लुँति अजिमा जात्रा रोकिने खतरा बढ्दै

ने सं ११३९ कछला गाः अामै, येँ ।

झीगु सम्वाददाता

उपत्यकामा अवस्थित अजिमाहरु यथा इन्द्रायणी, भद्रकाली, कंकेश्वरी, टंकेश्वरी, रक्तकाली, श्वेतकाली, मैतीदेवी, म्हैपी अजिमा आदि अजिमाहरु रहेका छन् । जसले यहाँका बासिन्दालाई रक्षा गरिरहेको भन्ने किम्वदन्तीका कथाहरु सुन्न र पढ्न पाइन्छ । सम्पूर्ण अजिमाहरुको जात्रा फरक फरक समयमा गरिंदै आएको छ ।

किपा शरण ज्यापु हरि

जस अनुसार यस वर्षको लुँति अजिमा (इन्द्रायणी) को जात्रा कछलागा त्रयोदशीको दिनदेखि तीन दिनसम्म अर्थात अमावश्यासम्म मनाइयाे । स्थानीय नेवार समुदायका खड्गी, द्योला, श्रेष्ठ, शाक्य, महर्जन, मानन्धर लगायत थकु जुजु आदिको संयुक्त पहलमा गरिने जात्रा हो लुँति अजिमा जात्रा ।

किपा शरण ज्यापु हरि

https://www.facebook.com/rajendra.manandhar.7906

किपा शरण ज्यापु हरि

त्रयोदशीको दिन लुँति अजिमा पीठ (इन्द्रायणी मन्दिर) मा माथिल्लो टोलका थकु जुजु (पहिले दरबारबाट खटाइएका मूलि) द्वारा होम गरी जात्रा शुरु हुन्छ । होममा पञ्च बलि स्वरुप फट्यांग्रा, माछा, चरा, शर्प, राँगाको टाउको जसलाई जल, जमिन, आकाशको प्रतिकको रुपमा लिइएको छ । बलि दिएको राँगाको टाउको बाहेक अन्य सबै जीवित नै होम गरिन्छ जस्मा एक जोडीमा एउटा होम गरिन्छ भने अर्को आकाशमा छोडिन्छ ।

किपा शरण ज्यापु हरि

सोभन्दा अगाडि जात्रामा सरिक हुने खटहरुमा कुसुमबियालाछीबाट स्वाँछपु गणेश, न्हैकन्तलाबाट भुँडी गणेश, ङतपाच्वबाट शोभाभगवती, यंगालबाट ज्वालामाई, थकु जुजुको घरबाट लँुति अजिमा (इन्द्रायणी) लाई मन्दिरमा पु¥याइन्छ ।

किपा शरण ज्यापु हरि

चतुर्दशीको दिन साँझ थकु जुजुको पूजा पश्चात मन्दिरबाट देवताको मूर्तिहरुलाई खटमा बिराजमान गराई जात्रा गरी थहिँती चोकमा पु¥याएपश्चात सो दिनको खट जात्रा समाप्त हुन्छ ।

किपा शरण ज्यापु हरि

भोलिपल्ट अमावश्याको दिन बिहानैदेखि भक्तजनहरुको थँहिती चोकमा पूजा अर्चनाको लागि घुँइचो हुन्छ । अन्तमा थकु जुजुको पुजा पश्चात खटलाई जात्राको लागि नगर परिक्रमा गराइन्छ । खट जात्रा थने र क्वने टोलमा काँधमा बोकी सम्पन्न गरिन्छ ।

त्यस्तै जात्राका दौरान थँहितीका मानन्धर समुदायबाट सुंगुरकाे मासु सहित मह्रःजा पनि खुवाइन्छ ।

किपा शरण ज्यापु हरि

थकु जुजुका सन्ततीका अनुसार जात्राको सम्पूर्ण खर्च वहाँहरु आफैले आजसम्म बेहोरी आएको बताए भने गुठीका जग्गाहरु मासिदै गएको पनि बताए । पहिले दे जात्राको लागि सहयोगी भूमिका निर्वाह गर्ने जातिहरु अहिले नसक्ने भएको हुँदा हरेक वर्ष ती सहयोगीहरु जुटाउन गाह्रो हुँदै गएको पनि बताए ।

किपा शरण ज्यापु हरि

थँहितीका समाजसेवी अरुण दास श्रेष्ठका अनुसार जात्राको पहिलो र दोश्रो दिनहरुमा स्वःस्पूmर्त रुपमा सहभागी जात्रालुहरुले जात्रा गरी थँहितीमा पु¥याएर जान्छ भने भोलिपल्ट मुख्य दे जात्रामा खट बोक्ने जात्रालुहरुको अभाव भै जात्रा नै रोकीन जाने हो की भन्ने खतरा देखेको बताउनु हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.