प्लाष्टिकको विकल्प प्लाष्टिक

११३८ तछलागाः तृतिया

  • उत्तम मानन्धर

प्लाष्टिक एउटा यस्तो आविस्कार हो जुन आजको मानव समाजको लागि बरदान साबित भएको छ । प्लाष्टिकलाई मानव जीवनबाट बिस्थापित गर्न मुश्किल छ तर प्लाष्टिकका उत्पादनहरुको सहि तरिकाले प्रयोग नहँुदा र उचित व्यवस्थापन नहँुदा यो बरदान हाम्रो लागि बाध्यताबस अभिसाप भैरहेको अवस्था छ ।

प्लाष्टिक जथाभावी नफाल्नु, नफाल्ने वातावरण बनाउन र पुनःउपयोग गर्नु नै प्लाष्टिकको उत्तम व्यवस्थापन र प्रयोगको उपाय हो । प्लाष्टिकको उचित व्यवस्थापन भएमा यसको नकारात्मक प्रभावलाई शुन्य बनाउन सकिन्छ ।

किपा गुगल

व्यवस्थापन कसरी गर्ने ?

हालसम्म स्थापना भएका प्लाष्टिक उत्पादकहरुले उत्पादन मात्र गरेका छन् र उपभोक्ताहरुले केवल उपभोग गरेका छन् र यही शिलसिला हालसम्म चलिआएको छ । तर यिनीहरुबाट व्यवस्थापनको विषयमा आफ्नो जिम्मेवारीको कुनै पहल भएको छैन । जबसम्म उत्पादक, उपभोक्ता र सरकार यसको व्यवस्थापनमा जिम्मेवार हुदैन तबसम्म एक्लो प्रयासमा असम्भव छ । यस कारण यी सबैलाई जिम्मेवार बनाउन सरकारी तवरबाट बाध्यकारी नियम ल्याउनु आवश्यक छ ।

प्लाष्टिकलााई पुनःउपयोग गर्न सकिन्छ । यस कारण प्लाष्टिकको प्रयोग पश्चात प्रयोग भई सकेको प्लाष्टिकलाई प्लाष्टिकका अन्य बस्तु जस्तैः मेच, टेबल, कुर्सि, खेलौना, पाइप जस्ता सामानहरु बनाउने उत्पादकसम्म कच्चा पदार्थको रुपमा उचित तरिकाले पुरयाउन सके यसको व्यवस्थापन गर्न सकिन्छ । यसको लागि प्लाष्टिकका कुनै पनि वस्तु या उत्पादनको बिक्री मुल्यमा थप मूल्य जोडेर बिक्री वितरण गरी व्यवस्थापन गर्न सकिन्छ ।

यस उपायलाई यहाँ एउटा उदाहरण प्लाष्टिकको झोलालाई लिएर स्पष्ट पारौं ।
१. प्लाष्टिकको झोला उत्पादनमा सरकारले एउटा निश्चित मापदण्ड (डिजाइन, रंग, तौल) निर्धारण गरी उत्पादनको अनुमति दिने ।
२.सो उत्पादनको मुल्य रु. ५ हो भने अब यो तरिका लागु गर्न अर्को रु. १ थप गरी बजारमुल्य रु. ६ कायम गर्ने ।
३. उपभोक्ताले उक्त झोला प्रयोग गरी सकेपछि आफुले चाहेको अवस्थामा बिक्रेता या उत्पादक या तोकेको निकाय या आफूले सामान खरीद गर्दा प्लाष्टिकको झोला दिने खुद्रा बिक्रेतालाई पुनः बिक्री गर्ने जसलाई उत्पादकले कच्चा पदार्थको रुपमा प्रयोग गर्न सक्नेछ । सो बापत उपभोक्तालाई उत्पादकले ५० पैसा फिर्ता दिने ।
४. बाँकी रहेको ५० पैसा सरकारलाई उत्पादकले बुझाउने । यो ५० पैसालाई उत्पादकले बस्तु उत्पादन गर्न सरकारले दिएको अनुमति संख्या अनुसार सरकारलाई अग्रिम बुझाउनु पर्ने जसलाई सरकारले आवश्यकतानुसार वातावरण सफाइ कार्यमा प्रयोग गर्ने ।

यसरी यो तरिकालाई कार्यान्वयन गर्ने र प्रयोग गर्ने हो भने एउटा उत्पादकले जुन तरीकाको माध्यमले उपभोक्ता सामु पु¥याउने काम गर्छ ठिक त्यसको उल्टो तरिका र माध्यमले प्रयोग भए पश्चातका प्लाष्टिक उत्पादक समक्ष पु¥याउन सकिन्छ । जसलाई उत्पादकले कच्चा पदार्थको रुपमा प्रयोग गर्न सक्छ । यो तरिका लागु गर्न सके प्लाष्टिकको समस्या समाधान हुन्छ । यो तरिका वा नियमलाई प्लाष्टिकका कुनै पनि उत्पादनमा लागू गरी वातावरण जोगाउन सकिन्छ ।

यसका फाईदाहरु
१. प्लास्टिकका सामानहरुमा मूल्य थप भएको हुँदा उपभोक्ताहरुले अव्यवस्थित रुपमा प्लाष्टिकका वस्तुहरु बाटोभरी कसैले फाल्ने छैन र वातावरण सफा हुन्छ ।
२. प्लाष्टिकसँग सम्बन्धित कुनै पनि उद्योग बन्द गर्नु पर्ने हुँदैन ।
३. उत्पादकले आफ्नो कच्चा पदार्थ सजिलै पाउने एउटा माध्यमको बिकास हुन्छ ।
४. आवश्यकता अनुसार मात्र प्लाष्टिकका वस्तु उत्पादन हुने र आवश्यकतानुसार अनुशासित रुपमा उपभोग हुने ।
५. सरकारको राजश्वमा बृद्धि हुन्छ ।

प्लाष्टिक नियन्त्रण गर्न अरु गर्नु पर्ने कार्यहरु
१. नेपालमा हाल नियमपूर्वक दर्ता भएर प्लाष्टिक तथा प्लाष्टिक जन्य वस्तु उत्पादन गरीरहेका उत्पादक कम्पनीहरुलाई तत्काल यो नियमको परिधीमा ल्याउने ।
२. नेपालमा दर्ता भै विदेशबाट प्लाष्टिक या प्लाष्टिक सहित तथा प्लाष्टिकजन्य विदेशी उत्पादन आयात गर्ने कम्पनीहरुले आफ्नो कम्पनीले आयात गरेको प्लाष्टिकको व्यवस्थापन आफैले गर्न नेपालमा रहेका प्लाष्टिक उत्पादक कम्पनी सँग आपसी समन्वय र सम्झौता गर्ने र माथिको तरिकालाई अवलम्बल गरी पुनः प्रयोगमा ल्याउन सक्ने ।
३. यो नियम लागू हुनु पुर्व फालिएका प्लाष्टिकको व्यवस्थापन गर्न सरकार, गैरसरकारी संस्था तथा उत्पादक व्यवसायीहरु निरन्तर प्रयासमा छन् यसलाई सम्पुर्ण समाज तथा जनताले सहयोग गर्नु पर्दछ ।

 

यो लेख पहिलो राजधानी दैनिकमा पनि प्रकाशित भैसकेको छ । उपयुक्त देखिएको हुँदा लेखककाे अनुमितले पुनः प्रकाशन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.