fbpx

अभिलाशा अकेस्ट्रा कन्सर्ट २०१९

माइतीघरस्थित सेन्ट जेभियरस् कलेजमा परिवर्तनको लागि सञ्जाल (Chain for Change) र Expedición Solidaria ( Spanish Foundation) द्वारा संयूक्त आयोजित अभिलाशा अकेस्ट्रा कन्सर्ट २०१९ “Abhilasha-The Orchestra Concert 2019” नामक च्यारिती इभेन्ट बैशाख १४ गते सम्पन्न भयो । यस कार्यक्रममा स्पेनको Segon Temps नामक Orchestra समूहले आफ्नो प्रस्तुति दिएको थियो । यो सांगीतिक समूहलाई Expedición Solidaria को प्रबन्धक फानी कोज्यादोले नेपालमा ल्याउन मद्दत गरेकी थिईन । यस कार्यक्रममा अनुमानित ३९० जनाले अवोलोकन गरेका थिए ।

 Segon Temps स्पेनको एक अकेस्ट्रा Orchestra समूह हो । यो सांगीतिक समूहले धेरै सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका छन् । यस समूहमा कूल २८ जना बाद्य बादकहरू छन् तर नेपालमा २३ जना बाद्य बादकहरूले मात्र आफ्नो प्रस्तुति दिएका थिए जस्मा १० देखी ६६ वर्ष उमेर समूहका बाद्य बादकहरू सम्मिलित थिए । फानी कोज्यादा यस कार्यक्रमबाट धेरै सुखी भएकी थिइन् र आगामी दिनहरूमा पनि फेरि नेपालमा आई सहायता गरिरहने सोचाइ राखेकी भाव व्यक्त गर्नुभएको थियो ।

यो कार्यक्रम नेपाली राष्ट्र गान अनि परिवर्तन को लागि सञ्जालका अध्यक्ष श्री अभिषेक शाही, संयूक्त राष्ट्र संघ सूचना केन्द्रका प्रतिनिधि श्री राजेन्द्र मान बनेपाली र सेन्ट जेभियरस् कलेजका उप प्रध्यापक फादर जोमोन जोस् एस.जे. द्वारा दिप प्रजोलन गरी उद्घाटन गरिएको थियो । परिवर्तनको लागि सञ्जालले यस कार्यक्रममा वृत्तचित्र पनि प्रस्तुत गरेका थिए । यस वृत्तचित्र मा दृष्टि विहीन विद्यार्थीहरुलाई शिक्षण संस्थामा आइपर्ने समस्याको बारे छायाङ्कन गरिएको थियो र सेन्ट जेभियरस् कलेजले कसरी यी समस्याको समाधान गर्दै आएको छ भनि दर्शाएको थियो । साथै यस कार्यक्रममा नेपाली सांस्कृतिक सांगीतिक समूह, वरिष्ठ गायक ईश्वर अमात्य, सोही कलेजमा अध्यन्नरत एक छात्रा र एक दृष्टि विहीनले पनि आ आफ्नो प्रस्तुति दिएका थिए । यहि कार्यक्रम मार्फत परिवर्तनको लागि सञ्जालले Consum Cooperativa (Spain को एक कम्पनी) को सहयोगमा १० जना दृष्टि विहीनहरुलाई सेतो छडी प्रधान गरेका थिए ।

यसै कार्यक्रम मार्फत फादर जोमोन जोस् एस.जे. ले आफ्नो कलेजमा दृष्टिविहीन तथा अपाङ्ग विद्यार्थी र कर्मचारीहरुलाई अझ बढी सुबिधायुक्त वातावरण बनाउने इच्छुक भएका र अहिले बन्दै गरेको नयाँ भवन १००५ अपाङ्ग मैत्री हुने भन्ने कुरा पनि घोषणा गर्नुु भएको थियो । साथै यस कार्यक्रमका प्रमूख अतिथि संयूक्त राष्ट्र संघ सूचना केन्द्रका प्रतिनिधि श्री राजेन्द्र मान बनेपालीले हामी सक्षम व्यक्ति भन्दा पनि दृष्टिविहीन व्यक्तिहरुले राम्रोसँग कार्य सफल गर्नु सक्छन् भन्दै “हामी कतिको सक्षम छौं भन्ने कुरा, जब हामी उनीहरुसँग उनीहरुकै लागि काम गर्छाैं तब मात्र थाहा पाउन सक्छौ” बताए ।

परिवर्तनको लागि सञ्जाल (Chain for Change) एक गैर नाफा मूलक सामाजिक संस्था हो । यस संस्थाले हाल दृष्टिविहीन व्यक्तिहरुको सहयोग गर्दै आएको छ । परिवर्तनको लागि सञ्जालले यो कार्यक्रम गर्नुको मूख्य उद्देश्य दृष्टिविहीन व्यक्तिहरुलाई पठनपाठनमा हुने समस्याहरुमा शिक्षक र साथीहरुको सहयोग कतिको आवश्यक छ भन्ने जानकारी प्रवाह गर्नु थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *