बाँदर राज्य

११३८ तछलाथ्व अष्टमी

एउटा जंगलमा सबै प्रकारका जनावरहरुको बैठक बस्यो । बैठकको बहुमतले एउटा नयाँ राज्यको निर्माण गर्ने र जंगलराज्य समाप्त पारी यस राज्यलाई संसारकै नमुना राज्यको रुपमा बिकास गर्ने भन्ने कुरामा सबै सहमत भए । राज्यको सिमाना कोरियो र राज्य गठन भयो । राज्यको गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सभामुख, प्रदेशप्रमुखहरु, मुख्यमन्त्रीहरु, मेयरहरु, उपमेयरहरु, सरकारी कर्मचारीहरु, न्यायाधिशहरु, सैनिक, प्रहरी, सध संस्थाका प्रमुखहरु कसरी छान्ने भन्ने विषयमा व्यापक छलफल भयो ।

किपाः रेखा शाक्य

जनावरहरु मध्येबाट बाँदरले आफ्नो कुरा राखी हाले यी माथि भनिएका सबै पदाधिकारीहरु चयन गर्दा एउटा मापदण्ड राखौं त्यो के हो त भन्दा जसले छिटो रुख चढ्छ तिनैले सो पदहरु पाउन योग्य हुन्छ र तिनैले देश चलाउँछ । बाँदरको यो तर्क पछि एक हुल बाँदर त्यसको समर्थनमा ताली बजाउँदै, सिठी बजाउँदै, उछलकुछल गर्दै कराउँदै चिच्याउँदै कुदाकुद र हल्ला गर्न थाले । बाँदरको कोलाहलले अरु शान्तिप्रिय, अर्थविद, वैज्ञानिक, विद्वान, संस्कृतिवद योग्य जीवजन्तु जनावरहरु वाक्कदिक्क भए । उनिहरुको बिरोधको स्वर पनि कोलाहलमा दबेर विलिन भयो ।

बाँदरहरुको हुलले यसैलाई अनुमोदन भएको भन्दै रुख चढ्न सुरु गरिहले । यदाकदा एक दुई अन्य जनावरहरुले रुख चढेपछि बाँदरहरुकै बहुमतले रुख चढे र जिते । प्रस्ताव अनुसार नै ति सबै बाँदरहरु पदाधिकारी बने । अब त्यो देशमा बाँदरहरु शासक बर्ग भए भने अन्य सबै जनावरहरु शासित बर्ग बने । देश चलाउन बाँदरहरुको पहिलो बैठक बस्यो । प्रथम बैठकले निम्नानुसारको निर्णयहरु सुनायो ।
हाम्रो ठुलो मेहनतले यो राष्ट्रले बहुमतिय बलियो सरकार प्राप्त गरेको छ यसकारण यो राज्यलाई अझ बिकास गर्न आवस्यकता अनुसार निम्न निर्णयहरु यो सरकारले गरेको छ ।

१. सबै माननीयहरु, मन्त्रीहरु, न्यायधीश, राष्ट्रपति, मेयर आदि लगायतका सबै बिशिष्ट पदाधिकारीहरुले अब उप्रान्त आजिबन तलब भत्ता र सबै प्रकारका राजसी सुख भोग गर्ने व्यवस्था गर्ने । निजको सवारीमा दमकल, एम्बुलेन्स गाडा गाडी जस्ता साधनहरु पनि चलाउन नपाइने ।

२. सबै कर्मचारीहरुलाई मोबाईल, घडी, गाडी खरिद गरी सुविधा सम्पन्न गरी भन्सार छुट दिने ।

३. तलब र भत्तामा २५% बृद्धि गर्ने ।

४. सर्बसाधारणलाई करको दायरा बढाउने ।

५. दैनिक उपभोग्य वस्तुहरु तेल, मटितेल, पेट्रोल, डिजेल, दाल, चामल, चिनी, तरकारी आदि सबैमा थप कर लगाउने ।

६. राज्य सञ्चालन गर्दा शासक बर्गले कुनै पनि अपराध गर्न छुट पाउने ।

७. पुराना बस्ती, संस्कृति मठ मन्दिर, मस्जिद, वन जंगल सबै नष्ट गरी नयाँ शहरहरु निर्माण गर्ने ।

८. चढ्न गाह्रो, मोटर नजाने हिमाल पहाड, बाढी आउने खोला बगर यो देशलाई काम नलाग्ने हुँदा सबै छिमेकीलाई बिक्री गर्ने ।

९. राज्यको नीति नमान्ने अधिकारकर्मी, पत्रकार, विद्वान, डाक्टर, ईन्जिनियर, पाईलट जस्ता अरु जनावरहरुले बिरोध गर्नसक्ने भएकोले त्यस्ता नागरिकलाई राष्ट्रघाती आतंककारीको मुद्दा लगाई निस्कृय पार्ने ।

१०. जाबो रुख पनि चढ्न नसक्ने नजान्ने ति पाजी हात्ति, चितुवा, बाघ, भालु, गैंडा जस्ता राष्ट्रका हिंस्रक भारहरु यो देशमा कुनै प्रयोग हुन नसक्ने, त्यस्ताबाट खतरा हुन सक्ने भएको हुँदा यिनिहरुलाई विदेश धपाउने ।

११. यो देशलाई शान्ति क्षेत्र बनाउनु छ त्यसैले कोइलीले गित गाउन, मयुरले नाच्न, गाईले घाँस खान, सर्पले माछा खान, माछाले किरा खान, भ्यागुताले एकनास कराउन, कुकुरले भुक्न सरकारको अनुमति लिनुपर्ने ।

यी सबै कुरा बहुमतले पारित भयो । शासक बर्गको तालीले निर्णयको स्वागत गरे र खुसियाली मनाए । समर्थनका आवाजहरु छिमेकी राष्ट्रसम्म पनि पुग्यो ।

बिचरा अरु जनावरहरु राज्यले लागू गरेको नियम सुनेर अक्क न बक्क भए । अब कसरी बाँच्ने भन्ने विषयमा सोच्न थाले । कमाउन काम गर्न छोडेर बिरोधमा जाउँ भन्दापनि परिवारको चिन्ता छ । सबै मिलेर बिरोध गरौ भनेपनि कसरी गर्ने रु कोहि पानी मुनि बस्ने जातका छन्, कोहि घाँस खाने छन् , कोहि शिकार गर्ने छन्, कोहि गर्मीमा बस्ने छन्, कोहि जाडोमा बस्ने छन्, कोही घोडा छन् कोही गधा छन् यि सबैलाई समेट्ने सम्झाउने कसरी रु अब बिरोध र आन्दोलन गर्ने कसरी रु यी सबै ठुलो समस्यामा परे ।

अहिले त्यो देशमा बाँदरहरु शासक छन् । यहाँ बाँदर नीतिकाे शासन चल्छ । दूरको एउटा आवाज र त्यहा बस्ने धमिलो दृष्यले पुरानै जंगलराज्य नै ठिक छ कि भनेर गाइगुई गरेको पनि सुनिन्छ ।

उत्तम मानन्धर
कालिमाटी, काठमाडौ

2 thoughts on “बाँदर राज्य

  • June 21, 2018 at 9:06 pm
    Permalink

    Yo kathako sirsak chhaahin OLI PURAAN raakhe kaso HOLA? 🤓😂😃😃😁

    Reply
  • June 21, 2018 at 11:10 pm
    Permalink

    Yo badar rajya Kahiley samma chalcha sarkar bhani kaslai Sodhu ?

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.