थेचास्थित नवदुर्गा भवानी देवीगणहरु अाज साँझ पाटन सवारी हुँदै

ने सं ११३८ काैलाथ्व दशमी

झीगु सम्वाददाता

नवदुर्गा भवानी देवी गुठी थेच्वकाे अायाेजनामा  थेचास्थित नवदुर्गा भवानी देवीगणहरु अाज साँझ पाटन सवारी हुँदैछ । दशैंकाे अवसरमा पाटनकाे म‌ंगलबजारकाे तलेजु भवानीकाेमा टिका थाप्न भनी अाउने परम्परा रहेकाे छ । जुन परम्परा विभिन्न कारणले विगत २० वर्ष अघि देखि बन्द नै थियाे । यस बर्ष भने याे परम्पराले निरन्तरता पाउन लागेकाे हाे ।

किपाः रेखा शाक्य

थेच्व देखि वस्त्र गहना र बाजागाजाका साथै हिंडेर अार्इ लगनखेलस्थित माचासिमाकाे दुलन भन्ने ठाउँमा बसी चाेखाे पानी ग्रहण गरी सम्पूर्ण देवगणले वस्त्रकाे साथमा गरगहनाले सुसज्जित भर्इ माेहनी टिका लगार्इ मुकुण्डाे सहित ठाउँ ठाउँमा द्यः ल्हाये (सामूहिक रुपमा बाटाेमा विशेष प्रकारले नाच्ने) गर्दै अाउने गरिन्छ । पाटनकै ट‌ंगलस्थित महादेव मन्दिरमा एकछिन विश्राम पश्चात तलेजु भवानीकाे बाैपा लिइ अाउने व्यक्तिले स्वागत गरी सम्पूर्ण देवगणलार्इ मंगलबजार तिर प्रस्थान गराइन्छ । मंगलबजारकाे दाेबाटाेमा पुगेपछि तलेजु भवानीकाे प्रतीक  माजु द्यःबीच  र शिव भवानीस‌ंग मुखाैटाे परस्परमा धोगभेट गराउनेछन् । तत्पश्चात  नवदुर्गा गणका भैरव, काली र बाराहीबाट नृत्यसहित तलेजु भवानीलार्इ फूलमाला प्रसाद चढाउने गरिन्छ । त्यसपछि सम्पूर्ण देवगणसहित तलेजु भवानीकाे मूलचाेकमा प्रवेश हुन्छ । त्यहाँ पनि नवदुर्गा गणले एकछिन द्यः ल्हायेकेगु नाच प्रस्तु गरेपछि पुनः सबै देवगणले विश्राम लिन्छ ।

भोलीपल्ट कात्तिक ३ गते एकादशीको दिन सुनाकोठी कोतघरस्थित डबली र ठेचो तल्लो लाछिस्थित डबलीमा नवदुर्गा नृत्य गराउने परम्परा छ । कोजाग्रत पूर्णिमाको एक दिन अगाडी कात्तिक ६ गते चतुर्थीका दिन र कात्तिक ७ गते पूर्णिमाको दिन पाटन दरवार क्षेत्रस्थित मूलचोकमा थेच्व नवदुर्गा नाच मञ्चन गर्ने परम्परा रहीअाएकाेछ ।

किपाः रेखा शाक्य

घटस्थापना देखि नकबहिलबाट निकालिने अष्टमातृका नाच भने अाज दिउँसाे ३ बजे मूलचाेकमा मञ्चन हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: