fbpx

टिस्टुङ बज्रबाराही १२ वर्षे देवगण नाच शुरु

जहाँ नेवाः त्यहाँ जात्रा पर्व संस्कृतिहरुले विशेष स्थान बनाएको हुन्छ जुन उनिहरुको पहिचान पनि हो भन्दा कुनै अत्युक्ति नहोला ।

उपत्यकाको पश्चिम पट्टि चार भञ्ज्याङ्गमध्य एक चन्द्रागिरी डाँडाको पश्चिम तिर पहिलो बस्ती चित्लाङ आउँछ भने त्यसपछि टिस्टुङ बस्ती आउँछ जसलाई पहिले मेत्राङ भनिन्थ्यो ।

यहि टिस्टुङमा बज्रबाराही शक्ति पीठ रहेको छ । बज्रबाराहीको खट जात्रा हरेक तीन तीन वर्षमा हुन्छ भने बज्रबाराही देवगण नाच हरेक १२ वर्षमा हुन्छ ।

यसै शिलशिलामा २०७६ साल बैशाख २६ र २७ गते टिस्टुङ बज्रबाराहीमा “बाराही खः” नाच सम्पन्न भयो । यो नाचलाई दुई भागमा विभाजन गरिएको छ ।

यस नाचमा श्री गणेश, श्री कुमारी, श्री बाराही, श्री इन्द्रायणी, श्री भैरब, श्री महादेव, श्री पार्वती, श्री ब्रम्हा, श्री बेताल, श्री कवं, श्री ख्याक आदि देवगण रहेका छन् भने महाराज सत्तलसिंहको दन्त्य कथाको नाचमा स्थानीयहरुको सहभागिता रहेको छ । पहिलो भागमा देवगण नाच तथा दोश्रो भागमा सत्तलसिंह महाराजको दन्त्य कथामा आधारित नाच प्रस्तुत हुन्छ ।

This slideshow requires JavaScript.

Leave a Reply

Your email address will not be published. Required fields are marked *