परम्परागत दाफा गायनको पद्धति र प्रयोगात्मक लौकिक शास्त्रीय पक्ष

रामकृष्ण दुवाल
मानव सभ्यताको विकाससँगै उद्भव भएको संस्कृतिको कुरा जब हामी चलाउछौं, तब लोकचैतन्यको आग्रहमा लोकपद्धतिद्वारा सिर्जित अनगिन्ती लय, ताल र स्तरहरुले तर्ङ्गीत इतिहास र मानवीय जीवनयापनको दर्पण प्रतिविम्वित हुन आउँदछ । नेपालको धार्मिक, सामाजिक, सांस्कृतिक, कलात्मक सम्पदाको प्रसङ्ग उठाउने हो भने परम्परागत शास्त्रीय सङ्गीत भित्रका बाद्यवादन, नृत्य, निर्माण तथा सीप कलालाई समेट्नु पर्ने हुन्छ  । जुन परम्परागत रुपमा हस्तान्तरण हँुदै आएका छन्, यी मध्ये सांस्कृतिक पहिचान बोकेको परम्परागत दाफा गायन पद्धति नेवाः संस्कृतिको मूर्त रुप हो । तत्कालिन लिच्छविकालमा दाफा गायनको शास्त्रीय सङ्गीत प्रादुर्भाव भई मल्लकालमा यसले व्यापकता पाएको कुरा विश्वास गरिन्छ । यस्तै म्च। Dr. Gert Matthiar werger / Dr. Richard Widdess को अनुसन्धानमा नेवार संस्कृतिको १७ औं शताब्धि  देखि दाफा सुरु भएको कुरा उल्लेख भएको हामी पाउँछौं ।
नेपाल भाषाको सङ्गीत गायनको लिखित प्रमाणिक कालखण्ड ने.सं. ६९० देखि  ने.सं. ६९४ मा सुरु भएको देखिन्छ । त्यस समयको शासक महीन्द्र मल्ल आदिकविको नामले प्रख्यात भएका कारण उक्त सङ्गीत पद्धतिमा महीन्द्र मल्लको योगदान हुनसक्ने पनि देखिन्छ ।
गीत गायनको पद्धति एकैचोटी आएको नभएर देशको परिस्थिति र आवश्यकताको आधारमा परम्परागत श्रृष्टि हँुदै र स्थापित हुँदै साङ्गीतिक ढुकढुकी परम्परागत रुपमा हस्तान्तरण हुने क्रममा विविध पक्षहरुमा विभाजित हुन गएको देखिन्छ । यसैको उपजका रुपमा रसात्मक अभिव्यक्ति स्वरुप राग, ताल र नर्तनको विकास भएको देखिन्छ । पछि कालान्तरमा ग्वारा, लोक भजन, राग इत्यादिमा विभाजित भएको पाइन्छ । नेवार सङ्गीतमा यी सबै विविध विधाहरुको समग्र स्वरुपलाई नामाकरण गरी दाफा भन्न थालिएको पाइन्छ ।
दाफाका गीत, सङ्गीत र बोलहरु परम्परागत शास्त्रीय रागहरुमा आधारित भएका छन् । दाफा भजन समुहमा गाइन्छ, जसलाई दाफा खलः नामले पनि चिनिन्छ । जुन परम्परागत समुदाय, गुठी आदिमा आश्रित रहेका हुन्छन् । दाफा भजनका गीतहरु समय, परिस्थिति, ऋतु, जात्रा, पर्वका आधारमा भिन्दा–भिन्दै रहेको हामी पाउँछौ । दाफा गायनमा धेरै कुराहरु समेटिएका देखिन्छन् । समय, परिस्थिति र तत्कालीन समाजका विद्यमान कुराहरुलाई राम्रोसँग ध्यान दिएको पाइन्छ । जात्रा चाड मात्र नभएर दैनिक जीवन अनि ऋतु, महिना र तिथिमितिहरुको पनि राम्रो ख्याल गरेको देखिन्छ । त्यसवेलाका मानिसहरुको मूल पेशा भनेकै कृषि पेशा थियो । आवश्यकता भन्दा बढी उत्पादन हुने भएकाले खाद्यात्रमा सम्पन्न थिए । यसका साथसाथै भारत र तिब्बतको व्यापारको केन्द्रविन्दु काठमाडौं (कान्तिपुर) तत्कालिन “नेपाल मण्डल” भएकोले आर्थिक रुपले पनि सम्पत्र थियो । त्यसकारण त्यस समयमा मनोरञ्जन र समय सुचकको आधार मानेर गीत, सङ्गीत र अन्य कला कौशलतामा प्रचुर मात्रामा विकास भएको पाइन्छ । तत्कालिन राज्य संचालन कार्यमा पनि दाफा सङ्गीत प्रयोग भएको पाइन्छ । मानवीय संस्कार, सामाजिक व्यवहार  र अन्य गतिविधिहरुले राज्य संचालनमा सहज हुने भएकाले तत्कालिन रचनाहरुमा देश वर्णन, राज्यको वर्णन, धार्मिक वर्णन र वैदिक वर्णन भएको पाइन्छ जुन सुमधुर शास्त्रीय सङ्गीतबाट सुसज्जित छन् । यसको ज्वलन्त उदाहरण भनेकै दाफाका शास्त्रीय  राग, ताल र नृत्यहरु हुन् । यस बाहेक कलात्मक प्राचीन नाटकहरु पनि यस अन्तर्गत पर्न आउँछ । जसमा ‘रत्नेश्वर प्रादुर्भाव’लाई उदाहरणको रुपमा लिन सकिन्छ ।
विशेष गरी दाफा भजन विविध  रागहरु सहित सूरतालहरु खिं बाजा, बबुचा (झ्याली), ताः (ताल बाजा) का भरमा गाउने गरिन्छ । यसमा परम्परा र ऋतु अनुसार बासुरी, पोङ्गाचा, डमरु जस्ता लोक बाजाहरु पनि बजाउने चलन छ ।
दाफा भजनमा बजाइने बाजा ताल बाजा अन्तर्गत परेतापनि खिं बाजाको बोल  भने रागको सूर (Melody)अनुसार बोलमा पनि उतारचढाव भएको हुन्छ । त्यसैले खिं बाजाको बोल अरु बाजाहरुमा भन्दा अद्वितिय तथा मौलिक (Unique) बनेको छ । ताः बाजाले ताल दिने काम गरेको हुन्छ भने बबुचाले इफेक्ट दिने काम गरेको हुन्छ ।
विशेष त दाफा भजनमा ३५ वटा रागहरु प्रचलनमा छन् । कति रागहरु लोप भएर गइसकेका छन् । जानकारीमा आए अनुसार किपुल्चाको किसिपिढि दाफा खलः मा ८४ वटा रागहरु संरक्षित छन् । दाफा भजनमा प्रचलित रागहरु यस प्रकार छन् ।

1    मालः
2    कःसी
3    गौरी
4    आसावरी
5    रामकली
6    विभास
7    नत     जयश्री
8    विजय
9    सारंग
10    कोला
11    भुपारी
12    श्याम
13    सोरथ
14    धनाश्री
15    मालुवा
16    केदार
17    बल्लारी
18    कान्ध्रा
19    मल्लार

20   मेघमल्लार
21    जयजयवन्ति
22    वंगलि
23    भगत
24    मालश्री
25    मंगल
26    विजयमालश्री
27    भथ्यारी
28    संक्राम
29    इमन
30    पर्स
31    बसन्त
32    पंचम
33    आसावरी
34    बाह्रमास

माथि उल्लेखित रागहरु र दाफा भजनहरु हरेक ऋतु, चाडपर्व, पूजा अनुसार गाउँदै आएका छन् । दाफा भजन यति परिस्कृत छन् कि तहगत रुपमा कुन पलमा, कुन समयमा के गाउने भन्ने कुरा नियमबद्ध रुपमा सजिएको छ । जसले हरेक पल, समय, दिन, ऋतु, कार्य र संदेशको बोध गरिरहेको हुन्छ । जस मध्ये ऋतु अनुसार गाइने केही दाफा गायनहरु यस प्रकार छन् ।
ऋतु    केही प्रमूख चाडपर्व    राग÷ गित
गृष्म     सिथी नखः देखि गथामुगः चह्रे सम्म     धातु, पुवारे, सिनाज्या
वर्षा     गथामुगः चह्रे देखि ञला पु्न्ही सम्म     तकज्या, जि वया ला लछि मदुनी
सरद         सिलु
हेमन्त     दशैं (मोहनी)     मालश्री, वनको वनण
शिशिर     श्रीपञ्चमी    स्वलादुम मचाः
बसन्त     श्रीपंचमी (वसन्त पंचमी) देखि  बुद्ध जयन्ती सम्म     वसन्त, तप्पा, रास, होले
यस बाहेक दिनको प्रत्येक पलमा गाइने रागहरु यस प्रकार छन् ।

राग                   समय 
कोला     मध्य रात (१२ बजे) देखि विहान १ बजे सम्म
नमामी     विहान १ बजे देखि विहान २ बजे सम्म
विहा चुली    विहान २ बजे देखि विहान ३ बजे सम्म
भगत     विहान ३ बजे देखि विहान ५ बजे सम्म
जयश्री     विहान ५ बजे देखि विहान ९ बजे सम्म
मालवा     विहान ९ बजे देखि मध्यान १२ सम्म
विभास     मधान्य १२ बजे देखि दिउँसो १ बजे सम्म
असतरी     दिउँसो १ बजे देखि दिउँसो २ बजे सम्म
देश     दिउँसो ३ बजे देखि साँझ ४ बजे सम्म
केदार     साँझ ६ बजे देखि साँझ ७ बजेसम्म
विजय     साँझ ७ बजे देखि बेलुकी १० बजे सम्म
विभास     बेलुकी १० बजे देखि राति ११ बजे सम्म
नत     राति ११ बजे देखि मध्य रात १२ बजे सम्म
दाफा पद्दती अनुसार बाद्यवादन बजाउँदा यसरी क्रमहा तहगत रुपमा बजाउने गरिन्छ ।
ज्ञ।    द्यो ल्हाय्
द्द।    छुमा
घ।    भात्वा
द्ध।    लज
छ।    चाली
ट।    गौ
ठ।    धोचा
ड।    आरती
ढ।    द्या ल्हाय्
दाफा गायन् प्राय निम्न तालहरु प्रचलित छन्
1    चो ताल
2   जति ताल
3    एक ताल
4    प्रताल
5    गह ताल
6    ब्रम्ह ताल
7    पन्चमा ताल
8  क्षेमा ताल
9    तिमा ताल
10    अष्तमा ताल
11    सष्तमा ताल
दाफा भजनको शास्त्रीय गायनमा ग्वारा गायनको पनि आफ्नै महत्व छ । विभिन्न राग र तालहरुलाई सम्मिश्रण गरी गाइने दाफा भजनलाई ग्वाराको रुपमा चिनिन्छ । ग्वारा पनि धेरै किसिमका छन् ती मध्ये कीर्तिपुर पाङ्गाका दाफा खलःहरुमा साप्ताहिक रुपमा हरेक दिन गाइने ग्वारा यस प्रकार छन् ।
दिन                    ग्वारा
आइतवार                नासः ग्वारा
सोमबार                कैलाश ग्वारा
मंगलबार                गणेश ग्वारा
बुधबार                    भगवान ग्वारा
विहिवार                    मक्षेन्द्र ग्वारा
शुक्रबार                    असम्भव ग्वारा
सनिवार                    पृथ्वि ग्वारा
आजको यस गोष्ठीमा अहिले बसन्त ऋतुमा गाइने दाफा गायनलाई प्रयोगात्मक तरिकाले दाफा पुचः कलाहरुले प्रस्तुत गरिदैछन् । यी गीतहरु प्राचीन कालदेखि नेपाल मण्डलका नेवार समुदायले बसन्त ऋतुलाई स्वागत गर्न गाउँदै आइरहेको ऐतिहाँसिक दाफा गायन हो । यो दाफा गायन मार्फत नयाँ ऋतुहरु सुरु भएपछि नयाँ जोश र नयाँ उमङ्गका साथ श्रीपञ्चमीका दिनदेखि नयाँ जीवन निर्वाह गर्न प्रेरित गरिएको छ ।
प्राचीन कालदेखिनै बसन्त ऋतुको आगमनसँगै नयाँ पालुवाहरु पलाइरहेको अवस्थामा होली पर्व मनाइन्छ । नेपाल मण्डलका विभिन्न स्थानमा रहेका भजन, दाफा, गुठीहरुले बसन्त ऋतुको आगमनलाई स्वागत गर्दै नाचगान गर्ने गरिन्छ ।
तत्कालिन ललितपुरको मल्ल राजा सिद्धिनरसिँह मल्लले आफ्नो शाशनकाल वि.सं. १६९८ मा वर्षकै सबैभन्दा लामो दिन पर्ने ज्याः पुन्हि (जेष्ठ पूर्णिमा) का अवसरमा आफ्ना नागरिकहरुलाई गीत सङ्गीत र नाचगानबाट आनन्द दिलाउने उद्देश्यले ३१ वटा सचित्र राग गीत लेखेको पाइन्छ । जुन परम्परा पाटनको कार्तिक डवलीमा दाफा भजन सहित शास्त्रीय सङ्गीत महोत्सवका रुपमा आजसम्म पनि कायम छ । यसरी हाम्रो चलनको सङ्गीत दिवस ३ सय ७० अघि सुरु भएको दृेखिन्छ । फ्रान्सले वर्षकै लामो दिनको अवसरमा सन १९८० देखि सुरु गरेको यो दिवसलाई राष्ट्रसंघले पनि मान्यता दिएको छ । तसर्थ शताव्धियौ अघिको नेपाली ‘भर्सन’ को सङ्गीत दिवस भने पाटनका कार्तिक डवलीमा सिमित छ । हामीले जुन २१ (विश्व सङ्गीत दिवस) कै वरपर सङ्गीत दिवस मनाइन थालेको ३ सय ७० वर्ष भयो भनेर संसारलाई बुझाउन बाँकी छ ।
सन्दर्भ सुची
  • नेपाल भाषाया काव्य सिर्जना
  • ह्वाय्चा (वसन्तया २५ राग )
  • सिगफ्रेड  लिन  हार्ड
  • Dr. Gert Matthier  Wegner and Dr. Rechard Widderr
  • Jwajwalapa retech inc.
  • दिखः दाफा खलः
  • गोविन्द महर्जन
  • नर्सिं महर्जन
  •  कान्तिपुर दैनिक

च्वमिया ब्लगपाखे‌ ल्ह्ययागु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.