fbpx

प्रथम खड्गी कप १७ वडा शाखाकाे कब्जामा

ने सं ११३९ चाैलागाः आमै

झीगु सम्वाददाता, येँ ।

नेपाल खड्गी सेवा समितिको ४६ औं वार्षिकोत्सव तथा ११ औं नायः दिवसको अवसरमा सम्पन्न प्रथम खड्गी कप फुटसल प्रतियोगिता २०७६ को उपाधिमा नेपाल खड्गी सेवा समिति १७ वडा शाखाले कब्जा जमाएको छ ।

फोटो – शरण ज्यापु हरि

 

१७ वडा शाखा र भक्तपुर शाखा बिच हिजो (बैशाख २० गते) भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयसम्म १–१ गोलको बराबरी भै प्रतियोगिता सडन डेथमा पुगेको थियो । सडन डेथमा १७ वडाले ५–४ गोल अन्तरले बाजी मार्दै नगद रु. ५० हजार सहित उपाधि कब्जा गर्न सफल भएको थियो भने भक्तपुर शाखाले रु.२५ हजार नगद सहित दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । कुल ६ टिमको सहभागिता रहेको सो प्रतियोगितामा बुङ्गमती शाखा तेश्रो भयो ।

फोटो – शरण ज्यापु हरि

 

फोटो – शरण ज्यापु हरि

उक्त प्रतियोगितामा उत्कृष्ट प्लेयरको उपाधि भक्तपुर शाखाका आकाश खड्गी भए भने उच्च गोलकर्ताहरुमा प्रवेश शाही (१७ वडा), प्रविन शाही (१७ वडा) तथा बिरु शाही (भक्तपुर) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *