fbpx

प्रथम खड्गी कप फुटसल प्रतियोगिता शुरु

झीगु संवाददाता/ काठमाडौं, बैशाख १८

नेपाल खड्गी सेवा समिति ९खड्गी समाज० को ४६ औं वार्षिकोत्सव तथा ११ औं नायः दिवस विविध कार्यक्रम गरी मनाउने उद्घोष गरे अनुरुप प्रथम खड्गी कप फुटसल प्रतियोगिता २०७६ शुरु भएको छ ।

प्रतियोगितामा कीर्तिपुर, बुङमती, भक्तपुर, धनुषा र काठमाडौंबाट २ टिम वडा नं. १७ र १९ शाखाहरुको सहभागिता रहेको छ । लिग प्रतियोगिता सकिएपछि २० गते नकआउट र फाइनल खेलहरु हुनेछ ।

यस प्रतियोगितामा प्रथम र दोश्रो हुनेलाई क्रमशः नगद रु। ५० हजार र २५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधामा पनि नगद पुरस्कारहरु रहेका छन् ।

आदिवासी जनजाति नेवार समुदाय भित्रको एक जाति नायः (खड्गी)हरुको हकहित, उत्थान एवं सामाजिक संरक्षणका साथै जातिय भेदभाव विरुद्ध स्थापना भएको नेपाल खड्गी सेवा समितिको स्थापनाको ४६ वर्ष पुगेको छ भने पाहाँचह्रे पर्वको दिन मनाउँदै आइरहेको नायः दिवस पनि ११ वर्ष पुगेको छ ।

संस्थाका अध्यक्ष अञ्जिता खड्गीले यस वर्षको नायः दिवस पाहाँचह्रेको दिन मनाउन नसकिएकोले बैशाख २७ गते संस्था स्थापनाको दिन मनाउने जानकारी गराए ।

फोटो – शरण ज्यापु हरि
फोटो – शरण ज्यापु हरि
फोटो – शरण ज्यापु हरि
फोटो – शरण ज्यापु हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *