नेपालमा हट एयर बेलुनको व्यवसायिक उडान मंसिर १ बाट

झीगु सम्वाददाता ।

२०७५ कार्तिक ३०, काठमाडौं ।

नेपाल धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणबाट विविधताले भरिएको देश हो । आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरुलाई लोभ्याईरहेको पोखरा नगरीमा भोलि अर्थात २०७५ मंसिर १ गतेबाट साहसिक खेल अन्तर्गत पर्ने हट एयर बेलुनको व्यावसायिक उडान थालनी गर्ने भएको छ ।

फोटो – शरण ज्यापु हरि

आज काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनको क्रममा कार्यक्रम संयोजक प्रविण महर्जनले नेपाल बेलुन प्रा.लि.ले पर्यटकीय नगरी पोखराको धम्पुसमा हट एअर बेलुन उडान गर्न लागेको बताए । बेलुनमा बसेर पोखराको मनोरम दृश्यहरुको दृश्यावलोकन गर्ने खेलको रुपमा हट एअर बेलुनलाई परिचय गराउन पाउँदा खुशी लागेको बताए । हट एअर बेलुनमा एक पटकमा आठ जनासम्मलाई एक घण्टा उडान गर्न सकिनेछ जसका लागि नेपालीले प्रतिव्यक्ति ११ हजार रुपैयाँ र विदेशीले १६० अमेरिकी डलर शुल्क तिर्नुपर्ने बताए ।

फोटो – शरण ज्यापु हरि

पत्रकार सम्मेलनमा महर्जनले हट एयर बेलुन उडानको लागि विदेशी दक्ष पाइलटको व्यवस्था गरेको तथा ग्राउण्डह्याण्डलिङका लागि स्वदेशी युवाहरुलाई तालिम दिएर तयार पारिएको बताए । साथै भविष्यमा नेपालीलाई नै तालिम दिई स्वदेशमै हट एअर बेलुन उडानका लागि दक्ष जनशक्ति तयार पार्ने लंक्ष्य रहेको पनि बताए ।

नेपाल बेलुन प्रा.ली.ले हट एअर बेलुन प्रबद्र्धन र विकासको लागि नेपाल सरकार, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणसँग इजाजत लिने र हट एअर बेलुनबाट बन्जी जम्प, स्काई डाइभ लगायत यससँग सम्बन्धित अन्य गतिविधि गर्ने उदेश्य लिएको पनि बताए ।

https://www.facebook.com/rajendra.manandhar.7906

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.