के तपाइँको पुर्खा रण बहादुर शाहले लखेटेको परिवार त होइन?

राजा रणबहादुर शाहको पाला (सन् १७७७-१८०५) नेपा: उपत्यकामा विफर रोग फैलंदा आफ्ना कान्छि रानीको तर्फबाट जन्मेका एकमात्र सन्तान गीर्वानयुद्धविक्रम लाई रोग सर्ने डरले विफर लागेका सबै बच्चाहरूलाई देशनिकाला गर्दाको समयको दुखान्त गीत हाे शितला माजु । नेपा: उपत्यकामा राजा पृथ्वीनारायणको अाक्रमण पछिको सबैभन्दा ठूलो नेवारहरूको उपत्यका बाहिर बसाईं सराइ यहि घटनामा भएको इतिहास छ । यहिबेला उपत्यका बाहिरिएका नेवा:हरू नै अधिकांश सदरमुकाम/बजारहरूको संस्थापक बन्न पुगे । तर उपत्यकाबाट लखेँटिँदा तामाकोशी पारी भागेको कथा एउटा ऐतिहासिक व्यथा हो। ठूलो संख्यामा नेवा:हरू लखेटिएको यो देस्रो पटक थियो। लाखौंको हाराहारीमा उपत्यकाको बाक्लो नेवा: बस्तीबाट रातौं रात टुकी बत्तीको भरले डाँडा पाखा वन जङ्गल हुँदै नेवा:हरू बाहिरिनु बाध्य हुँदाका कथाहरू अझै लोकप्रचलनमा सुनिन सकिन्छ। नेवा: जनमानसले त्यस विरहको कथा गीत बनाए, “शीतला माजु”को नाउँमा प्रचलित छन्।

यी सबै मध्ये एउटा लोकप्रिय गीतमा एउटा आमाले भोगेको विरहको गाथा गाइएको छ। कसरी रणबहादुर शाहले कटुवाल र सैनिकले घेरेर नेवा:हरूलाई धपाए। उनीहरू काठमाडौं- येँदेस बाट भक्तपुर – ख्वपदेस हुँदै बनेपा -भोंत अनि पलान्चोक हुँदै दोलालघाट पुगेको कथा सुनाउँछन्। ठाउँ ठाउँका केको दर्शन भयो भन्ने बारे व्याख्या गरिन्छ। दोलालघाटको वासमा सैनिकले फेरि घेरेर बच्चाको निर्मम हत्या गरिँदिँदा नेवा: दम्पतिको रोदनको कथा व्यक्त हुन्छ।

अजिमा – सितला माजु – सितला माई photo From झी नेवाः & Photo: Sagun Tramrakar

शितला माजु स्वहुने परजाया गथिन हवाल –

हेर्नुस् शितला माजु प्रजाको कस्तो दु:खको हालत

न्यना मदु खना मदु कचिमचा तय मदु
महाराज हुकुम जुल (१)
– कहिल्यै नसुनेको कहिल्यै नदेखेको कचिमचा(नहुर्केको शिशु) राख्न नहुने माहाराजको हुकुम आयो

नायखिन बाजन थायका सिपाहिन घेरेयाका
कचिमचा पि तिनाव छ्वत (२)
– कटवाल लगाएर, सिपहिँले घेरेर कचिमचालाई निकालियो

नसा बजि ब्यकुं च्यसे कचिमचा लुकुं चिसे
वने माल तामाखुसि पारि (३)
– खानलाई बजि(चिउरा) पोको पारेर बोक्दै कचिमचा पिठ्युँमा बाँधेर जानुपर्यो तामाखुसि(तामाकोशी) पारी

छम्हा मचा लुकुं चिसे छम्हा मचा ब्यकुं च्यासे
छम्हा मचा लुतु लुसे यन (४)
– एउटा बच्चा कम्मरमा बाँधी, एउटा बच्चा पिठ्युँमा बाँधे, एउटा बच्चा तान्दै डोर्याएँ

भक्तपुर

यँदेसं दना वना ख्वपदेस बास जुल
तल्जुमाजु दरसन याये (५)
– येँदेस(काठमाडौँ)बाट उठेर ख्वपदेस(भक्तपुर)को बाँस भयो, तल्जु माजु(तलेजु भवानी)को दर्शन गरेँ

चण्डेश्वरी

ख्वपदेसं दना वना भोंतबास बास जुल
चण्डेश्वरी दरसन याये (६)
– ख्वपदेस(भक्तपुर)बाट उठेर भोंत(बनेपा)को बाँस भयो, चण्डेश्वरी दरसन गरेँ

पलाञ्चाेक भगवति

भोंतं दना वना पलांचोस बास जुल
भगबति दरसन याये (७)
– भोंत(बनेपा)बाट उठेर पलांचोस(पलान्चोक)को बाँस भयो, भगवती दर्शन गरेँ

पलान्चोक पुग्दा “नेवा: देय् पुल” अर्थात् नेवा: सीमा कट्यो भन्ने गरिन्थ्यो। पलान्चोकलाई सो गीतमा पलांचोस भनेर लेखिएको छ। हुनलाई नेवा:हरू मल्ल कालमै तनहुँ, कास्की, पाल्पा व्यापारका लागि पुगेका त थिए, बजार बसाले। तर नेवा:हरू आफ्नै छुट्टै राज्य छ, जसमा भनेर पलान्चोकबाट सकिन्थ्यो।

दाेलखा भिमसेन

पलांचोसं दना वना दोलाघाते बास जुल
भिमसेन दरसन याये (८)
– पलान्चोकबाट उठेर दोलालघाटको बाँस भयो, भीमसेनको दर्शन गरेँ

तामाकाेशी

दोलाघातं दना वना तामाखुसि बास जुल
वाने मानि तामाखुसि पारी (९)
– दोलालघाटबाट उठेर तामाखुसि(तामाकोशी)को बाँस भयो, जानुपर्छ अझै तामाकोशी पारी

– नेपालभाषामा नदीलाई खुसि भनिन्छ

दाेलालघाट महादेवदोलालघातं दना वना तामाखुसि पारि थ्यन
माहाद्य: दरसन याये (१०)
– दोलालघाटबाट उठेर गएँ, तामाकोशी पारी पुग्यो, म्हादेव दर्शन गरेँ

नययात नसा मदु तियययात वसः मदु
च्वनेयात बास जिता मदु (११)
– खानलाई खाना छैन, लगाउनलाई कपडा छैन, बस्नलाई बाँस छैन

लखि मखु पसि मखु न्हाकप्वाचाँ दाया हल
सिपाहिन घेरेयाना हल (१२)
– कोर्रा होइन, कटबाँस होइन, सिस्नोमुठाले पिटे, सैनीकले घेरे

कै बिम्हा कछला माजु लख जायकिम्ह शितला माजु
यनकिम्ह बछला माजुयाके फ्वने (१३)
-बिफर दिने कछला माजु, पानी भरिदिने शितला माजु, लगिदिने बछला माजुसँग माग्छु

थ्वहे मचा रहे जुसा जोलिंजोल बखुन ब्वयके
लुँयागु वयागु द्वाफोस्वन छाये (१४)
– यो बच्चा बाँच्यो भने जोडी परेवा उडाउँला, सुन चाँदीको बेलीफूल चढाउँला

सुरद्य: को म जो थास चिकुं पुना मचा सित
माम बुबां नुगः दायाः ख्वल (१५)
– सुरद्य:(घाम) कम भएको ठाउँमा चिसो लागेर बच्चा मर्यो, आमा बुबा छाती पिटेर रोए

सिम्ह मचा उय मदु मचा गाले थुने मदु
परजाया गथिन हवाल (१६)
– मरेको बच्चा जलाउन नपाइने, खाल्डोमा गाड्न नपाइने, प्रजाको भयो कस्तो दुखको हातल

बाह्म मचा मामं जोंसे बाह्म मचा बुबां ज्वंसे
तामाखुसि कुतकाव छ्वत (१७)
– आधा बच्चा आमाले समातेर आधा बच्चा बुबाले समातेर तामाकोशीमा खसालिदिएँ

गोरखा जुजुन बिनति याहुने परजाया गथिन हवाल (१८)
– गोर्खाको राजालाई बिन्ती गर्दछु, प्रजाको यस्तो दु:ख

स्वामि जुजुया धरम मदया कचिमचा वाके छ्वत
वाने माल तामाखुसि पारि (१९)
– स्वामी राजाको धर्म नभएर कचिमचा फाल्न पठाए , जानुपर्यो तामाकोशी पारी

गोरखा देसन वकम्हा नेपाल देसया छत्रपति श्री रणबहादुर
परजान अति दुख सिल (२०)
– गोर्खा देशबाट आएका नेपाल देशको एकछत्र राजा श्री रणबहादुर, प्रजाले अति दु:ख पाए

मते मते शितला माजु सहस्र बिनति छिके
याहुने लोक उद्धार (२१)
– नगर्नु नगरुनु शितला माजु, बिन्ती गर्छु, गर्नु लोकको उद्दार

सिपाहिन घेरेयाका थ्त देसन पि तिनाव छ्वत (२२)
– सिपाहिँले घेरेर आफ्नो देशबाट निकालियो

प्रतापसिंह शाहका छोरा रणबहादुर शाहका चार महारानी थिए। तीमध्ये एक महारानीलाई उनी औधी माया गर्थे। उनकै पालामा नेपालमा बिफरको महामारी आयो। आफ्नी प्यारी महारानीलाई बिफर लाग्ला भन्ने चिन्ताले सतायोे र उनले बिफर लागेका बालकहरूलाई तामाकोसी नदीपारि निकाला गर्ने उर्दी जारी गरे। दरबारभित्रको कलहका कारण मानसिक रूपले विक्षिप्त भइसकेका सन्काहा राजा रणबहादुर शाहले बिफर रोगले ग्रसितहरूलाई निकाला मात्र गरेनन्, मृत्यु भएपछि समेत ती बालकहरूको शव परम्पराअनुसार गाड्न वा जलाउन नपाउने र तामाकोसीमा बगाउनुपर्ने समेत फरमान जारी गरे। राजाको निरंकुश उर्दीका कारण आफ्ना सन्तान लिई तामाकोसीपारि विस्थापित हुँदाको पीडा र आफ्ना सन्तानको शव तामाकोसीमा बगाउँदाको विरहमा नेपालभाषाको शितला माजु गीत गाइयो ।

 

विजु कर्माचार्य

Newa people beyond Nepal Mandala

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.