महानगरीय प्रहरी दिवसको अवसरमा नेपालभाषाका गीत लगायत धिमे प्रस्तुत गर्दै नेपाल प्रहरी

ने.सं. ११३८ कछलाथ्व द्वादशी, मंगलबार
ललितपुर

महानगरीय प्रहरी दिवसको अवसरमा ललितपुरको पाटन दरबार क्षेत्रमा गएकाे शनिबार नेपाल प्रहरीको ब्याण्डले नेपालभाषाका गीत लगायत धिमे तथा अन्य बाजागाजासँगै विभिन्न जातजातिका नृत्य र साँस्कृतिक प्रस्तुतिले स्थानीयको मन जितेका छन ।

प्रहरी समुदाय साझेदारी अवधारणालाई जन समुदायमाझ बुझाउन प्रहरी दिवसको अवसरलाई सदुपयोग गरिएको कार्यक्रमका स्थानीय आयोजक महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक केशर न्यौपानेले बताएका छन ।

स्थानीय भाषा र बाजाको प्रस्तुतिले निकै प्रफुल्लित हुनुभएका कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल प्रहरीको नयाँ अवधारणा अनुरुप समुदाय र प्रहरीबीचको समन्वयले शान्ति सुरक्षा व्यवस्था थप सुनिश्चित हुने हुँदा सबै सचेत नागरिक बिना वर्दीका प्रहरी भएको जिकिर गरे । उनले समुदाय र प्रहरीको साझेदारी कार्यान्वयनकालागि पालिकास्तरको समिति बनिसकेको र चाँडै वडा र टोलस्तरीय समिति पनि बन्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथिका रुपमा महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र बहादुर धानुकले मंगलबजार प्रभाग ललितपुरकै साँस्कृतिक केन्द्रमा रहेको उल्लेख गर्दै प्रहरी समुदाय साझेदारी कार्यक्रमको उत्कृष्ट कार्यान्वयनको अपेक्षासहित ललितपुर महानगरपालिकाभित्र सार्वजनिक उदघोष साँस्कृतिक कार्यक्रममार्फत पाटनमै थालिएको उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशीले महत्वपूर्ण चाडपर्वहरु गत वर्षको तुलनामा निकै शान्तिपूर्वक सम्पन्न भएको जिकिर गर्दै शान्ति सुरक्षा व्यवस्थामा प्रहरी समुदाय साझेदारी अवधारणाले सम्बृद्धिको लक्ष्यसमेतलाई टेवा दिन सक्नेमा जोड दिए । जिल्लास्तरमा समितिहरु गठन र गतिविधि अगाडी बढिसकेको बताउँदै यस अवधारणा अन्तर्गत विद्यालय स्तरका समिति सँगै सामाजिक स्वास्थ्य क्षेत्रमा समेत प्रहरी र समुदायको साझेदारीले शान्ति सुरक्षाको अनुभूत गराउने नयाँ समाज निर्माणको इतिहास बन्नेमा आशा व्यक्त गरे ।

https://www.facebook.com/rajendra.manandhar.7906

कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, अध्यक्ष कृष्णलाल महर्जन, १६ वडा अध्यक्ष निर्मल रत्न शाक्य, ज्यापू समाज, ताम्रकार समाज लगायतका विभिन्न जातिय समाजका अध्यक्षहरु, लब्ध प्रतिष्ठित व्यक्तिका साथै पाटनवासीहरुको बृहत सहभागिता रहेको थियो ।

महाराजगंजस्थित प्रहरी संगीत विद्यालयले उपत्यकाका मौलिक बाजागाजा सिक्ने नयाँ कार्य हालै मात्र शुरु भएको हो । नेपाल प्रहरीको संगीत ब्याण्डलाई आजकल नेपालकै पहिचान जस्तै बनेको धिमे बाजा प्रशिक्षण गत हप्तादेखि मात्र प्रशिक्षक सुदन मुनिकारले गर्दै आएका छन । प्रशिक्षणकै क्रममा रहेका परियार, खत्री, गुरुङ आदि गैर नेवाः प्रहरी जवानदेखि हवल्दार र असई रहेको १५ जनाको टोलीले यस अघि भक्तपुरमा प्रदर्शन थालेको छ भने उक्त प्रशिक्षण करीव एक महिना पश्चात समापन हुने प्रशिक्षक सुदन मुनिकारले जानकारी दिएका छन ।

समाचार श्राेत तथा फाेटाेः इन डेफ्ट नेपाल राजेश बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.