शताब्दी पुरुषको पुरातात्विक बगैंचाको सपना अझै अधुरो

ने. सं. ११३९ कछलाथ्व सप्तमी  बुधबाः / ललितपुर

वांगमय शताब्दी पुरुष एवं संस्कृतिविद डा. सत्यमोहन जोशीले संग्रहालय मातहतको भण्डा क्यबःलाई “Archeological Garden” पुरातात्विक बगैंचाका रुपमा स्थापित गर्ने आफ्नो सपना अझै अधुरो रहेको बताएका छन ।

किपाः रेखा शाक्य

२१औं वार्षिकोत्सवको अवसरमा संग्रहालयलाई सौर्य बत्तीबाट सञ्चालन तथा संग्रहालयको जर्नल भाग २ पुस्तिका विमोचन कार्यक्रममा सबैको ध्यानाकर्षण गर्दै उनले आफ्नो सपना अझै पुरा हुन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संग्रहालयको जर्नल भाग २ को विमोचन शताब्दी पुरुष, तथा पाटन संग्रहालयको विद्युत उर्जाको बचत एवमं संग्रहालयको व्ययभार पनि कम हुने परियोजनाको शुभारम्भ पाटन संग्रहालय विकास समितिका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, अष्ट्रियन विकास एजेन्सीका निर्देशक डा. मार्टिन लेदोल्टर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सामूहिक रुपमा गरेका थिए ।

किपाः राजेश बज्राचार्य

संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले स्वागत मन्तव्यका क्रममा सम्भवत संग्रहालयको व्यवस्थापनमा नेपालकै पहिलो प्रयोग रहेको बताउँदै University of Applied Arts Vienna मार्फत Austrian Development Agency को आर्थिक सहयोग एवमं नेपाल सरकार वैकल्पिक उर्जा केन्द्रकाे प्राविधक सहयोगमा रु. ४६२,५,६०७ को लागतमा संग्रहालयको सम्पूर्ण प्रदर्शनीकक्षहरु सौर्यउर्जाबाट संचालन हुने घोषणा गरे । दातृ संस्था निकायलाई धन्यवाद प्रकट गर्दै उनले यस कार्यबाट राष्ट्रको विद्युत उर्जाको बचत एवमं संग्रहालयको व्ययभार पनि कम हुने विश्वास व्यक्त गर्दै उनले संग्रहालयमा भ्रमण गर्ने स्वदेशी विदेशी आगन्तुकहरुको सख्या बढेको उल्लेख गर्दै आर्थिक वर्ष २०७४।७५ मा मात्रै उक्त संख्या २३२,५९४ पुगेको बताए ।

किपाः राजेश बज्राचार्य

साही कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विगतमा हुन नसकेका र अाउने दिनमा गर्न सकिने हाम्राे संस्कृति र सम्पदाकाे जगेर्ना गर्ने काममा अाफ्नाे र महानगरपालिकाले सबै संग सहकार्य गर्दै जाने कुरामा विश्वस्त पार्नु भयाे ।

किपाः रेखा शाक्य

भूकम्पबाट पाटन संग्रहालय रहेको केशवनारायण चोकस्थित पाटन दरवारको गारोहरुमा भएको आंशिक क्षति उपर संरक्षणकार्य जारी छ । यसका लागि नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, संस्कृति मन्त्रालय, पुरातत्व विभाग एवमं University of Applied Arts Vienna मार्फत् Austrian Development Agency को सहयोगबाट संरक्षण कार्य भइरहेको छ । यसकासाथै संग्रहालयमा संकलन एवमं प्रदर्शन रहेका Gallery A, E, F र स्वर्णद्धारको संरक्षणकार्य सम्पनसंगै संग्रहालयका कर्मचारीहरुलाई समाग्री संरक्षण सम्बन्धी ज्ञान पनि दिइएको बताईएको छ ।

https://www.facebook.com/rajendra.manandhar.7906

२१ औं वार्षिकत्वसको अवसरमा KPVT को सहयोगमा मूलचोकमा नेपालमा पहिलो ३ वटा प्राेजेक्टरबाट अडियो भिजुएल कक्ष पनि खुला गरिएको छ । उक्त कक्षमा करिव २०० वर्ष अगाडिको Philidepa Museum मा संग्रहित नेपालको गौसाइकुण्ड यात्राको सन्दर्भ कोरिएको पौभा कलाको उत्कृष्ट नमुना प्रर्दशनमा ल्याइएको छ । “आगामी दिनहरुमा यस कक्षको संकलनमा उपत्यकाका अमुर्त सम्पदाहरु पनि क्रमश बृद्धि गरिन्दै लाने लक्ष्य लिइका छौं ।” केपिभिटीका कार्यकारी निर्देशक रोहित रञ्जितले भने ।

किपाः रेखा शाक्य

सन् १९८३ देखि १९९७ सम्म विश्वसम्पदामा सूचिकृत अनेक संख्यामा मुर्त एवमं अमुर्त सांस्कृतिक सम्पदाहरु रहेको पाटन दरवारमा नेपाल सरकार पुरात्तव विभाग र अष्ट्रियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा संरक्षणकार्य भएको थियो । आवश्यक जिर्णोद्धारपछि विकास समिति ऐन २०१३ अनुसार वि।सं। २०५३ मा पाटन संग्रहालय विकास समिति गठन गरी वि.सं. २०५४ सन् १९९७ अक्टोबर २८ का दिन विधिवत रुपमा उद्घाटन भै सर्वसधारणलाई खुला गरिएको यो पाटन संग्रहालय सफलातापूर्वक संचालन भएको २१ वर्ष भएको छ ।

 

किपाः रेखा शाक्य

समाचार श्राेत ः राजेश बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.