मेरो डरलाग्दो सपना

११३८ दिल्ला थ्वः दशमी

मेरो डरलाग्दो सपना

हिजो राती सपनामा देखेछु
राता सेता हरिया काला लुगा लगाएका
खुडा खुकुरी भाला भाटा बम बारुद गोली बोकेकाहरु
मेरा योजना सपना धुजा धुजा पार्ने कुनियतले
मेरा बिश्वासहरुलाई छियाछिया पार्न
मेरा पुर्खाहरुले रचेका इतिहास मेटाउन
मेरा पुर्खाहरुले बनाएको धरोहर भत्काउन
मलाई घरबार बिहीन बनाई पाटी बास गर्ने बदनियतीहरु
मलाई बलिको बोका बनाई आशिर्वाद पाउन शक्तिपिठ धाउनेहरु
चिल्ला गाडी चढेका काला चस्मा लागाएका
सोझा साझा सर्बसाधारणलाई ठगेर भोगेर झुक्याएर मारेर
पुल, महँगा गाडी, उद्योग, कल कारखाना, खानी बन जंगल
सबै खाएर राक्षस जस्तै मोटाएका
मलाई चिथोर्न, कोतर्न
दल बल सहित म तर्फ आईरहेका
एक थरी हुल
अनि
दौरा सुरुवाल लवेडा टोपी लगाएका
नेपाली कागज, कलम, स्टाय्म प्याड बोकेका
संबिधान नियम कानून भन्दा पनि माथी ठानेका
अधबैंसे कपाल फुलेका
प्राकृतिक श्रोत, खोला नाला, मठ मन्दिर, मस्जिद,
हावा, पानी, हिमाल, पहाड, तराई
बेच्न अधिकार खोसेका
मलाई हावामा महल बनाइदिने लालच देखाई फकाई
मेरो आैंठा खोज्दै
म तर्फ झम्टिएका
अर्काथरी हुल
म तर्फ उत्तेजित भएर
लम्किरहेका थिए

यस्तो भयानक सपनाबाट
म अचानक बिउँझिए छु
म झस्केंं, डराएँ, अतालिएं
बल्ल बल्ल चारैतिर हेरें
म देख्छु
राजनैतिक कार्यकर्ता र नेताहरु ।।।

उत्तम मानन्धर
कालिमाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: