न्हेय्गां जात्रा अन्तर्गत नगाउँमा धाल्चा खाकीगु जात्रा

ने.सं. ११३९ थिंलाथ्व तृतिया (मंसिर २४, २०७४), येँ ।

शरण डंगोल

काठमाडौंमा इन्द्रायणी जात्रा सके लगत्तै काठमाडौंको दक्षिण पश्चिम भेगमा अर्को ठूलो जात्रा शुरु हुन्छ न्हेय्गाः जात्रा । इन्द्रायणी जात्रामा सर्पाहुति होममा होम गरेका एक जोडी परेवा उडेर गै बःखु (बल्खु) मा बास बसेको किम्बदन्ती सुन्न पाइन्छ । यहि बःखु स्थित विष्णुदेवी मन्दिरलाई केन्द्रीकृत गरी यसको वरिपरिको क्षेत्रमा थिंलाथ्व पञ्चमीदेखि शुरु भै एकादशीसम्म चल्ने यो न्हेय्गां जात्रा यस भेगको कीर्तिपुर, पांगा, नगाऊँ, सतुंगल, नैकाप, मच्छेगाउँ, बोसिगाउँ, ल्होंखा आदि नेवाः बस्तिमा भव्यरुपमा मनाउँदै आइरहेको पाइन्छ ।

किपा शरण ज्यापु हरि

बखु मदः अष्टमी जात्रामा मुख्यतः अष्टमातृका देवगणको खटजात्रा गरी मनाइने यो जात्रामा अन्य विविध जात्राका रितिथितिहरु रहेका छन् । भनिन्छ अहिले पनि यस भेगका मानिसहरु सो होम गरेको मण्डपबाट खरानी चोरेर लगे पछि मात्र बखु मदः जात्रा वा न्हेय्गां जात्रा र अहिलेको चलनचल्ती खस भाषामा सात गाउँले जात्रा गरिन्छ रे ।

किपा शरण ज्यापु हरि

किपा शरण ज्यापु हरि

न्हेय्गाः जात्रामा मुख्यतः कीर्तिपुरमा इन्द्रायणी र गणेश, पाँगामा विष्णुदेवी र बालकुमारी, नगाउँमा बालकुमारी, मच्छेगाउँमा बालकुमारी, ल्होखा र बोसिगाउँमा भैरब, सतुंगलमा विष्णुदेवी र भैरव, नैकापमा बालकुमारीको भव्य खट जात्रा हुन्छ । त्यस्तै नगाउँमा धाल्चा खाकीगु जात्रा, कीतिपूरमा लाखेपाः च्वनेगु जात्रा, सतुंगलमा धकिं जात्रा र प्वंखः जात्रा पनि विशेष रुपमा मनाइन्छ ।

किपा शरण ज्यापु हरि

आज यहाँ चर्चा गर्न लागेको जात्रा हो – नगाउँमा धाल्चा खाकेगु जात्रा । ऐतिहासिक दस्ताबेजानुसार ४७० वर्ष अघि नै अस्तित्वमा आइसकेको काठमाडौंबाट ६ कि.मि. दक्षिणमा अवस्थित यो क्षेत्रको नाम इतिहासविद् धनवज्र बज्राचार्यका अनुसार नकग्राम हो जुन अपभ्रंश भै नगांबाट नगाउँ हुन गएको हुनुपर्छ । यो नेवाः बस्तिमा तिथी अनुसार गठामुगं, कृष्ण जात्रा, गणेश जात्रा, सापारु आदि लगायत अन्य जात्राहरु नेवाः परम्परानुसार स्थानीयरुपमा मनाउँदै आइरहेको पाइन्छ । त्यसमध्ये हरेक १२ वर्षमा हुने कीर्तिपूर बाघ भैरवको देवगण जात्रा यहींबाट शुरु हुन्छ भने र अन्तको शुरुवात पनि यहिंबाट हुने गर्दछ ।

किपा शरण ज्यापु हरि

https://www.facebook.com/rajendra.manandhar.7906

यहाँ धाल्चा खाकेगु जात्रा बखु मदः अष्टमी अर्थात मंसिर शुक्ल अष्टमीको दिन मनाइने मुख्य जात्रा हो । यो जात्राको मुख्य आकर्षण भनेको अष्टमीको रात बालकुमारी पीठमा योगिनीहरुलाई जगाई धाल्चा (एक सानाे हातमा अट्रने घ्याम्पो अाकारकाे भांडाे) खाकेगु (कमाउने) जात्रा हो । पंचमीको दिन भेलुथ्वं बनाउने कार्यबाट जात्रा शुरु हुन्छ । यो दिन ४ जना पाःलाहरुमध्ये जेष्ठपालाको घरमा अन्य पालाहरुको सहभागितामा विधिवतरुपमा भेलुथ्वं बनाउने गरिन्छ । सप्तमीको दिन छ्वयलाभू गरिन्छ । भोलिपल्ट देवघरबाट बालकुमारीको मूर्तिलाई खटमा राखी बाजागाजा सहित पिगंमा लगेर थापना गरिन्छ । पंचमीको दिन पकाएको भेलुथ्वं पनि पिगंमा ल्याइन्छ ।

साँझ धाल्चा खाकेगु जात्राको प्रकृया शुरु हन्छ । यो एक तान्त्रिक विधिद्वारा योगिनीहरुलाई जगाई कम्पन गराउने तान्त्रिक पद्धति हो जसलाई योगिनी कमाउने पनि भनिन्छ । यसरी योेगिनी कमाउने परम्परा मध्यरातमा होम गरेर नै सम्पन्न गर्नु पर्छ भन्ने मान्यता रहि आए अनुरुप नै हुँदै आएको छ । यो गर्नुको मुख्य उद्देश्य भूत, प्रेत, पिशाच आदिबाट स्थानियलाई बचाउनको लागि नै हो भन्ने जन विश्वास रहि आएको छ ।

किपा ग्वाहाली सागर महर्जन

यस जात्राको लागि नगाउँ देगुथिका दिक्षाप्राप्त गुथियारहरुमध्ये हरेक वर्ष पाँच जनाले फुकि कवःको आधारमा पालो पर्ने व्यक्तिले योगिनीको भूमिका निर्वाह गर्दछ । बालकुमारीको सम्पूर्ण पूजाविधि पश्चात ती पाँचैजनालाई अग्निकुण्डको दायाँबायाँ जेष्ठताको क्रममा राखिन्छ । गुरुजुले ती पाँचैजनालाई तयार गरेपछि जाँड, रक्सी, रगत, दूध र दहि राखिएका एकएकवटा धाल्चाहरु पाँचै योगीहरुलाई दिई पंचरंगि धागोले बेरिदिन्छ । तत्पश्चात गुरुजुले ताः बाजाको तालमा चर्या गाउँछ, स्थानीयले काहां बाजा र नायखिं बाजा बजाउँदछन् । बिस्तारै धाल्चा समाईराखेका योगिनीका हातहरु बिस्तारै काम्न थाल्छन् । बिस्तारै हातहरु तिब्र गतिमा काम्दै गर्दा गर्दै चर्या सकिनासाथ विधिपूर्वक पूजा गरी धाल्चा खोस्ने गरिन्छ । यसरी खोस्दा योगिनीहरु झसंग हुने हुन्छ । यसपछि योगिनीहरु, गुथियारहरु, गुरुजुका साथै स्थानीयलाई चतांमरी र समयबजि प्रसादको रुपमा बाँडिन्छ र धाल्चा खाकेगु जात्रा समाप्त हुन्छ ।

किपा ग्वाहाली सागर महर्जन

भोलिपल्ट पिगंबाट बालकुमारीको सिन्दुर खट जात्रा शुरु हुन्छ । खट जात्रा द्यःछेँमा ल्याइन्छ । बालकुमारीको खट ज्वलापौ भन्ने ठाउँमा पुगेपछि केही क्षणको लागि विश्राम लिन्छ । चारजना पालामध्ये जेष्ठ पालाले बालकुमारीलाई पूजा गरिसकेपछि सम्पूर्ण पालाले बसा लाया (चोखो कपडा बिछ्याई त्यसमाथिबाट लाने) बालकुमारीलाई देवघर भित्र्याइन्छ ।

सोही रात गुरुजु, देगुथिका नाइके लगायत पालाहरु बसेर सिकाःभू गरिन्छ । भोलिपल्ट सबै गुथियारहरुलाई भेलुथ्वं, समयबजी, चतामरी आदि प्रसाद वितरण गरेपश्चात सो वर्षको जात्रा समाप्त हुन्छ ।

किपा शरण ज्यापु हरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.