक छेड्ने चलन थिएन भन्ने बुझिन्छ ।त्यसको पुस्त्याईंकालागि आठौं देखि बाह्रौं सताब्दी सम्ममा भारतमा लेखिएका बिभिन्न प्रतिमा लक्षण सम्वन्धी हिन्दु र बौद्ध ग्रण्थहरुको मार्ग निर्देशन वा आधारमा कोरिएका चित्रहरु नेपालका पौभाहरुमा देवीहरुको नाकमा नत्थी नकोरीएबाट महिलालाई नाक छेड्ने चलन थिएन भन्ने कुरा थाहा पाइन्छ ।अर्को तथ्य देखाउनु पर्दा १२औं सताब्दीमा नेपालका राजा जयस्थिति मल्लले मानव न्याय शास्त्र लेख्न भारतबाट पाँचजना ब्राम्हणहरु मगाएको र नेपाल आउन जात बिभाजनको शर्त राख्नु भएको उनीहरुले नै नेपालमा एउटै जाति मात्र भएको देशमा जातिय बिभाजन गरी उच्च जात र नीच जात बनाएको ।तर उनीहरुले कुनै पनि महिलाको नाक छेड्ने बारे कुनै प्रकारले उल्लेख नगरेबाट यस समयकालमा महिलालाई नाक छेड्ने प्रथा चलेको थिएन र यो हिन्दु संस्कार पनि हैन भन्ने बुझिन्छ।तर बाह्रौं सताब्दी सम्मको कलामा कुनै कुनै ठाउँमा गाईबस्तु लेखेकोमा घर पालुवा जनावरहरुलाई नत्थी राखेको चित्रण गरेको पाईन्छ ।

कहिले देखि यो प्रथा शुरु भयो ?भन्ने प्रश्न उठ्न सक्छ ।त्यसको लागि बाह्रौं सताब्दी पछिको घटनाको अध्ययन गर्नु पर्ने हुन्छ ।१३औं सताब्दीको अन्त तिर भारतमा तर्किस मुसलमान बख्तियार अल खिल्जीको आक्रमणबाट भारतमा बौद्ध र हिन्दुहरु पराजित हुन पुग्यो ।बौद्ध धर्मको समुल नस्त भयो अधिकांस हिन्दु मठमंन्दिरहरु पनि नस्त गरियो ।पराजित जनताहरुलाई पसुवत ब्यवहार गरियो ।बौद्धहरुलाई देख्यो कि मार्न थाल्यो हिन्दुहरुलाई उच्च कर लगाईयो।कयौं बौद्धहरु ग्रण्थ बोकि नेपाल प्रवेश गरे ।बाँकि बौद्ध धर्मालम्बिहरुले मुस्लिम भएर गए ।बौद्ध मंन्दिरहरु कुनै हिन्दु मंन्दिर र कुनै मस्जिदमा परिणत भए ।त्यस समय पराजित जनताहरुलाई पसुवत ब्यवहार संगै निर्मम दमन गरी मुस्लिम शासकले नत्थी लगाईदिएको हुन सक्ने अनुमान गर्न सकिन्छ।युद्धमा पराजित राष्ट्रका नागरिकहरुलाई जितेका शासक र त्यस राष्ट्रका नागरिकहरुले दास बनाउने चलन परापुर्व काल देखि चल्दै आएका चलन हो । दासहरुको बारेमा लेखिएको पुस्तकमा दासहरुलाई नत्थी लगाई बेचबिखन गर्न बजार लगिने कुरा लेखिएको छ।

आयुर्बेदमा नाकको दाँया बाँयाको भागमा यौन सम्वन्धि ग्रण्थी भएको त्यस ठाउँमा दबाव दिएमा यौन ईच्छा जागृत हुने र साथै प्रसव वेदना पनि सहन सक्ने कुरा internet मा राखिएको लेखहरुबाट थाहा पाएँ ।

 

१५औं सताब्दीको भनिएको एउटा मुगल सैलीको राधाकृष्णको चित्रमा राधालाई नत्थी लगाएकी देखाईएको छ ।त्यहि समय ताकाका मुगल बेगमहरुको चित्रमा भने बेगमको नाकमा नत्थी नरहेको तर मुगलसैली कै अर्को यौन सम्बन्धी erotic कलाहरुमा महिलाहरुलाई (सायद यौन दासी) नत्थी लगाएको देखाइएको छ। बाह्रौ सताव्दी पुर्वको हिन्दु बौद्ध कुनै पनि कलामा नाक छेडेका महिलाहरुको कला नभेट्नु मुस्लिम आक्रमण पछि कलामा हिन्दु देवीहरु र महिलाहरुलाई नत्थी प्रयोग हुनु (मुस्लिम आक्रमण पछि बौद्धहरु र उनीहरुको कलाको समुल नस्त भएको अवस्था) ।त्यसको मतलब तत्कालिन समयमा हिन्दु महिलाहरुलाई नाक छेड्ने चलन चलिसकेको कुरा थाहा पाईन्छ।अर्को उदाहरण दिनु पर्दा नेपालको मल्लकालमा दिल्लीका सम्रात गयासुद्दिन तुगलुक (समसुद्दिन)को आक्रमणबाट पराजित नेपालबासीलाई पसुवत ब्यवहार गरी नत्थी लगाएको ,यस्तो अपमान सहन नसकि बिद्रोह गरी ती मुस्लिम राजालाई हात्तीले कुल्चाएर मारेको कुरा काठ्माडौंमा जनश्रुतिको रुपमा भन्ने गरिन्छ ।त्यसपछि देखि नेपालमंडलमा नाक छेड्ने प्रथाको कानुनी रुपमै बन्देज लगाएको भनिन्छ र गम्भीर अपराध गर्ने हरुलाई नत्थी लगाई देश घुमाउने गरिन्थ्यो भन्ने चलन छ ।त्यस्तै पृथ्वीनारायण शाहको आक्रमणबाट पराजित उपत्यकाका जनताको नाक काटेको ईतिहाँस छ र अन्य पराजित राज्यका जनताहरुको पनि नाक काटेको भनी स्थानीय बासीहरुमा जनश्रुति चल्दै आइरहेका छन् ।तर केहि सत्ता पक्षधर ईतिहाँसकारहरु नाक काटेको भनी अतिरंजित प्रचार गरेको बास्तवमा नाक काटेको नभै नाक छेडेको हुनु पर्छ भन्ने उहाँहरुको तर्क रहेको छ।यसको अर्थ नेपालको पहाडी भेगमा पृथ्वीनारायण शाहको पाला देखि मात्र नाक छेड्ने चलन थालिएको अनुमान गर्न सकिन्छ । युद्ध नगरिकनै नेपालको सिमा भित्र परेका ठाउँका बासिन्दामा पनि नाक छेड्नु पर्दैन जस्तो मुस्तांग जुन ठाउंमा गोरखाली सेना लड्न जानै परेको थिएन तलको जित्दा खेरी यो भुभाग पनि स्वत नेपाल भित्र पर्न गएको थियो ।यसले के बुझाउँछ भने युद्ध पराजित जो कोहीलाई पनि नाकैमा प्रहार गरी पसुवत ब्यवहार गरिने रहेछ ,दास दासी बनाउने रहेछ भन्ने थाहा पाउन सकिन्छ ।

 

नाक छेड्नु हिन्दुहरुको संस्कार कसरी बन्यो ?
भारतमा मुस्लिम आक्रमण पछि त्यहाँका पराजित जनताहरुलाई पसुवत ब्यवहार गरी दासदासी बनाइयो ।साथै सबैलाई नाक छेडी नत्थी लगाइदिएको हुनसक्ने अनुमान गर्न सक्छ।तत्कालिन समयका चतुर ब्राम्हणहरुले यसलाई मनुस्मृति ग्रण्थको आधार लिएर साँप पनि मर्ने लाठी पनि नतुत्ने तरकिव निकाली महिला र सुद्रहरुले मात्र नत्थी लगाउनु पर्ने नियम बनाइएको हुनसक्छ ।किनकी मनुस्मृतिमा महिला र सुद्रहरुलाई पसुसरह मानेका छन् र पसुवत ब्यवहार गरिनु भनी उल्लेख भएको पाईन्छ।आज पनि हामीहरुले भारतको ग्रामिण भेगका दलित(हिन्दु शव्दकोषको भाषामा शुद्र) पुरुषहरु को नाक छेडेको देख्न सक्छौं ।यसरी यो प्रथा हिन्दु धर्मको संस्कारमा परिणत भएर गएको भनेर भन्नसकिन्छ।

निश्कर्ष
नाक छेड्ने संस्कार वैदिककालको हिन्दु धर्मसंग सम्बन्धित नरहेको र वैदिककाल देखिको चलन पनि नरहेको भन्ने कुरा बुझ्न सकिन्छ ।यो नत्थीको सुरुवाटमा घरपालुवा पसुहरुलाई तह लगाउन प्रयोग गरेको पछि युद्ध पराजित जनताहरुलाई पसुवत ब्यवहार गरी दासदासी बनाउन प्रयोग गरीयो ।यसलाई नै मौकामा चौका हान्दै तात्कालिन समयका ब्राम्हणहरुले आफ्ना निति शास्त्र मनुस्मृतिले बताए अनुसार आफु भन्दा नीच जातिमा प्रयोग गरीयो जसमा महिला पनि पर्न गयो ।पहिला पहिला धार्मिक पाखण्डको डर थियो त्यसैले यस संस्कारको बिरोध गर्न सकेन ।अहिले यो फेसनको रुप लिंदैछ गहनाको मोहले महिलालाई अन्धा पनि बनाई दिएको छ ।फेसन स्वईच्छाले हुन्छ तर करकाप र संस्कार भनी लाड्न खोज्यो वा जिद्दि गर्यो भने यसको ईतिहाँस जन्न र बुझ्न जरुरी हुन्छ ।नत्थी नेपालका पहाडी आदिवासीमा लाडेको दुई तीससय बर्ष जति मात्रै भएको अनुमान गर्न सकिन्छ ।यो नेपालका आदिवासी जनजाति चाहे ती खस हुन या तामांग राई लिम्बु तिनीहरुको मौलिक संस्कृति संस्कार हैन।किनभने उनीहरुको समाजमा यो प्रथा कहिले देखि चल्यो किन चल्यो यसबारे दर्शन केहो भन्ने कुरा उनीहरुसंग छैन।यो मात्र ब्राम्हणहरुले पाँच छ सय बर्ष पुर्व भारतमा बनाईएको उनीहरु कै मौलिक संस्कार हो ।धन्यबाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.