कथिन चिवर दान आयोजना गर्दै माननीय

ने.सं. ११३८ कौलागा चौथी, आइतवाः/ यल

बौद्ध धर्ममा भिक्षुहरुकालागि वर्षावास कालको विशेष महत्व रहन्छ । यसै परम्परालाई जीवन्त राख्न ललितपुर नख्खु खोला नजिक रहेको निर्माणाधीन मंगलमार्ग अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा प्रदेश ३ का प्रदेश सभा सदस्य माननीय शोभा शाक्यले कथिन चिवर दान कार्यक्रमको आयोजना गरेका छन ।

“तीन महिना समय अबधी भर एकै स्थानमा बसेर अध्ययन, अध्यापन, पूजा पाठ तथा आध्यात्मिक ध्यान पूर्ण गरे पश्चात मात्र कुनै बिहारलाई कथिन चिरवदान गर्न पाउने बुद्ध धर्मको प्राबधान रहेको छ ।” विहारका कार्यसमिति सदस्य समेत रहनुभएका माननीय शोभा शाक्यले बताउनुभयो, “यस विहार हाल निर्माणक्रममै भएपनि वर्षावास पश्चात यस विहारको निर्माण तथा प्रचारार्थ पनि यो कार्यक्रमको आयोजना गर्न लागेका हौं ।”

उक्त कार्यक्रमकालागि आवश्यक १८ जना दाता समूहहरुको नेतृत्व माननीय शाक्यले गर्नुभएको छ भने व्यवस्थापन समूहको संयोजन कार्यवाहक अध्यक्ष रामकाजी अवालेले गर्ने बताइएको छ ।

“साझा प्रयासले आजको आधुनिक समाजमा तनावपूर्ण जीवन व्यतित गरिरहेका तथा दुखमा परेकालाई सेवासहित भिक्षुगण, अनागरिकाहरुकालागि आश्रय मार्फत सदभावपूर्ण समाज निर्माण गरी बौद्ध ज्ञान प्रचार कार्यको उद्धेश्य लिएर स्थापना गरिएको यस विहारको विकासक्रममा आउँदो कार्तिक १९ गते दुर्लभ कथिन चिवर दान कार्यक्रम गर्ने सौभाग्य प्राप्त भएको छ ।” विहारका कार्यवाहक अध्यक्ष रामकाजी अवालेले जानकारी दिए ।

मंगलमार्ग विहारमा वर्षावास बस्नु भएका भिक्षु विमलधम्म यसअघि बुटवलको बिहारमा बस्दै आएका छन । उनले गत असारको पूर्णिमा देखि असोजको पूर्णिमा सम्म तीन महिनाको अबधी पार मंगलमार्ग ध्यान केन्द्रमा बर्षावास अधिष्ठान पूर्ण गरेका हुन ।

१९ गते विहान हुने सो कार्यक्रममा दान गरिने चिवर तथा अष्टपरिकारलाई नख्खु आर्यघाट नजिकको उपाशक अशोक बज्राचार्यको निवासबाट शोभायात्रा सुरु गरेर अखिल नेपाल भिक्षुसंघका महासचिव कौडण्य भिक्षुबाट धर्मदेशनासँगै सँघमा चढाइने बताइएको छ । कार्यक्रममा भिक्षु, अनागारिका, श्रीलंका लगायत विभिन्न बौद्ध देशका राजदूत, प्रदेश ३ का माननीयहरु विशिष्ट अतिथीका रुपमा रहने स्वागत सत्कार उपसमितिका संयोजक अजरमान जोशीले जनाएका छन ।

बौद्ध परम्परा अनुसार भिक्षहरुको उपस्थितिमा बौद्ध उपासक उपासिकाहरुद्वारा दैनिक उपयोग्य सामग्री सहित चीवर दानको विशेष महत्व रहको बताईन्छ । यसै कारण आश्विन पूर्णिमा देखि कार्तिक पूर्णिमा सम्म विभिन्न महाविहारमा कठिन चीवरदान समारोह आयोजना गर्ने गरिन्छ ।

बौद्धमार्गी डशलाल डंगोलज्यूको नख्खुस्थित आफ्नो जग्गाबाट १ रोपनी १ आना जग्गा बर्माका राजदूतको समुपस्थितिमा उनकै हातबाट शिलान्यास पछि देशविदेशबाट पाल्नुहुने बौद्धगुरुहरु, ध्यानमार्गी तथा श्रद्धालुहरुलाई आश्रय दिन सक्ने दुइ कोठाको अस्थायी निर्माण जनसहयोगबाट सम्पन्न भइसकेको छ ।

समाचार श्राेत राजेश बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.