संसारमै दुःखको कारण अज्ञानता

धर्मगुरु स्ये नाम्खा दोर्जे

जीवनमा सबैभन्दा महत्वपूर्ण र नभइनहुने कुरा भनेको खाना हो । दोस्रो सास फेर्नु र तेस्रो धर्म हो । प्रायःजसो मानिसलाई धर्मको महत्वबारे ज्ञान छैन । मानिसलाई हामीले प्रश्न ग¥यौं भने सबैभन्दा महत्वपूर्ण उसले खाना भन्छ । त्यस्तै, सासविना मानिस बाँच्न असम्भव भएकाले सास महत्वपूर्ण पक्कै भन्छन् । तर मेरो विचारमा खाना र सास फेर्नुभन्दा पनि पहिलो धर्म हो । खाना र सास फेर्नु भनेको नमरुञ्जेल मात्र हो । त्यो भनेको २० वर्ष होला वा ७० वर्षसम्म होला । सय वर्षसम्म बाँचेको मान्छे पाउन गाह्रो छ । मृत्यु भएपछि मान्छेलाई खाना र सास फेर्नुको आवश्यकता पर्दैन ।

मृत्युपश्चात मान्छे सबै कुराबाट समाप्त हुन्छ तर धर्म मानिसको हरेक पल र मृत्युको क्षणमा झन् यसको महत्व हुन्छ । अझ मृत्युपश्चात् धर्मको आवश्यकता बढेर जान्छ । यसले गर्दा मानिसको जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण धर्म हो । साधारणतया धर्मका अर्थ अनेकन हुन्छन् । १० किसिमको अर्थ लागेको पाइन्छ । अहिलेको सन्र्दभमा धर्मको अर्थ प्रकृति सभ्यता भन्ने लाग्छ । हरेक वस्तुको एउटा स्वभाव हुन्छ । जस्तै ः खुर्सानी पिरो हुनु, आगो तातो हुनु, पानीको स्वभाव शीतल, चिसो र भिज्ने हुनु भनेको वस्तुको वास्तविक अवस्था र क्षमता हुन्छ ।

भगवान बुद्धले दिनुभएको उपदेशलाई हामी बुद्धधर्म भनेर चिन्दछौं । बुद्धको उपदेशमा ८४ हजार धर्म उपदेश भएको हामी पाउँछौं ।

वास्तविक सत्यता भनेको सबैको शुन्य हुन्छ । कुनै पनि वस्तुको छुट्टाछुटै आकार, आफ्नो अवस्था तरिका भएको पाइन्छ । एउटा कोणबाट हेर्न हो भने शुन्यतामा धेरै कुरा पाइन्छ । धर्म भन्ने कुरा सबै वस्तुहरुको दुई कोणबाट छुट्टिन्छ ।


भगवान बुद्धले दिनुभएको उपदेशलाई हामी बुद्धधर्म भनेर चिन्दछौं । यो बुद्धको अविस्कार, व्यक्तिगत विचार र सिद्धान्त हो की भन्ने जिज्ञासा उठनु स्वभाविक हो । बुद्ध भगवानले दिनुभएको विचार र सिद्धान्त व्यक्तिगत कदापि हुँदैन होइन । यो विषयमा हामी प्रष्ट हुनुपर्छ । उहाँले वास्तविक सत्यताभन्दा एक प्रतिशत पनि थप्नुभएको छैन, त्यो वास्तविक सत्यता घटाउनु पनि भएको छैन । जस्तो सत्य हो त्यस्तै प्रस्तुत गर्नुभएको छ । यो प्रस्तुत गर्न साधारण पनि छैन । त्यसैले बुद्धको उपदेशमा ८४ हजार धर्म उपदेश भएको हामी पाउँछौं ।

यतिका उपदेशहरु आउनुको कारण चाँहि विशाल वास्तविकतालाई बुझाउनका लागि अति गम्भीर र सुक्ष्म अध्ययनको आवश्यकता छ । अहिले सबै उपदेशहरुको बयान गरेर साध्य छैन । ८४ हजार उपदेशको सार आंशिकरुपमा भन्नुपर्दा यो संसार एउटा कुनै बाहिरी तत्व वा अदृश्य तत्वद्धारा सिर्जित नभइकन मानवीय तत्वबाट भएको हो । सिधा अर्थमा भन्नुपर्दा संसार हाम्रो दिमागबाट सिर्जना भएको हो । हाम्रो दिमाग नै सृष्टिकर्ता हो । यो सिर्जित संसारमा मानिसलाई वास्तविक दुःख छ । राष्ट्रपतिदेखि एउटा गरिब मान्छेलाई आ–आफ्नै दुःख र समस्या छ । मागेर हिँड्ने मान्छेले आज राष्ट्रपतिजस्तै भइदिएको भए कति सुख हुन्थ्यो भन्ने सपना देख्छ । त्यस्तै राष्ट्रपतिको अवस्थामा पुग्दा भौतिक सुखसुविधा भए पनि काम र जिम्मेवारीले गर्दा मागी हिँड्नेको भन्दा पनि दुःख भोगिरहेको हुन्छ । बरु मागी हिँड्नेले खुसीसाथ एक छाक खाना शान्त भई तनावमुक्त आनन्द भई आफ्नो जीवन अगाडि बढाएको हुन्छ । हाम्रो यो संसारको आ–आफ्नो तह, अवस्था र तप्काअनुसारको दुःख नपाएको कोही पनि हँुदैनन् । सबै दुःखमा जेलिरहेका हुन्छन् । त्यो दुःखको श्रोतविना कुनै कुरा उत्पन्न हँुदैन । दुःखको श्रोत हाम्रो कर्म हो । खासमा अकुशल कर्म संसार दुःखको मूल कारण हो । जसबाट यी सबै कुरा उत्पन्न हुन्छन् ।

अकुशल मनस्थितिले तपाईलाई रिस उठ्यो भने तपाईलाई सन्चो हँुदैन । तपाईको आसपासमा रहेका साथी, छरछिमेकी परिवार सबैलाई एक किसिमको असजिलो र नरमाइलोपन हुन्छ । ती व्यक्तिको अकुशल कार्यले सबैको मुस्कान र खुशीयाली सुन्न देख्न पाउँदैनौं । नकारात्मक सोच मनस्थितिबाट कसरी दुःख हुन्छ त्यो एउटा उदाहरण मात्र हो ।

मानिसको रिस, लोभ, डाह, घमण्ड, ईष्र्या आदि यी कुराहरु कुशल कर्म हुँदै होइनन् । मानिसमा नकरात्मक विचार आउनुमा अज्ञानता नै प्रमुख कारण हो । अन्धकार दुईवटा आँखालाई बन्द गर्नुजस्तै हो । वास्तविक सत्यतालाई बुझ्न नसक्नु नै अज्ञानता हो । अज्ञानता भएपछि रिस, लोभ, डाह, घमण्ड आदि उत्पन्न हुन्छ । त्यसको पनि हाँगाविँगा बनेर असीमित रुपमा पैmलिएर जान्छ ।

संसारमा दुःखको वास्तविक विकल्प पनि छ । त्यो विकल्पलाई शक्तिको रुपमा आफैंमा विकास गर्नु बुद्ध धर्मको मुख्य लक्ष्य वा सार हो । एउटा अँध्यारो कोठामा जुन ५० वर्षदेखि बन्द छ, त्यो कोठाका अँध्यारोपनलाई हटाउनको लागि हिन्दु धर्मअनुसार पशुपतिनाथमा दुध चढाई पण्डितद्धारा पूजा, महायज्ञ गराई त्यो अँध्यारो हटाउने कोसिस गरिएला । क्रिश्यिन धर्म मान्नेले एक समूह पास्टरहरु ल्याएर परमेश्वरको नाममा प्रार्थना गरी त्यो अन्धकार हटाउन कोसिस गर्ला । आपूmलाई बौद्धमार्गीको हिमयाती ठान्नेले लामा ल्याएर तोर्मा बनाएर पूजा घण्टा बजाएर पुजा गर्ला तर पनि त्यो अँध्यारो हट्दैन ।

सबैले आ–आफ्नो असफल प्रयासहरु गर्छन् । ती असफल प्रयासहरु कहिल्यै पनि पुरा हुँदैनन् । जुन जुन प्रयासहरु भए त्यो प्रयास अन्धकारको विपरित तत्व होइनन् । यो संसारको दुःखको कारण भनेको नकरात्मक सोचलाई नियन्त्रण गर्नु हो । त्यसका लागि अज्ञानतालाई हटाउनु जरुरी छ । अज्ञानताको अन्धकारलाई हटाउनका लागि यसको ठीक विपरित तत्व ज्ञानलाई बुझ्नुपर्छ । भगवान बुद्धको महान उपदेश र सन्देशहरुलाई ग्रहण गर्ने हो भने मानिस कहिल्यै दुःखी हुँदैन । तसर्थ बुद्धको सिद्धान्त नै मानव जीवनका निम्ति निकै सुखद हुने हुँदा यसलाई अपनाउनु अहिलेको आवश्यकता हो ।

 

-एभरेष्ट टाइम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: