पायः जात्रा (खड्ग जात्रा)

ने सं ११३८ काैलाथ्व द्वादशी

शरण ज्यापू हरि

वडा दशैंको अन्तिम दिन अर्थात् टीका र त्यसको भोलिपल्ट उपत्यकाका विभिन्न स्थानहरुमा पायः जात्रा (खड्ग जात्रा) गर्ने गरिन्छ । दानवी एवं आसुरी शक्तिमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा निकालिने खड्ग जात्रा भव्य रुपमा उपत्यकामा मनाइदै आइरहेको छ ।

किपा ः शरण ज्यापू हरि

तन्त्रमन्त्रबाट अभिषित खड्ग बोकी निस्कने पायः (खड्ग) जात्रा काठमाडौंको टेबहाल, महाबौद्ध, वटु, किलागल, यट्खा, कोहिटीमा ज्यापु समुदायबाट भव्यरुपमा सम्पन्न गरिन्छ । स्याक्वत्याक्व अर्थात नवमीको दिन आसुरी शक्तिमाथि विजय प्राप्त गरे पश्चात भोलिपल्ट अझैं कहीं कतै लुकेर बसेका छन् की भनी खोजी गर्न खड्ग जात्रा मनाइदै आएको भनिन्छ । हनुमानढोकाबाट लाय्कु पायः तलेजुबाट निस्कन्छ भने भिमसेनस्थान र कोहिटीको बिचको एउटा चोकमा अर्को पायः पनि निकालिने गरिन्छ जुन ताम्राकार समुदायबाट निकालिन्छ । एकादशीको दिन असनमा तुलाधर समुदायबाट अर्को पायः जात्रा चलाउदै आएको पाइन्छ । जसमा गुठीको कान्छो सदस्य थकाली बनाई जात्रा शुरु गरिन्छ ।

किपा ः शरण ज्यापू हरि

यस्तै सोही दिन काठमाडौंको दक्षिणमा रहेको नेवाः बस्ती टोखामा पनि पायः जात्रा अन्तर्गत द्यःखः जात्रा गरिन्छ ।
त्यस्तै मध्यपुर थिमिमा पनि पायः जात्रा अन्तर्गत भुईफासी पालेगु जात्रा मनाइन्छ । कीर्तिपुरमा पनि पायः जात्रा गरिन्छ । जुन पायः जात्रा एक बेग्लै किसिमको रहेको छ । त्यहाँ पायः जात्रा अन्तर्गत सिन्दुर जात्राको रुपमा मनाइन्छ । महिलाले सुकुन्दा बाली सिन्दुरको टीका लगाई दिई पायः जात्रा मनाउने गरिन्छ ।

किपा ः शरण ज्यापू हरि
किपा ः शरण ज्यापू हरि

त्यस्तै पाटन ललितपुरमा पनि भव्य रुपमा पायः जात्रा मनाईन्थ्यो । विविध कारणले बन्द प्रायः भैसकेको ललितपुरको पायः जात्राहरु मध्य यस वर्ष आगँछेँ पायः जात्रा शुरु गर्न यहाँका संस्कृतिकर्मीहरु सफल भएको छ भने यसको निरन्तरतास्वरुप आगामी वर्षहरुमा अन्य पायः जात्राहरु पनि निकालिने जानकारी प्राप्त भएको छ । ललितपुरमा मनाइने अन्य पायः जात्रामा लाय्कु पायः, तज्या पायः, इकुबहा पायः प्रमुख रहेको छ ।

किपा ः शरण ज्यापू हरि

त्यस्तै भक्तपुरको नवदुर्गा गण पनि भक्तपुर लाय्कुबाट निकालिने पायः जात्रा सँगै देश भ्रमण गर्ने गरेको पाइन्छ ।
त्यस्तै लुभु, थसिका साथै अन्य नेवाः वस्तीहरुमा पनि पायः जात्रा निकालिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: