रुद्रवर्ण महाविहारका साल भंजिका टुँडाल

११३८ दिल्ला गाः चाैथी

पाटनको वर्तमान उकुबहाल नै रुद्रवर्ण महाविहार हो । यसको स्थापना कहिले भएको हो त्यो त स्पष्ट हुन सकेको छैन तर त्यहाँ ने सं १५९
(ई १०३८) सम्मको पुरानो ताडपत्र संग्रह गरेको पाइन्छ । सो विहारमा नै पाइएको अर्को नेपाल संवत २३७ (ई.१११६) को एक ताडपत्रमा उक्त विहारको बारेमा समेत वर्णन गरिएको पाइन्छ ।

सो ताडपत्रमा ” श्री शिवदेव संस्कारित श्री रुद्रवर्ण महाविहार “ भनिएको पाइएको हुँदा यो विहार रुद्रवर्णले बनाएको र शिवदेवले सस्कार गरेको हुन सक्ने बुझिन्छ तर यी दुवैको समय भने निश्चित भएको छैन । तर यो सबै वर्णको आधारमा रुद्रवर्ण महाविहारको ऐतिहासिकता ईश्वीको बाह्रौं शताब्दी या पूर्वमध्यकालसम्म पुग्दछ । तसर्थ त्यस महाविहारका केही काष्ठकलाका नमुनाहरु पूर्वमध्यकालतिर बनेका मान्न सकिन्छन् ।

काष्ठकलाको दृष्टिले रुद्रवर्ण महाविहारका करिव तीनवटा टुँडाल निक्कै पुराना मानिन्छन् र आकर्षक पनि छन् । यी तीनवटा टुँडाल मध्ये एउटा टुँडालमा तल्लाे भागमा एक मानव आकृति छ भने बीचमा सालभंजिका मुद्रामा एक जना नारी उभिएकी छन् । उसले खुट्टा क्रस गरी एक खुट्टाले तल रहेकी बसेकी मानवकृतिको शिर र अर्को खु्ट्टाले दायाँ पाखुरामा टेकेर उभिएको देखाइएको छ ।

किपाः रेखा शाक्य

यस आकृतिमा सालभंजिका मुद्रामा रहेकी उक्त नारीलृ दायाँ हात आफ्नो पेटमा राखेको छ , जसको बाँयापट्टि एउटा चराको आकृति छ । त्यस्तै उक्त नारीको बायाँ हात टुँडालको माथ्लो भागमा रहेको पुष्प लहरालाई समाएको रुपमा प्रस्तुत गरिएको छ । यो नारी आकृति जयवागेश्वरमा प्राप्त भई हाल राष्ट्रिय संग्राहलयमा संग्रहित मायादेवीको मूर्तिसंग मिल्दोजुल्दो खालको देखिन्छ ।

रुद्रवर्ण महाविहारमा रहेको अर्को एक सालभंजिका मुद्राको नारी आकृति अघिल्लोकै स्वरुपमा सालभंजिका मुद्रामा उभिएको देखिन्छ । तर यस आकृतिमा चाहिं नारीले बाँया हातले आफ्नो अधोवस्त्र सम्हालेर दायाँ हातले मर्काउँदै शिरमाथिबाट बायाँतर्फ लगेको देखाइएको छ ।
रुद्रवर्ण महाविहारमा रहेका सालभंजिका मुद्रामा नारी उभिएका छन् । यी टुँडालहरु अलंकरणरहित र साधा छन् ।

यिनीहरुलाई एन्.आर.वनर्जीले ईश्वीको सत्रौं शताब्दीका मान्नुभएको छ । तर यी टुँडालहरु एकै काठबाट निर्मित, साधा र रतासन (कामूकता) को अभावयुक्त छन् । नेपालमा यस्ता टुँडाल बनाउने प्रचलन पूर्वमध्यकालतिर रहेकाले यिनीहरुको प्राचीनता पूर्वमध्यकालसम्म पुर्याउन सकिन्छ ।

सांभार नेपालको कला र बास्तुकला (पेज १७४र १७५)

One thought on “रुद्रवर्ण महाविहारका साल भंजिका टुँडाल

  • August 1, 2018 at 6:51 pm
    Permalink

    The statement at this Mahabihar shows that it was established on Nepal Sambat 159 and that time it was 1038 AD. This implies that (1038 – 159) = 879 AD. In other words, Nepal Sambat was started on 879 AD. Is it correct to say so based on that statement ? This is just my observation only.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.